२२ कार्तिक २०८१ बिहीबार
image/svg+xml

रामेछापमा बोलेरो दुर्घटना : २ जनाको मृत्यु, २८ घाइते

जिल्लाको खाडादेवी गाउँपालिका-१ राकाथुमको माझी गाउँमा मंगलबार विहान भएको बोलेरो दुर्घटनमा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। भक्तपुरको सुर्यविनायकबाट दोरम्बाका लागि मान्छे लिएर हिडेको बा १४ च ९४९८ नम्बरको बोलेरो दुर्घटनामा परेको हो।

अमेरिकाले लग्यो लकडाउनमा फसेका आफ्ना नागरिक (फोटो फिचर)

लकडाउनमा फसेका आफ्ना नगरिकलाई अमेरिकाले उद्वार गरेको छ। देशका विभिन्न स्थानमा रहेका नागरिकलाई काठमाडौं ल्याइएको थियो। उनीहरूलाई आज कतार एयर मार्फत स्वदेश लगिएको छ। भिजिट र विभिन्न कामको सिलशिलामा नेपालमा रहेका ३०० बढी अमेरिकी नागरिकको उद्वार गरिएको हो।

लकडाउनको उल्लंघन गर्नेलाई भाटे कारबाही गरिने

गुल्मीमा लकडाउनको उल्लंघन गर्ने व्यक्तिहरुलाई भाटे कारबाही गरिने भएको छ। कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै लगडाउनको उल्लंघन गर्दै मानिसहरु अनावश्यक रुपमा घरबाहिर निस्कने, भेला हुने र हिँडडुल गर्न थालेपछि धुर्कोट गाउँपालिकाले गाउँमा लठ्ठी लिएर गस्ती गर्न सुरु गरेको छ।

कालोबजारी रोक्न बजार अनुगमन

‘लकडाउन’को अवधिमा हुने कालोबजारी र कृत्रिम अभाव नियन्त्रणका लागि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बजार अनुगमन गरेको छ।

राउटे समुदायलाई प्रदेश सरकारको खाद्यान्न

लकडाउनका कारण खाद्य संकटमा रहेको राउटे समुदायलाई प्रदेश सरकारले खाद्यान्न उपलब्ध गराएको छ । जंगलमा फिरन्ते जीवन विताउने यो समुदायलाई भेरीगंगा नगरपालिकाको सक्रियतामा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले खाद्यान्न उपलब्ध गराएको छ । राउटे समुदाय अहिले भेरीगंगा नगरपालिका–२ स्थित सत्तरी नजिकैको छिन्चु खोला किनारमा बस्दै आएको छ ।

चीनको लकडाउन

म २०१९ सेप्टेम्बर १ तारिखका दिन बेइजिङमा विद्यावारिधि पढ्न आइपुगेकी थिएँ। यो वर्ष चिनियाँ नयाँ वर्ष अर्थात वसन्त चाड जनवरी २५ मा परेको थियो। वसन्त चाड र जाडो बिदाको १ महिनाभन्दा बढी छुट्टी थियो। साथीहरू आ–आफ्नो देश फर्किए।

बेलायतको लकडाउन

मार्च १२ अर्थात फागुन २९ देखि अफिसको काम घरबाट नै गरेको छु। २ हप्ता पुग्दा घरमा बस्नुको मजाभन्दा भय बढ्दो छ। लगातार अफिसमा काम गर्दा लाग्थ्यो कि ‘वर्क फ्रम होम’ भैदिए हुन्थ्यो नि।

लकडाउनमा गहुँ कसरी भित्र्याउने ?

संसारभर कोरोना भाइरसको महामारी फैलिरहेको छ। यसबाट बच्न सरकारले लकडाउन गरेको छ। लकडाउनको समयावधी थपिएर चैत २५ सम्म पुगेको छ।

तरकारी बजारमा सतर्कता

कोरोना संक्रमण फैलावटबाट बच्नका लागि तरकारी बजारहरुले पनि थप सर्तकता अपनाएका छन्। सरकारले लकडाउनको समयमा पनि तरकारी लगायतका अत्यावश्यक सामाग्रीका पलस खोल्न अनुमति दिएकाले बिहान सांझ सर्वसाधरणको तरकारी बजारमा भीड बढ्न थालेपछि बजार व्यवस्थापन समितिहरुले थप सर्तकता अपनाउन थालेका हुन्।

‘लकडाउन’ले मजदुरलाई मार परेपछि मोदीले मागे माफी

भारतमा एक सातादेखि जारी लकडाउनका कारण गरिबलाई ठूलो असर परेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले माफी मागेका छन्। साप्ताहिक रेडियो सम्बोधन ‘मन की बात’ नामक कार्यक्रममार्फत उनले आइतबार लकडाउनका कारण दसौं लाख मजदुरलाई परेको दुःख आफूबाट नलुकेको स्पष्ट पारे।

लकडाउनले छेकेन नेपाल प्रवेश, कोरोना संक्रमणको जोखिम बढ्दो

लुकेर नेपाल भित्रिने अनि क्वारेन्टाइन छल्नेहरुका कारण कोरोना भाइरस संक्रमणको जोखिम झनै बढेको छ।

‘लकडाउन’ भित्रका खुला गाउँ

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण त्रासले यतिबेला मूलुक पुरै ‘लकडाउन’ मा छ। ‘लकडाउन’ थपिँदा एकसातादेखि घरभित्रै थुनिएका नागरिक अझै एकसातासम्म घरबाहिर निस्कन पाउने छैनन्। सहरमा बस्ने नागरिक त झनै कडाईका सात घरभित्रै थुनिएका छन्।

अहिलेको स्थितिमा रोजगारी गुमेकाहरुलाई सहयोग गर्ने मन छ ? यस्तो छ व्यवस्था

लकडाउनका कारण रोजगारी गुमेर गुजारा चलाउन नसक्ने परिवारलाई सहयोग गर्ने कुनै व्यक्ति, निकाय वा संस्थाले अब सम्बन्धित पालिकामार्फत समन्वय गर्नुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आपूर्ति व्यवस्थापनका लागि स्थानीय प्रहरीको प्रतिनिधित्व हुने गरी समिति गठन गर्न यहाँका सबै ६१ वटै वडालाई पत्राचार गर्दै सहयोगको न्यूनतम मादण्ड समेत संगै पठाएको छ।

ज्याला मजदुरी गर्नेलाई राहत दिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोभिड १९ महामारीका कारण सरकारले गरेको बन्दाबन्दी (लकडाउन)मा ज्याला मजदूरी गरी खाने श्रमजिवीका लागि तत्काल राहत उपलब्ध गराउन आदेश जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्