रहस्यमयरुपमा आएका १३ विदेशी नागरिक फर्काइए
सप्तरी जिल्लामा भएको धार्मिकसभामा भाग लिन आएका १३ इण्डोनेशियाली नागरिकलाई महालक्ष्मी र गोदावरी नगरपालिकाबाट फिर्ता पठाइएको छ।
सप्तरी जिल्लामा भएको धार्मिकसभामा भाग लिन आएका १३ इण्डोनेशियाली नागरिकलाई महालक्ष्मी र गोदावरी नगरपालिकाबाट फिर्ता पठाइएको छ।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट अत्यावश्यक सामग्री आयात गर्ने बारेमा छलफल भएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस ९कोभिड–१९० नियन्त्रणमा तथा रोकथामका लागि आवश्यक सामग्री तथा अन्य अत्यावश्यक सामग्री ल्याउनका लागि नाका खोल्ने विषयमा छलफल भएको हो ।
१ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जिल्लाका ३ सय १० परिवारलाई खाद्यान्न सहयोग गरेका छन्। ‘लक डाउन’समयमा आर्थिक रुपमाविपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको जानकारी दिइएको छ।उनी पाँचथरको निर्वाचन क्षेत्र ख वाट प्रदेशसभाका सांसद हुन।
सरकारले लकडाउन खुकुलो बनाएको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको विहिबार बसेको बैठकले खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोजनाहरुलाई संञ्चालन गर्न दिने निर्णय गरेको छ।
भारतबाट आएर घरमै निर्धक्क बस्ने र सीमावर्ती क्षेत्रमा घुमफिर गर्ने २१ जनालाईं सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ।
दाङमा प्रहरीले ‘लकडाउन’को अवज्ञा गरेको भन्दै एक हजार ५१ वटा सवारीका साधन नियन्त्रणमा लिएको छ।
बिरामीको नाम चोरी गरि एक एम्बुलेन्समा मान्छे ओसारपसार गर्ने गरेको पाइएको छ। सुर्खेतमा रहेको नेपाल अर्वाेद्ध निवारण संस्थाको एम्बुलेन्सले सुर्खेतदेखि मुगुसम्म विरामीको नाममा खचाखच मान्छे राखेर ओसारपसार गर्ने गरेको हो। भे१च ७६ नम्बरको उक्त एम्बुलेन्सले दुई जना बिरामीको नाम चोरी गरेर मुगुका १२ जना मान्छे सुर्खेतबाट मुगु ल्याएको छ।
सरकारले लकडाउन गरेको दशौ दिन वितिसकेको छ। दश दिन वित्दा सिन्धुलीका स्थानीय दैनिक लकडाउनलाई पूर्ण रुपमा पालना गर्न थालेका छन्। लकडाउनको सुरुवाती दिनमा विहान बेलुका किनमेलमा भिड रहेपनि हाल त्यस्तो अवस्था छैन। सकेसम्म बजारका तरकारीदेखि किनमेल गरेका सामानको उपभोग नगर्ने स्थानीयले जोड दिएका छन्। उपभोग गरिहाल्नु परेपनि भिडभाड नगरि किन्ने गरेको व्यापारी बताउँछन्।
काम खोज्दै भारतको गोरखपूर पुगेका धादिङका युवाहरु कोरोनाको त्रासले हिँडेरै घर फर्किएका छन्। सुनौलीदेखि धादिङबेसी आइपुग्न ६८ घण्टा लागेको जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ४ का विरेन लामाले बताए। ‘आपत विपतमा आफू जन्मेको गाउँ/ठाउँ प्यारो हुन्छ भन्थे हो रहेछ’, उनले भने, ‘भारतमा कोरोना त्रास सुरु भएपछि गरिरहेको व्यापार, व्यवसायमा ताल्चा मारेर ६८ घण्टा हिँडेर आएका हौँ।’
