लकडाउन आवज्ञा गर्ने ३५२ भारतीय वीरगञ्जमा पक्राउ
कोभिड–१९को सङ्क्रमणलाई रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई आज पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ।
कोभिड–१९को सङ्क्रमणलाई रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई आज पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ।
अहिले हामी बन्दाबन्दी (लकडाउन) मा छौँ। समय कोरोना भाइरस प्रकोपको छ। यसबीच सरकारले जारी गरेको संकटकालीन निषेधमा जनता घरभित्र छन्।
कोरोना भाइरसका कारण पुरै विश्वको अवस्था त्रसित छ। विश्व स्वास्थ्य संगठन र कोरोना प्रभावित देशका सरकारहरुले मानिसहरुलाई सामाजिक दुरी कायम राख्न बारम्बार अनुरोध गरिरहेका छन्।
रसुवामा मंगलबारदेखि सवारी पास बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार अहिले जारी भइरहेको सबै किसिमका पास अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हो।
खप्तड छेडेदह गाउँपालिका-३ पुराबाब्लाको सिंगो गाउँ रुघाखोकीको संक्रमणले थला परेको छ। सातादिनदेखि फैलिएको रुघाखोकीको संक्रमणले पुराबाब्लाका ३ सय बढी परिवारका सदस्य विरामी परेका छन्। घरका २ देखि ५ जनासम्म रुघाखोकी र ज्वरोको प्रकोपका कारण विरामी परेको वडा अध्यक्ष दिपक रावतले बताएका छन्।
खोटाङमा ‘लकडाउन’का क्रममा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई नागरिक हौसला जुट्नेक्रम जारी छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’लाई सफल बनाउनका लागि खटिएका प्रहरीलाई निर्माण व्यवसायी संघले मिनरल वाटर, चाउचाउ, फ्रुटी र मास्क प्रदान गरेको छ।
जिल्लाको बेनी नगरपालिका–९ ढाडिखेतमा लकडाउनको अवज्ञा गर्दै गाउँमा मासु काटिरहेको अवस्था भेटिएका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सरकारले अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन लकडाउन घोषणा गरेको छ। तर सर्वसाधारणले त्यस तर्फ खासै ध्यान दिएको र स्वीकार गरेको अवस्था देखिदैन। लकडाउनको आठौं दिनमा आइपुग्दा जुन अनुशासनका साथ सर्वसाधारणले नियम पालन गर्नु पर्ने हो, त्यो हुन सकेको छैन।
लकडाउन सुरु भई दैनिक ज्याला मजदुरी गर्ने तथा श्रम गरेर जिविकोपार्जन गर्नेलाई गाँसको समस्या भएसँगै प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा हुन थालेको छ। रकम जम्मा भएसँगै श्रमिकलाई राहत वितरण गर्न थालिएको कमलामाई नगरपालिका सिन्धुलीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले संक्रामक रोग नियन्त्रण ऐन र स्थानीय प्रशासन ऐन बमोजिम आउँदो चैत २५ गते मध्यरातसम्म निशेधाज्ञा जारी गर्दै अत्यावश्यक सेवा बाहेक अन्य प्रयोजनमा सवारी पास बन्द गरेको छ।
काठमाडौंमा मजदुरी गर्दै आइरहेका वीरगञ्जका मञ्जित कुलेखानीमा भेटिए। पसिनाले निथ्रुक भिजेका उनलाई वीरगञ्ज पुग्नु थियो। उनी र उनका साथीहरु आज विहान ३ बजे काठमाडौंबाट वीरगञ्जका लागि पैदल हिँडेका हुन्। उनीसँगै छन् रक्सौलका मुस्लिम आलम। उनलाई पनि रोगको भन्दा भोकको पिर छ। 'काठमाडौंमा बसियो भने भोकै पर्ने भइयो', उनले भने, 'खानकै समस्या भयो जेनतेन ८ दिन कोठामै बसियो। अब काम पनि छैन रासन पनि छैन।'
बेनी नगरपालिका–६ बाँसबोट वरदान पशुपन्क्षी फार्मका सञ्चालक दुर्गाप्रसाद पौडेलले लकडाउनमा दूध नबिकेपछि दैनिक ५० लिटर दूध भैसीलाई नै खुवाउँछन्। विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रासले बेनीबजारमा बसोबास गर्ने गाउँतर्फ लागेपछि पौडेलले १७ वटा भैसीबाट दैनिक २ सय लिटर दूधमा विहान एकपटक मात्रै बजारमा लैजान्छन्।
लकडाउनका कारण खाद्य संकट भोगिरहेका सुर्खेतका बाढी पीडितहरुका लागि सहयोग संकलन सुरु भएको छ। २०७१ सालको बाढीले घरबारविहिन भएका करिब एक हजार सात सय परिवार विभिन्न अस्थायी शिविरहरुमा बसिरहेका छन्।
‘लकडाउन’को अवधिमा हुने कालोबजारी र कृत्रिम अभाव नियन्त्रणका लागि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बजार अनुगमन गरेको छ। कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको ‘लकडाउन’को अवधिमा हुने मूल्यवृद्धि एबं कृत्रिम अभाव नियन्त्रणका लागि गाउँपालिकाले सोमबार डाँडागाउँस्थित ओख्रेका खुद्रा तथा किराना पशल अनुगमन गरेको हो।
लकडाउन भएको समयमा ‘वन विनास र चोरी तस्करी’ बढेको भन्दै वन प्रवेशमा रोक लगाइएको छ। लकडाउनको मौका छोपेर वन विनास गर्ने, काठ तस्करी गर्ने, बोट बिरुवा मास्ने लगायतका कार्य भएको गुनासो आएपछि राम्चे मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले सोमबारदेखि वन प्रवेशमा रोक लगाएको हो। स्थानीयलाई घाँस काट्न जान भने रोक लगाएको छैन।