२१ कार्तिक २०८१ बुधबार
image/svg+xml

लम्कीस्थित क्वारेन्टाइनमा म्याद गुज्रिएको बिस्कुट

लम्कीचुहा नगरपालिकाले क्वारेन्टाइनमा राखेका व्यक्तिहरुलाई म्याद गुज्रिएको बिस्कुट खुवाएको पाइएको छ। नगरपालिकाले लम्की बहुमुखी क्याम्पसस्थित क्वारेन्टाइनमा रहेका ५२ जना व्यक्तिहरुलाई यस्तो बिस्कुट खुवाएको पाइएको हो।

सुनसान गुराँसका बगैंचा (फोटो फिचर)

थरीथरीका गुराँस फूलेर ढकमक्क देखिएको सुकेपोखरीमा पुग्दा यहाँका बासिन्दा विगत वर्षको सम्झना गर्दै थिए। यो साल बेसी गुराँस भएपनि गुराँसको क्षेत्र सुनसान बनेको उनीहरुको भनाई थियो। नयाँ वर्ष नजिकिदै गर्दा यहाँ एक साता लामो मेला लाग्थ्यो। अनेक प्रकारका गुराँसमा रमाउनेहरु जंगलभरी भेटिन्थे।

उपत्यकामा समस्या झेलिरहेका ताप्लेजुङका बासिन्दालाई सरोकार केन्द्रको सहयोग

लकडाउनका कारण घर जान नसकी उपत्यकामा गाँसबासको समस्या झेलिरहेका ताप्लेजुङका बासिन्दालाई ताप्लेजुङ सरोकार केन्द्रले राहत सहयोग गर्न थालेको छ। सरोकार केन्द्र पेशा व्यवसायको सिलसिलामा उपत्यका गई बसेका ताप्लेजुङका बासिन्दाको समूह हो।

काम अघि नबढे अर्बाैं जोखिममा : व्यवसायी

नेपाल निर्माण व्यवसायी महासंघले लकडाउनले रोकिएको पुल तथा नदी नियन्त्रणको काम तत्काल अघि नबढे व्यवसायीको अर्बाैं रुपैयाँ जोखिममा पर्ने भन्दै काम गर्ने वातावरण बनाइदिन सरकारसँग अनुरोध गरेको छ।

खोइ संकट सामनाको योजना ?

निकै उत्साह र चासोसाथ हेरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार राष्ट्रका नाममा आएको सम्बोधनले आशा सञ्चार गर्न सकेन।

रसुवामा लकडाउन अवधिभर मानवीय उद्धारमा प्रयोग हुने सवारी साधनलाई सवारी पास दिइने

जिल्ला प्रशासन कार्यालय रसुवाले लकडाउन अवधिभरका लागि पुनः पास जारी गर्न सुरू गरेको छ। सवारी पास लिएर दुरूपयोग गर्ने बढेपछि चैत १८ गतेदेखि सवारी पास वितरण रोकिएको थियो। एम्बुलेन्स र शवबाहनको विकल्पमा प्रयोग हुने र मानवीय उद्धारको लागि प्रयोग हुने सवारी साधनलाई पास जारी गर्न लागिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

चार दिन हिँडेर घर

रोजगारीका लागि सल्यानबाट दैलेख आएका चारजना युव चार दिन हिँडेर घर फर्केका छन्। लकडाउनका कारण सवारीसाधन बन्द भएपछि उनीहरू हिँडेर घर पुगेका हुन्।

वर्ल्डलिंकको विशेष व्यवस्था

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको विशेष व्यवस्थाले लकडाउनको बेला भरपर्दो सेवा प्रवाह गर्न देशभरका प्रत्येक शाखा कार्यालयमा फिल्ड सपोर्टका कर्मचारी रहने गरी आइसोलेटेड समूह स्थापना गरेको जनाएको छ।

‘लकडाउन’को मारमा परेका किसानको तरकारी गाउँपालिकाले किन्याे

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ‘लकडाउन’को मारमा परेका किसानको तरकारी खरिद गरिदिएका छन्। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’का कारण हाटबजार बन्द हुँदा बजार नपाएका काउली र बन्दा खरिद गरिदिएका हुन्।

पन्ध्र दिनमा ३५ करोड राजश्व संकलन

मुलुक लकडाउन भएसँगै दोस्रो ठूलो र पाँच नम्बर प्रदेशको पहिलो भन्सार भैरहवा भन्सार कार्यालयको दैनिक असुलीमा असर परेको छ। दैनिक सरदर २६ करोड ६७ लाख राजस्व असुली गर्ने लक्ष्य रहेको भन्सारमा लकडाउन भएदेखि नै दैनिक २ करोडको हराहारीमा राजश्व असुली भइरहेको छ।

गुल्मीका स्थानीय तहमा बढ्दै सजगता

जिल्लामा कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने संक्रमण तथा त्यसको नियन्त्रण र रोगथामका लागि स्थानीय तहहरुमा थप सतर्कता अपनाउन सुरु गरिएको छ। पालिकाका स्थानीयवासीहरुले पनि स्थानीय सरकारको अभियानलाई सहयोग पुर्याउदै गाउँगाउँ र टोलटोलमा मानिसहरुको आवागमनमा समेत निगरानी गर्न थालेका छन्।

‘लकडाउन’मा खटिएका प्रहरीलाई यातायात व्यवसायीको सहयोग

खोटाङ यातायात प्रालि खोटाङले ‘लकडाउन’का क्रममा ड्युटीमा खटिएका प्रहरीलाई फास्टफुड तथा सरसफाईका सामग्री प्रदान गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको ‘लकडाउन’लाई सफल बनाउनका लागि खटिएका प्रहरीलाई प्रालिले ३५ हजार बराबरको पानी, बिस्कुट, चाउचाउ, जुस, सावुन, स्यानिटाइजर लगायतका सामग्री प्रदान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्