२१ कार्तिक २०८१ बुधबार
image/svg+xml

दुई युवा ९० थान लागुऔषधसहित पक्राउ

कोरोना भाइरस (कोभिड–१९) को त्रासले १० दिनयता लकडाउन जारी छ। घोषित लकडाउन सफल पार्न चारैतिर नेपाल प्रहरी र सशस्त्र जवान सुरक्षामा खटिरहेका छन्। यस्तो समयमा पनि लागुऔषध प्रयोग, ओसारपसार र बिक्री वितरण भने चलिरहेकै पाइएको छ। उदयपुरसँग सिमाना जोडिएको सप्तरीतर्फको जंगलबाट लागुऔषधसहित उदयपुरका २ युवा बुधबार साँझ पक्राउ परेका छन्। सप्तरीसँग जोडिएको त्रियुगा नगरपालिका २ खुदियाही जंगल भएर दक्षिणी भेगबाट भित्रिदै गरेको बेला ९० थान लागुऔषधसहित उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

मेयरलाई घरमै बोलाएर सहयोग

लकडाउनको प्रभावले खान अभाव हुने मजदुर तथा विपन्न वर्गलाई सहयोग गर्न यहाँका एक व्यवसायीले आफ्नो घरमै बोलाएर प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेका छन्। कमलामाई नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा नगरपालिकाका प्रमुख मेयर खड्गबहादुर खत्रीलाई कमलामाई नगरपालिका ४ स्थित आफ्नो निजी निवासमै बोलाएर व्यवसायी टिका श्रेष्ठले एक लाख रकमको चेक हस्तान्तरण गरेको कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए।

लकडाउनमा बालबच्चाको यस्तो दैनिकी

कृषि तथा बन विश्वविद्यालयका सह प्राध्यापक डा. ईश्वरी प्रसाद कडरीयाले बुधबार आफ्नो फेसबुकमा छोरी अग्रताले फुर्सदको समयमा बनाएको चित्र पोस्ट गरे। उनलाई आफ्नो छोरीमा आर्ट गर्ने प्रतिभा लुकेर बसेको कहिल्यै थाह भएन।

लकडाउनको असर, एचआईभी संक्रमितले 'एआरटी' पाएनन्

लकडाउनको मारमा एचआईभी संक्रमित पनि परेका छन्। उनीहरु मध्ये धेरैजना एआरटी सेवनबाट बञ्चित भएका छन्। एआरटी एचआईभी संक्रमितले नियमित सेवन गर्नुपर्ने औषधी हो। यसको नियमित सेवनले संक्रमितमा रोग प्रतिरोधात्मक क्षमता विकास हुन्छ।

लकडाउन उल्लङघन गर्ने २५ नियन्त्रणमा

पर्साको ग्रामीण भेगबाट २५ जना मस्लिम समुदायका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सरकारले घोषणा गरेको लकडाउनपछि उनीहरु पर्साको पश्चिमी सिमावर्ती गाउँभएर भातबाट पसेको आशंका गरिएको छ। कोरोना (कोभिड –१९) संक्रमणको त्रासको बेला उनीहरुको गतिबिधि जोखिमपूर्ण भएपछि नियन्त्रणमा लिनु परेको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।

‘लकडाउन श्रमिक’ का व्यथा सुनौँ

चीनको बुहानबाट गत डिसेम्बर अन्तिम साता फैलिएको कोभिड–१९ को आतंकले अहिले विश्वका कुनाकुनासम्म प्रभाव पारेको छ।

विपन्न परिवारलाई उपमेयरको खाद्यान्न

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले ‘लकडाउन’को मारमा परेका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेकी छन्। दैनिक ज्यालादारीका काम गरेर जीवन निर्वाह गरिरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान माल्खुका २५ परिवारलाई उपमेयर राईले बुधबार व्यक्तीगत खर्चमा खाद्यान्न प्रदान गरेकी हुन्।

लकडाउनको समयमा घुम्न जाने ५ जना कर्मचारी नियन्त्रणमा

लकडाउनको समयमा पार्वतीकुण्ड घुम्न गएका पाँच जना कर्मचारीलाई गत्लाङका स्थानीयले नियन्त्रणमा लिएका छन्।

सूर्याेदयका चिया बगान–उद्योग खुल्ने

लकडाउनका कारण बन्द भएका सूर्याेदय नगरपालिकाका चिया बगान र उद्योग खुलाइने भएको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नहुनेगरी कामदारहरू अत्यन्त सुरक्षित भएर बगान–उद्योगको काममा निरन्तरता दिने नगरले निर्णय गरेको हो।

बोटमै हुर्कियो करोडौंको ‘फस्ट फ्लस’

निर्यातमा महत्वपूर्ण हिस्सा ओगटेको चियाको हरियोपत्ती टिप्न नपाउँदा करोडौं रुपैयाँको नोक्सान भएको छ। मुख्य उत्पादन हुने सिजनमै ‘लकडाउन’ भएका कारण वर्षकै गुणस्तरीय मानिने पहिलो टिपाइ (फस्ट फ्लस) नहुँदा हजारौं किसानको बगानमा हरियोपत्ती हुर्किएर गएको हो।

‘लकडाउन’को मारमा गाईभैसी पाल्ने किसान

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन मुलुक दुई साताका लागि ‘लकडाउन’ गरिएको छ। यो अवधिमा अत्वाश्यक बाहेकका सबै क्षेत्र र सेवा बन्द छन्। कृषी प्रधान मुलुकमा किसानलाई लकडाउनले नराम्ररी थला पारेको छ।

कोरोना त्रास र लकडाउनले समेत छेकेन चैते दशै मान्न डोल्पालीलाई

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासले सिंगो विश्व यत्तिखेर त्रसित छ। सरकारले पनि २५ जना भन्दा बढिको हुलमा मानिसहरु जम्मा नहुन र सुरक्षित मास्क लगाएर तिन मिटरको दुरीको फरक पारेर बस्न उर्दि जारी गरेको छ। देश पनि पूर्ण लकडाउनको अवस्थामा छ। शहरका बजार क्षेत्र र सडक मात्र नभएर ग्रामीण क्षेत्रका बजार, सडकमा पनि मानिसहरुको चहलपहल नहुँदा सुनसान छन्।

इन्डक्सनको माग बढ्यो(फोटो फिचर)

लकडाउनपछि उपभोक्ताहरुमा इन्डक्सनको माग ह्वात्तै बढेको छ। खाद्य व्यवस्था तथा ब्यापार कम्पनी, थापाथलीमा इन्डक्सन चुलो खरिद्को लागि मानिसहरु आउने गरेका छन्। दैनिक ४ देखि ५ सय वटा इन्डक्सन बिक्री भैरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्