मेरो घर बाजुरा हो तर विगत दुई बर्ष देखि हामी सपरिवार काठमाडौंमा छौं। म कक्षा चारको परीक्षा दिएर बसेको छु। यतिबेला भने म दिदीले काम गर्ने ठाउँ पाल्पाको कचल भन्ने गाउँमा छु। पेशाले दिदी नर्स हुनुहुन्छ। लकडाउनमा पनि उहाँको विदा छैन। मेरो ११ महिनाका भान्जा पनि छन्। यस्तो अवस्थामा भान्जालाई हेल्थपोष्टमा सँगै लैँजादा हुन सक्ने जोखिमका कारण म र भान्जा कोठामै बस्छौं। म भान्जाको रेखदेख र दिदीलाई सहयोग गर्न पाल्पा आएको हुँ।
लकडाउनका कारण गाईपालन व्यवसाय संकटमा परेको छ। सरकारले लकडाउनको समयमा दुध, हरियो तरकारी, दैनिक उपभोग्य सामान, खाना पकाउने ग्यास, इन्धन लगायतका ढुवानीका साधन निर्वाध सञ्चालन हुने भनेपनि व्यवहारमा त्यस्तो नदेखिएपछि गाईपालन व्यवसाय नै संकटमा परेका हुन्।
खोटाङको रावाबेँसी गाउँपालिकामा ‘लकडाउन’को मौका पारेर उपभोग्य वस्तुको मूल्य बढाएर बिक्री गर्ने व्यवसायी कारबाहीमा परेका छन्। रावाबेँसी गाउँपालिका–६ हौंचुरमा वडा कार्यालय नजिकै खुद्रा व्यवसाय सञ्चालन गर्दै आएका सिराहाका दिपेन्द्र चौधरी कारबाहीमा परेका हुन्। चामल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुको चर्को मूल्य वृद्धि गरेर बिक्री गरिरहेको जनगुनासो आएपछि चौधरीलाई वडा कार्यालयले कारबाही गरेको हो।
लकडाउनको कारण गाउँपालिकामा औषधि अभाव भएपछि डोल्पाको एक गाउँपालिकाले हेलिकप्टर चार्टर गरि औषधि ल्याएको छ। जिल्लाको शे–फोक्सुण्डो गाउँपालिकाले काठमाडौबाट हेलिकप्टर चार्टर गरि कोरोना नियन्त्रणको लागिको आवश्यक पर्ने औषधि र केही उपकरणहरु ल्याएको हो।
बाँकेका विभिन्न सीमा नाकाबाट प्रवेश हुन खोजेका नेपाली नागरिकलाई भारतीय क्वारेन्टाइनमा बसाउने स्थानीय प्रशासनको प्रयास असफल भएको छ। स्थानीय प्रशासनले ‘माथिको निर्देशन’ भन्दै नेपालगन्जस्थित नेपाल–भारत सीमा नाकाबाट एक साताअघि आवत–जावत गर्न पूर्ण रुपले रोक लगाएको थियो। नेपालगन्ज नाकामा रोक लगाए पनि भारतबाट फर्केका नेपालीहरु जिल्लाका अन्य अबैध नाकाबाट प्रवेश भए। त्यसरी प्रवेश भएका मध्ये केहीलाई नेपाली सुरक्षाकर्मीले विभिन्न ठाउँमा रोके।
रसुवाको कालिका गाउँपालिकाले लकडाउन अवधिभर लक्षित परिवारलाई अत्यावश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन कार्यविधि निर्माण गरेको छ। लकडाउन अवधिभर गाउँपालिकाभित्र बसोबास रही अत्यावश्यक दैनिक उपभोग्य वस्तुबाट वञ्चित भएका लक्षित परिवारलाई न्यूनतम दैनिक उपभोग्य वस्तुहरू उपलब्ध गराउन वा व्यवस्थापन गर्न कार्यविधि निर्माण गरिएको हो।