२१ कार्तिक २०८१ बुधबार
image/svg+xml
समाज

उपत्यकामा समस्या झेलिरहेका ताप्लेजुङका बासिन्दालाई सरोकार केन्द्रको सहयोग

ताप्लेजुङ- लकडाउनका कारण घर जान नसकी उपत्यकामा गाँसबासको समस्या झेलिरहेका ताप्लेजुङका बासिन्दालाई ताप्लेजुङ सरोकार केन्द्रले राहत सहयोग गर्न थालेको छ। सरोकार केन्द्र पेशा व्यवसायको सिलसिलामा उपत्यका गई बसेका ताप्लेजुङका बासिन्दाको समूह हो।

सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाका अनुसार बुधबारर बेलुकासम्ममा १० परिवारका करिब ३६ जनालाई गाँसबास स्वरुप सहयोग गरिएको छ। ‘यो लकडाउन अवधिभर निरन्तर कायम रहन्छ’साँवाले भने। उनले लकडाउनका कारण उपत्यकामा गाँसबासको समस्या झेलिरहेका ताप्लेजुङका बासिन्दा कोहि भए सरोकार केन्द्रको सम्पर्कमा आउन आव्हान समेत गरेका छन्।

सरोकार केन्द्रले यस्तो सहयोगका लागि एउटा आपतकालिन राहात कोष खडा गरेको छ। सरोकार केन्द्रमा आवद्ध र सहयोग गर्न ईच्छुकहरुले केन्द्रको कोषमा सहयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ। अहिले सम्म कोषमा १ लाख ८७ हजार रुपैयाँ बढी संकलन भएको सरोकार केन्द्रले जनाएको छ। यो कोषमा सबैभन्दा बढी संस्कृति,पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेशकुमार भट्टराईले सहयोग गरेका छन्। उनले कोषमा २५ हजार रुपैयाँ सरोकार केन्द्रले आफ्नो आधिकारिक फेसबुकपेजमार्फत स्पष्ट पारेको छ।

सरोकार केन्द्रले आपतकालिन कोषमा सहयोगका लागि काठमाडौ सिंहदरवारस्थित एभेष्ट बैंक शाखामा सन्तोष मादेनको खाता नम्बर ००१२०५२६२०१५४४ वा ई–सेवाबाट मादेनकै मोवाईल नम्बर ९८५१०९१०२६ मार्फत सहयोग गर्न सकिने बताएको छ।

प्रकाशित: २७ चैत्र २०७६ ०८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App