'लकडाउन'को सातौ दिन, तस्बिरमा हेर्नुहोस् सुनसान सुर्खेत (फोटोफिचर)
सरकारले लगाएको बन्दाबन्दी (लकडाउन) को सातौ दिन सुर्खेत सुनसान छ। सातौ दिनसम्म बजार व्यवसाय बन्द छन्।
सरकारले लगाएको बन्दाबन्दी (लकडाउन) को सातौ दिन सुर्खेत सुनसान छ। सातौ दिनसम्म बजार व्यवसाय बन्द छन्।
जिल्लाको बेनी नगरपालिका–६ बास्बोटमा देवीप्रसाद शर्मा विहानैदेखि ब्यस्त हुन्छन्। कोभिड–१९ को महामारीसँग विश्वका सयौं मुलुकहरू जुधिरहेको अवस्थामा नेपालमा पनि केही सङ्क्रमितहरू देखिएका छन्। सम्भावित सङ्क्रमण रोक्न नेपालले पनि चैत्र ११ गतेदेखि देशलाई लकडाउन घोषणा गरेपछि यातायात तथा मानिसहरूको हिँडडुल बन्द प्रायः छ। विद्यालय लगायत सबै शैक्षिक संस्थाहरू बन्द अवस्थामा रहेका छन्।
कोरोना भाइरसको संकटमा जथाभावी राहत वितरणमा वीरेन्द्रनगर नगरपालिकाले रोक लगाएको छ। नगरपालिकाको अनुमतिबिना विभिन्न संघसंस्था र व्यक्तिले विभिन्न बस्तीमा राहत एवम् सुरक्षा सामग्री वितरण गर्ने गरेको गुनासो नगरपालिकामा आएपछि नगरले यस्तो निर्णय गरेको हो।
मेची–महाकाली बुहारी समूहले वीरेन्द्रनगरका विपन्न परिवारका लागि खाद्यान्न सहयोग गरेको छ। बुहारी समूहले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–३ का विपन्न र गरिव परिवारका लागि २० हजार बराबरको खाद्यान्न सहयोग गरेको हो।
ताप्लेजुङको उत्तरी पर्यटकीय क्षेत्र सिरिजङ्घा गाउँपालिकाको वडा नं ८ याम्फुदिनको वडा समितिले वडाभरका प्रत्येक घरधुरीले आफ्ना घरका सामाजिक लगायतका कार्यहरुमा अर्को घरमा सदस्यलाई सामेल नगराउने निर्णय गरेको छ। यो निर्णय आफ्नो घरभन्दा बाहिर नजाने दृष्टीले प्रेरित रहेको वडा कार्यालयले जानकारी दिएको छ।
सुनसरी खनारको रिलायन्स स्पिनिङ मिलमा चार हजारभन्दा बढी कामदार काम गर्दै आएकोमा अहिले सीमितबाहेक अधिकतर घर फर्केका छन्। उद्योगमा काम गर्नेमध्ये एक हजार छ सय हाराहारी उद्योगले उपलब्ध गराएको आवासमा बसोवास गर्दै आएकोमा अहिले दुई सय पुग/नपुग छन्।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोखिम नियन्त्रणका लागि नेपाल सरकारले ‘लकडाउन’ गरेसँगै मानिसहरू घरभित्रै बसेका छन्। लामो समय घरभित्रै बस्दा पट्यारलाग्दो पनि हुन्छ। मानिसले समय विताउन विभिन्न तरिका प्रयोग गरेका छन्। कतिपयले युट्युबलगायत सामाजिक सञ्जालमा सिनेमा हेर्दै समय बिताईरहेका छन्। समय कटाउन सहज होस् भनि हामीले केही नेपाली समाजको कथामा निर्माण भएका वृत्तचित्र सिफारिस गरेका छौं।
अत्यावश्यक सामान ढुवानीको बाहनामा मादक पदार्थ ओसार–पसार गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले नियन्त्रणमा लिएको छ।
प्रहरीले ग्यास सिलिण्डर बोकाएर सडकमा बसाएको घटनाबारे छानविन सुरु भएको छ। सिलिण्डर बोकाएर सडकमा बसाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसपछि प्रहरीले अनुसन्धान थालेको जनाएको छ।
लकडाउनमा अवधिमा घरभित्र रहेका नागरिकहरुलाई घरघरमै खाद्यान्न पुर्याउन सुलभ घुम्ती पसल सुचारु भएको छ।
दैनिक ज्याला–मजदुरी गरेर पेट पाल्ने श्रमिकलाई लामो समयको लकडाउनले खाद्यान्न अभाव हुने सम्भावना भएपछि जिल्लाबासी उनीहरूलाई खाद्यान्न जुटाउन थालेका छन्। स्थानीय तह र दाताले निजी क्षेत्रबाट चामल संकलन गरी श्रमिकलाई प्रदान गर्न थालेका हुन्।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दैनिक ज्यालादारी मजदुरलाई खाद्यान्न सहयोग गरेको छ। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडडाउन’का कारण ज्यालादारी काम गर्न नपाउँदा समस्यामा परेका १७ कामदारलाई नगरपालिकाले खाद्यान्न प्रदान गरेको हो।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउनको अवधी थप गरेको छ। लकडाउनमा दिनभर मानिसहरु घरमा बसे पनि साँझ विहान घरबाहिर निस्कने गरेका छन्। केही दैनिक उपभोग्य सामानको लागि घर बाहिर आउने गरेका छन् भने केही विना कुनै काम। प्रहरीले घर बाहिर निस्कनेलाई कडाई गरे पनि सडकमा हिँड्नेको कमि छैन।
विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिइरहँदा पत्रकारिता क्षेत्रले जोखिमको अवस्थामा पनि सूचना प्रदान गर्ने आफ्नो दायित्वलाई निरन्तरता दिँदै आइरहेको छ।
नआओस् भन्दाभन्दै कोरोना घर/आँगनमै आइपुग्यो। बुहान लकडाउन हुँदाको समाचारले अत्तालिएका हामी आज आफैँ लकडाउन भएका छौँ।