खाद्यान्न पसल चार घण्टा खुल्ने
जिल्लामा खाद्यान्न लगायत अत्यावश्यक वस्तु र सेवाका पसल दिनमा चार घण्टा सञ्चालन गर्न दिइने भएको छ। कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले ५ बुँदे निर्देशन जारी गर्दै दुई घण्टा बिहान र दुई घण्टा साँझ खाद्यान्न, तरकारी, औषधि, ग्यास तथा फलफूल पसल सञ्चालन गर्न आदेश दिएका हुन्।