घर जान लागेका कामदारलाई राहत
रसुवामा लकडाउनको समयमा घर जान लागेका कामदारलाई राहत दिएर काम गरिरहेको स्थानमा नै फिर्ता गरिएको छ। जिल्लाको बृद्धिम र लाङटाङमा काम गरिरहेका ओखलढुंगाका १७ जना कामदार सोमबार साँझ स्याफ्रु आएका थिए।
रसुवामा लकडाउनको समयमा घर जान लागेका कामदारलाई राहत दिएर काम गरिरहेको स्थानमा नै फिर्ता गरिएको छ। जिल्लाको बृद्धिम र लाङटाङमा काम गरिरहेका ओखलढुंगाका १७ जना कामदार सोमबार साँझ स्याफ्रु आएका थिए।
खेतमा खेतमा लहलह गहुँ पाकेको देख्दा राजापुरका किसान राम लखन चौधरीको परिवार यतिखेर वेचैन हुन्छ। खेतमा पाकेको गहुँ बोक्ने बेलामा थारूको परिवारमाथि चिन्ताको वादल मडारिइरहेको छ। केहि दिन यस्तै अवस्था रहे गहुँबाली भित्राउँन नसकिने चिन्ताले उनी राति सुत्नै सक्दैनन्।
कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको तीन साता लामो लकडाउनका कारण विहान बेलुकाको छाक टार्न मुस्किल परेका मजदुर र विपन्न वर्गलाई देशभरका स्थानीय तहले राहत वितरण गर्न थालेका छन्। घाँटीमा सुनको बाला हातमा आईफोन लिएर राहात थाप्न जानेहरुको चर्चा चल्न थालेको छ यतिबेला । हुदाँ खानेलाई दिन लागिएको राहतमा हुने खानेहरुको पनि कुदृष्टि परेकाले तनहुँको भानु नगरपालिकाले भने छोराछोरी बोर्डिङ पढाउने परिवारलाई राहत नदिने भएको छ।
लकडाउनका कारण प्रभावित हुने परिवारलाई राहतको रुपमा खाद्यान्न सहयोग गर्ने गरी पाँचथर उद्योग बाणिज्य संघले ‘फुड बैँक’ अभियान अगाडी बढाएको छ। उक्त अभियान मार्फत खाद्यान्न तथा नगद जम्मा हुने क्रम बढिरहेको छ।
नेपाल निर्माण व्यवसायी महासंघले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामको लागि गरिएको लकडाउनको कारणले रोकिएको पुल तथा नदी नियन्त्रणको काम तत्कालै अघि नबढे व्यवसायीको अर्बाै रुपैयाँ जोखिममा पर्ने जनाएको छ। लकडाउनको कारणले पुल तथा नदी नियन्त्रण कार्य प्रभावित भएकाले तत्कालै निर्माणको वातावरण बनाइदिन सरकारसँग अनुरोध गरेका छन्।
सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गते (अप्रील १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी बैशाख १८ गते सम्म उडान स्थगित गर्ने निर्णय गरेको हो।
आमाको मृत्यु भएको बहाना बनाएर लकडाउनको पास लिई गाडीमा यात्रु ओसारेको फेला परेको छ।
वालिङ नगरपालिकाले लकडाउनको समयमा नगरभित्रका खाद्यान्न पसलमा दैनिक उपभोग्य वस्तुको एउटै दरभाउ निर्धारण गरेको छ।
कोरोनाको कारण हाम्रो एसइई परीक्षा पनि सर्यो। लकडाउनमा हरपल परिवारसँगै बस्न पाएकी छु। यतिवेला धेरै काम सिक्ने मौका पनि पाएँ।
नेपाल आयल निगमले दुई ग्यास उद्योगलाई कारबाही गरेको छ। निगमको निर्देशन अटेर गरेपछि कारबाही स्वरुप जानकी ग्यास र लियो ग्यासको १५ दिनका लागि कारोबार रोक्का गरेको छ।
महोत्तरी जिल्लाको एक गाउँको एक घरमा सोमबार १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन्।
रसुवाको कालिका गाउँपालिकाले मजदुरी गरेर जीवनयापन गर्ने परिवारलाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सुरु गरेको छ। गाउँपालिकाले सूचीकृत भएका परिवारलाई सोमबारदेखि सामग्री उपलब्ध गराउन सुरु गरेको हो।
रौतहटका स्थानीय तहले लकडाउनमा समस्यामा परेका गरिब परिवारलाई राहत दिन सुरु गरेको छ। रौतहटको गढीमाई, मौलापुर, देवाही गोनाहीलगायतका नगरपालिकाले लकडाउनमा समस्यामा परेका गरिब परिवारलाई खाद्यान्न राहत सहयोग वितरण सुरु गरेका छन्।
सरकारले ११ गतेदेखि बन्दाबन्दी (लकडाउन) दोस्रो पटकसम्म समय थपेर चैत २५ गतेसम्म पु¥यायो। त्यसयता सयौं कर्णालीवासी रातारात घर पुगे। केही आफ्नो गन्तव्यसम्म पुग्न सकेनन्। बीचबोटमै उनीहरू लकडाउनका कारण अलपत्र अवस्थामा छन्।
कोभिड–१९ नियन्त्रणका लागि लकडाउनका क्रममा दैनिक ज्यालादारी गर्ने मजदूरको जीवनयापनमा परेको अप्ठ्यारोबारे सरकारले विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने माग गरिएको छ।