२१ कार्तिक २०८१ बुधबार
image/svg+xml

राहत हत्याउने दाउमा छुट्टिदैं परिवार

कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट मुलुकलाई बचाउनका लागि सरकारले गरेको लकडाउनका कारण समस्या परेका विपन्न परिवारलाई वितरण गर्ने भनिएको राहत प्राप्त गर्नका लागि तँछाडमछाड देखिएको छ। राहत बढी लिने होडबाजीका कारण श्रीमान–श्रीमतिबीच छुट्टिएको विवरण ह्वात्तै बढेको स्थानीय तहहरुले बताएका छन्।

कोराना त्रासः अपरिचित ब्यक्तिलाई गाउँ प्रवेशमा रोक

दुई दिनअघि गाइबस्तुलाइ घाँस खरिद गर्न तिला गाउँपालिका ९ ढिपु गाउँमा गएका सात जना रित्तोहात फर्किए। उनीहरु घाँस किनेर ल्याउने भन्दै गाउँ पुगेका उनीहरु रित्तोहात फर्किन बाध्य भए। ढिपु गाउँका स्थानीयले गाउँ सम्म समेत उनीहरुलाइ जान दिएनन्। बीचबाटो बाटै फर्किए।

लकडाउनको अवधिमा बजारको अवस्था बुझ्न अनुगमन

रसुवाको कालिका गाउँपालिकाले शुक्रबार गाउँपालिकाभित्र रहेका बजारहरूको अनुमगन गरेको छ। लकडाउनको अवधिमा गाउँपालिकाभित्र रहेका बजारको अवस्था बुझ्नका लागि अनुगमन गरिएको हो।

कपिलवस्तुमा एचआईभी संक्रमित र क्षयरोगीलाई घरघरमै औषधि

लकडाउनका कारण सरकारी स्वास्थ्य संस्थामा आउन कठिनाई भए पछि जिल्ला स्वास्थय कार्यालयले एचआईभी संक्रमित र क्षयरोगीका बिरामीलाई घरमै औषधि पुर्‍याउने छ। लकडाउनले मारमा परे पछि एचआईभि संक्रमति र क्षयरोगीका बिरामीलाई औषधि सेवाबाट बञ्चित नहुन घरमै औषधि पुर्याईएको हो।

लकडाउनमा सहजीकरण गर्न व्यवसायी प्रतिवद्ध

कोरोना भाइरसका कारण देश लकडाउनको अवस्थाबाट गुज्रिरहेको बेला जिल्लामा औषधि, ग्यास, खाद्यान्न तथा सागसब्जी आपूर्ति एवं व्यवस्थापनका लागि भक्तपुर उद्योग वाणिज्य संघबाट नियमित रुपमा सहजीकरण गर्ने प्रतिवद्धता भएको छ।

आपूर्ति र व्यवस्थापन बारे बुझ्न हप्तामा २ पटक अनुगमन

दैनिक उपभोग्य बस्तुको उत्पादन, आयात, मौज्दात, आपूर्ति र व्यवस्थापनलाई नियमन गर्ने गरी अब हरेक हप्तामा कम्तिमा २ पटक ताप्लेजुङका बजार/पसल अनुगमन गरिने भएको छ। संक्रामक अवधिलाई मध्यनजर गरी दैनिक उपभोग्य बस्तुको आपूर्ति व्यवस्थापन सहज बनाउन प्रदेश नं १ सरकारको परिपत्र अनुसार गठित ताप्लेजुङ समितिले कार्ययोजना बनाई बजार अनुगमन गर्ने निर्णय लिएको हो।

कोरोना कहर : गाउँपालिकाले किसान उकास्न तरकारी किन्दै, निःशुल्क वितरण

जिल्लाको डुंगेश्वर गाउँपालिकाले किसानहरूले लगाएको तरकारी लकडाउनका कारण खेर जान थालेपछि किनेको छ। गाउँपालिकाले किसानबाट किनेको तरकारी प्रत्येक  वडामा नागरिकहरूलाई निःशुल्क वितरण गरेको हो।

ज्यालादारी मजदुरलाई वडामै खाद्यान्न

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न वडाका ज्यालादारी मजदुरलाई खाद्यान्न वितरण भइरहेको छ। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’का कारण दैनिक ज्यालादारी काम गर्न नपाउँदा हातमुख जोर्नै नसक्ने अवस्थामा पुगेका सर्वसाधारण मजदुरलाई नगरपालिकाले वडा कार्यालयमार्फत खाद्यान्न वितरण सुरु गरेको हो।

मन्दिरको जग्गामा व्यवसाय गर्नेको चैत महिनाको भाडा मिनाह

म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरको मातहतमा रहेका ब्यवसायीक सटरको चैत महिनाको भाडा मिनाह गरेको छ।

लकडाउनमा काठ तस्कर सकृय

मुलुकमा जारी लकडाउनको फाइदा उठाउँदै काठ तस्करहरु सकृय भएका छन्। जिल्लाका विभिन्न ठाउँमा काठ तस्करले रुख काटेर ओसार्न थालेका छन्। भजनी नगरपालिका–३ कटानपुरमा रहेको वनदेवी सामुदायिक वनमा तस्करले काटेर राखेको अवस्थामा पाँच थान सालका गोलीया भेटिएका छन्।

लकडाउनमा सिनेमा थेरापी, हेर्न सक्नुहुन्छ यी फिल्म

विश्वभर महामारीको रूपमा फैलिएको (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि नेपाल सरकारले ‘लकडाउन’ गरेसँगै मानिसहरू घरभित्रै बस्न बाध्य भएका छन्। मानिसहरूलाई लामो समय घरभित्रै बस्दा पट्यारलाग्दो मात्रै बनेको छैन्, कोरोनाको त्रास पनि कम भएको छैन्।

क्वारेन्टाइनमा रहेका नागरिकलाई विशेष निगरानी गरिने

सीमाबाट उद्वार गरिएका नेपाली र भारतीय नागरिकहरुको विषयलाई लिएर बेलहियामा नेपाल–भारत सुरक्षा अधिकारी बीच छलफल भएको छ।

पक्राउ परेका १०६ जना फर्के अनुशिक्षण लिएर

काभ्रेपलाञ्चोकको बनेपालगायत विभिन्न बजार क्षेत्रमा लकडाउन उल्लंघन गरी हिँड्ने १०६ जनासहित १२  सवारी साधनलाई  प्रहरीले बिहीबार नियन्त्रणमा लिएर छाडेको छ।

बिक्री हुन छोडेपछि आफन्त तथा छिमेकीलाई सित्तैमा दिन थाले

खोटाङका पोल्ट्री व्यवसायी ‘लकडाउन’को मारमा परेका छन्। कोरोना भाइरस ९कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’का कारण अण्डा तथा ब्रोइलर कुखुराको मासुले बजार नपाउँदा जिल्लाका पोल्ट्री व्यवसायी मारमा परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्