२१ कार्तिक २०८१ बुधबार
image/svg+xml

संकटमा सहकार्य गर्ने विप्लवको प्रस्ताव

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले महामारीका रूपमा संसारभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण र प्रकोप रोक्न आफ्नो पार्टी सबैसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।

इट्टा उद्योगका मजदुर व्यवस्थापन संचालकको जिम्मामा

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाईसर (कोभिड– १९) को जोखिम नियन्त्रण गर्न सरकारले देश लकडाउन गरेको छ। तर लकडाउनको प्रत्येक्ष प्रभाव भने दैनिक ज्यालादारी गरेर विहान बेलुका छाक टार्ने परिवारहरु संकटमा परेका छन्।

व्यवसायी भन्छन् : ‘खरिद गर्ने ठाउँमै मूल्य बढ्यो’

ताप्लेजुङमा तरकारीजन्य वस्तुको मूल्य आकाशिएको छ। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिनलाई सरकारले गरेको लकडाउन (बन्दाबन्दी) पछि जिल्लामा तरकारीजन्य वस्तुको मूल्य आकाशिएको हो।

उदयपुरका स्थानीय तहद्वारा ७ हजार घरधुरीलाई राहत वितरण

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बचाउन सरकारद्वारा घोषित लकडाउनमा काम गर्न नपाएर हातमुख जोड्न धौधौ परिवारलाई उदयपुरका स्थानीय तहहरुले राहत वितरण गरिरहेका छन्। जिल्लाका बिभिन्न स्थानीय तहले लकडाउनको ११औं दिनसम्ममा ५ हजार बढीलाई राहत प्याकेज वितरण गरिसकेको जनाएका छन्।

सरकार मजदुरलाई घरसम्म जाने वातावरण बनाइदेऊ

बर्दिया राजापुरका ४० वर्षिय सिताराम चौधरीका पछिल्ला १३ दिन छटपटाहटमै बितीरहेका छन्। दैनिक ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाउदै आएका उनी निर्माण मजदुर हुन्।

लकडाउन उल्लंघन गर्ने १ सय ७१ सवारी साधन कारबाहीमा

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमण हुनबाट जोगिन र नियन्त्रण गर्न नेपाल सरकारले लकडाउन घोषणा गरेको शनिबार १२ औँ दिन भएको छ।

नगरपालिकाद्वारा ९ सय ५४ परिवारलाई खाद्यान्न

दैनिक मजदुरी गर्ने तथा विपन्न परिवारलाई नारायण नगरपालिका दैलेखले खाद्यान्न सहयोग गर्ने भएको छ। नगरपालिकाका सबै वडामा रहेका ९ सय ५४ परिवारलाई खाद्यान्न सहयोग गर्ने भएको हो।

शान्ति समाजले जम्मा गर्‍यो ४५ पिन्ट रगत

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका क्रममा रगतको अभाव भएपछि मानव अधिकार तथा शान्ति समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

बाढीपीडितले पाए खाद्यान्न

पाँच वर्षअघिको बाढीले लेखपराजुलकी कमला सुनारको घर बगायो। त्यसयता उनी रत्नराजमार्ग छेउको हटारुखोलामा बस्छिन्। नजिकैको छिन्चु खोलामा गिट्टी कुटेर चार जनाको परिवार पाल्ने कमला कोरोना भाइरसका कारण भइरहेको लकडाउनको मारमा छिन्।

लकडाउन उल्लंघन गर्ने २४ जनालाई क्वारेन्टाइन पुर्‍याइयाे

सिन्धुपाल्चोक प्रहरीले लकडाउन उल्लंघन गरी सवारी यात्रा गर्ने २४ यात्रुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइन पुर्‍याएको छ। साथै यात्रु ओसार्ने पाँच सवारी साधन र तीन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

९ सय ५४ परिवारलाई खाद्यान्न

दैनिक मजदुरी गर्ने तथा विपन्न परिवारलाई नारायण नगरपालिका दैलेखले खाद्यान्न सहयोग गरेको छ। नगरपालिकाका सवै वडामा रहेका ९ सय ५४ परिवारलाई खाद्यान्न सहयोग गरेको हो।

क्युङ गाउँमा सकियो खाद्यान्नः पाँच परिवार भोकै

विकट उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ क्युङ गाउँमा सरकारले  कोभिड –१९ को महामारीबाट बचाउन गरेको लकडाउनपछि ज्याला गरेर परिवार पाल्ने सबैका घरमा खानेकुरा सकिएको छ।

लकडाउन फेरि एक साता बढाउन सुझाव

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको लकडाउन दोस्रो सातामा चलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को एक साता पनि बढाउनुपर्ने निष्कर्ष निकालेको छ।सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले लडकडाउन अझै एक साता बढाउन सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्