२१ कार्तिक २०८१ बुधबार
image/svg+xml

कर्णाली प्रदेशमा लकडाउन थप कडाई गर्न मुख्यमन्त्रीको निर्देशन

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लकडाउनलाई कडाईका साथ कार्यान्वयन गर्न सुरक्षा अंगका प्रमुखहरुलाई निर्देशन दिएका छन्। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश स्तरीय संकट नियन्त्रण केन्द्रको बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश राजधानी वीरेन्द्रनगरसहित गाउँगाउँमा नागरिकहरुले लकडाउन उल्लंघन गरेमा आवश्यक बल प्रयोग गरेर भएपनि कारवाही गर्नु पर्ने निर्देशन दिए।

सर्वसाधारणका लागि चामल बिक्री खुला

लकडाउनका कारण सर्वसाधारणलाई खाद्यान्नको समस्या नहोस् भनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्जले आजदेखि खुद्रा मूल्यमा चामल बिक्री खुला गरेको छ।

सकियो पैसा, पुगिएन गन्तव्यमा

विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिन सरकारले चैत ११ गते बन्दाबन्दी (लकडाउन) लगायो। लकडाउनको पूर्व सूचना पाएका हजारौं सर्वसाधारण आफ्नो घर फर्किए। मुगु छायानाथ रारा नगरपालिका–२, तुमा गाउँका शिवराज रावल (२४) र सोही गाउँ धर्मसिंह रावल (३९) पनि आफ्नो मजदुरी छाडेर चैत ९ गते घर फर्कने निधो गरे।

काठमाडौँदेखि सप्तरीसम्म पैदल हिँड्नेको लर्को

सप्तरी जिल्लास्थित हनुमान नगरका पप्पु मण्डल विपी राजमार्गको शान्तिनगरमा हिँड्दै गरेका भेटिए। उनी चार दिनदेखि निरन्तर हिँडिरहेका थिए। काठमाडौमा मजदुरी गर्ने मण्डल चार दिन हिँडेर सिन्धुली आइपुगेका थिए।

गाउँमा लकडाउन उल्लंघन गर्नेलाई एक हजार जरिवाना

जिल्लाको घोडेगाउँका स्थानीयले लकडाउन उलंघन गर्नेलाई पाँच सयदेखि एक हजार रुपैयाँ सम्म जरिवाना गर्ने भएका छन्। कोराना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको भन्दै यो बीचमा गाउँमा प्रवेश गर्ने र गाउँ देखि बाहिर जानेलाई जरिवाना गर्ने नियम लागू गर्न लागिएको हो। गाउँमा जरिवानाको व्यवस्था गरेपछि गाउँका स्थानीय बाहिर आउन सकेका छैनन्। बाहिरबाट गाउँमा जाने पनि रोकिएका छन्।

चन्द्रभैरवको जात्रा स्थगित

कोरोना भाइरस (कोेभिड–१९) को सम्भावित जोखिम फैलिन नदिन लकडाउन भएपछि यस वर्ष बुलुगाउँको प्रसिद्ध चन्द्रभैरव जात्रा स्थगन गरिएको छ।

लकडाउन अवधिमा विद्युत् महसुल संकलनका लागि सम्पर्क व्यक्ति तोकियो

रसुवामा विद्युत् महसुल संकलनका लागि सम्पर्क व्यक्ति तोकिएको छ। लकडाउन अवधिभर काउन्टर बन्द हुने भएकाले विद्युत् महसुल बुझाउन चाहने ग्राहकलाई सहज बनाउनका लागि सम्पर्क व्यक्ति तोकिएको हो।

दुबई दुई साताका लागि लकडाउन

युएईको प्रमुख पर्यटकीय राज्य दुबई शनिबार रातिदेखि दुई साताका लागी लकडाउन गरिएको छ। दुबईको संकट तथा प्रकोप व्यवस्थापन सम्बन्धी उच्चस्तरीय समितिले शनिबार रातिदेखि दुईसाताका लागि व्यापार–व्यवसाय, आवातजावत, कलकारखाना, यातायात सबै प्रतिबन्ध लगाएको हो।

एक स्थानीयतहबाट अर्को स्थानीयतहमा जान नपाइने

सरकारले एक प्रदेशाबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीयतहबाट अर्को स्थानीयतहमा आवागमनलाई कडाई गर्ने भएको छ। अनावस्यक आवागमनलाई सरकारले रोकेको हो। कोरोना भाइरस नियन्त्रणको लागि यसो गरिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।

लकडाउनमा डेरामै रासनसहित पुगे राज्यमन्त्री मानन्धर

लकडाउनको समयमा कोही पनि भोकै बस्नु पर्दैन हामी साथमा छौं भन्ने घोषणा गरेर शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सर्वसाधारणलाई सहयोग गरेका छन्।आर्थिक अभाव भई खाद्यान्न खरिद गर्न नसकेका  एक परिवारलाई उनले खाद्यान्न सहयोग गरेका हुन्।

कोरोना त्रासः न्यूनतम सुरक्षा पनि नअपनाई चिया मजदुरलाई कामको दवाव

देश पूर्णरुपमा लकडाउनमा रहेको बेला झापाका एक चिया व्यवसायीले मजदुरहरुलाई जबरजस्ती काममा लगाएका छन्। त्रिवेणी ग्रुप झापाले बर्ने चियाकमानका मजदुरहरुलाई न्युनतम सुरक्षा समते नअपनाइ जबरजस्ती काममा लगाएको यहाँका मजदुरहरुले गुनासो गरेका हुन्।

भारतबाट नेपाल प्रवेश गरेका इस्लाम धर्मका गुरुहरु प्रहरी नियन्त्रणमा

भारतमा मुस्लिम धार्मिक सभामा सहभागी भएर शनिबार लुकीछिपी नेपाल प्रवेश गरिरहेको अवस्थामा बारा प्रहरीले इस्लाम धर्मका गुरुहरुलाई नियन्त्रणमा लिएको छ।

बिरामीलाई घरमै औषधि

'लकडाउन’ मा अन्य रोगका बिरामीलाई अस्पताल तथा स्वास्थ्य संस्थामा औषधि खरिद गर्न जान समस्या हुने भन्दै लियो क्लब अफ महाकाली क्लासिकले घरघरमा निःशुल्क औषधि पुर्‍याउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्