२१ कार्तिक २०८१ बुधबार
image/svg+xml

भोकै पशुचौपायालाई लायन्सले खुवाउन थाल्यो दानापानी

विश्वभर फैलदै गैरहेको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण मानिसहरु एकान्त बासमा बसेका छन्। बेनीबजारमा रहेका होटल, रेष्टुरेन्ट, तरकारी पसल लगायत अन्य विभिन्न पसल बन्द भएपछि दुई दिनमा दुईवटा गाईगोरू रोग र भोकले मर्न थालेपछि लायन्स क्लव बेनी पिसले दाना खुवाउन सुरू गरेको छ।

ग्रामिण भेगमा औषधि लिएर घरघरै पुग्छन् स्वास्थ्यकर्मी

लकडाउनका कारण नियमित औषधि सेवन गर्दै आएका गोरखाको ग्रामिण भेगका दिर्घरोगी बिरामीले औषधि पाएनन्। गाउँको स्वास्थ्य संस्था र मेडिकलमा नियमित सेवन गर्दै आएको औषधि नपाएपछि समस्या परेका बिरामीलाई लकडाउन यता गोरखाका एक स्वास्थ्यकर्मी एवं औषधि व्यवसायीले नियमित घरमै औषधि पुर्‍याइदिएका छन्।

काठमाडौंमा बस्ने कर्णालीबासीलाई महतले गरे खाद्यान्‍न सहयोग

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले काठमाडौंमा रहेका र खाद्यान्‍न अभाव भएका कर्णालीबासीलाई खाद्यान्‍न सहयोग गरेका छन् ।

लकडाउनमा बाराका स्थानीय तहद्वारा खाद्यान्न वितरण

कोरोना भाइरसलाई नियन्त्रण गर्न जारी गरिएको लकडाउनको कारण प्रभावित बनेका अति बिपन्न तथा बिपन्न घर धुरी परिवारलाई बाराका स्थानीय तहहरुले चामल, दाल र नुन र खाने तेल बाँडने सुरु गरेको छ।

डोल्पाली किसानलाई धानको बीउ राख्ने चटारो

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि सरकारले  लकडाउनको गरेको १६ औं दिन पुगेको छ। देशका मुख्य बजार र सडक लकडाउनका कारण सुनसान छन्। तर हिमाली जिल्ला डोल्पाका ग्रामीण बस्तीका बासिन्दा लकडाउनको समयमा खेतीपातीमा ब्यस्त देखिन्छन्। उनीहरूलाई खेतीपातीको कामले भ्याईनभ्याई छ। त्रिपुरासुन्दरी नगरपालिका– १ त्रिपुराकोटका रूपबहादुर खत्री लगायत त्रिपुराकोटका बासिन्दाहरू  खेत खोनजोत गर्दै थिए।

लकडाउनको १६औं दिन : सुनसान काठमाडौं

नेपालमा कोरोना संक्रमण देखिएपछि सरकारले घोषणा गरेको लकडाउन आज १६औं दिन पनि जारी रहेको छ। चैत ११ गते विहान ६ बजेबाट लागू हुनेगरी एक हप्ताका लागि घोषणा गरिएको लकडाउनको अवधि सरकारले तेस्रो पटक थप गरेर आगामी वर्षको वैशाख ३ गतेसम्म जारी रहने निर्णय गरेको छ।

‘लकडाउन’को मारमा मजदुर

‘लकडाउन’का कारण सरकारी तथा गैरसकारी कार्यालयदेखि होटेल, पसल सबै पूर्ण रुपमा बन्द छन्। आर्थिक कारोबार ठप्प मात्र छैन, देशको अर्थतन्त्रमा समेत असर परेको छ। समग्रमा कोरोना संक्रमणले थलिएको विश्वमा नै आर्थिक गतिविधिमा व्यापक ह्रास आएको छ।

सीमा सुरक्षा गर्न गाउँपालिकाले म्यादी प्रहरी राख्ने

भोजपुरको हतुवागढी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)बाट बच्न गाउँपालिका भित्रिने नाकाको  सुरक्षा गर्न म्यादी प्रहरी भर्ना गर्ने भएको छ।

दूध बिक्रीमा रोक लगाएपछि किसान आक्रोशित

शङ्खरापुर नगरपालिकाले लकडाउनको बेला दूध बिक्री वितरणमा रोक लगाएपछि साँखुवासी आक्रोशित भएका छन्।

दाम्लोमा बाधिएकी सम्झना : जो १४ वर्षदेखि लकडाउनमा छिन्

बाख्राको खोरमा सामान्य बोरा ओछ्यान, त्यहि ओछ्यानमा खुट्टाको दाम्लोसँगै पल्टिएकी छिन् एक बालिका। उनी त्यसरी दाम्लोमै बसेको १० वर्षभन्दा बढी भयो। गत चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेसँगै मानिसहरु घरमै बसेर दिन कसरी विताउने भन्ने तनावमा छन्। दुई सातामात्रै घरभित्रै बस्न नसक्ने अवस्था सबैलाई हुँदा एक बालिका भने १४ वर्षदेखि लकडाउनमा रहेकी छिन्।

लकडाउनको पालना गर्न र समाजिक दुरी कायम गर्न देउवाको अपिल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न र समाजिक दुरी कायम गर्न अपिल गरेका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले लागू गरेका आदेशहरुको पालना गर्न र समाजिक दुरी कायम गर्न सम्पूर्ण नेपालीहरुलाई अपिल गरेका हुन्।

लकडाउन कहिलेसम्म ?

मात्र तीन महिनाअगाडि नोबेल कोरोना भाइरसबारे कसैले केही सुनेका थिएनन्। आज हरेक मुलुकमा कोही न कोही यो रोगबाट संक्रमित बनिसकेका छन्।

छैन प्रहरीलाई मास्क र पञ्जा

कपिलवस्तुमा जनताको सुरक्षाका लागि अहोरात्र  परिचालित  प्रहरी आधारभूत स्वास्थ्य सुरक्षा सामग्री अभावमा समस्यामा छन्।

रसुवामा चालकहरूलाई ‘ट्राभल हिष्ट्री कार्ड’

रसुवामा अत्यावश्यक सामग्री ढुवानी गर्ने मालवाहक सवारी साधन र एम्बुलेन्स चालकहरूलाई ट्राभल हिष्ट्री कार्ड जारी गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्