२२ कार्तिक २०८१ बिहीबार
image/svg+xml

पशुपतिमा जसले बाँदरलाई आहारा दिए (फोटो फिचर)

सँधै चहलपह हुने पशुपति क्षेत्र सुनशान छ। पशुपति दर्शनको लागि दैनिक हजारौं भक्तजन पुग्ने गर्थे। दर्शनमात्र होइन त्यहाँ पुगेका भक्तजनले चराचुरुङगी र बादरलाई आहारा पनि खुवाने गर्थे। लकडाउन पछि त्यो क्रम बन्द छ। तर त्यहाँ पुगेका केही व्यक्तिले चराचुरुङंगी र बाँदरलाई आहारा दिएका छन्। हेरौं विजय राईले खिचेका तस्बिर :

अप्ठ्यारो परे हामीलाई सम्पर्क गर्नु भन्दै कांग्रेस नेताले जारी गरे सूची

कांग्रेस नेता र केही जनप्रतिनिधिले अप्ठ्यारो परे आफुहरुलाई सम्पर्क गर्न भनेका छन्। उनीहरुले एक विज्ञप्ति जारी गर्दै सम्पर्क नम्वर दिएका छन्।

चैत २५ सम्म लकडाउन थपियो

सरकारले लकडाउनको समय बढाएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले चैत लकडाउन गर्ने निर्णय गरेको हो। यो समयमा सीमा नाका समेत बन्द रहने छन्।

लकडाउनको समय सदुपयोग गर्न त्रिवि अनलाइनमा

त्रिभुवन विश्वविद्यालयका विभिन्न विभाग तथा प्रध्यापकहरु आफैले पहल गरेर लकडाउनको सयम सदुपयोग गर्दै दोहोरो रुपमा अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। विश्वविद्यालयका उपकुलपति कार्यालयका उप्रशासक विष्णुप्रसाद अर्यालले भने चैत्र १४ गतेदेखि सेवा आयोगका परीक्षार्थीलाई सहयोग पुग्ने गरी अनलाइन कक्षा सञ्चालन गरेका छन्।

‘लकडाउन’ पालना गराउन नगरमा एकजुट

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ‘लकडाउन’लाई पूर्णरुपमा पालना गराउनका लागि सर्वदलीय निर्णय गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका प्रयासलाई फलदायी बनाउनका लागि नगरपालिकाको आव्हानमा शनिबार आकस्मिकरुपमा बसेको सर्वदलीय बैठकले ‘लकडाउन’लाई पूर्णरुपमा पालना गर्न/गराउन आ–आफ्नोतर्फबाट सहयोग पुर्‍याउने निर्णय गरेको हो ।

चीनबाट ल्याएका स्वास्थ्य सामाग्री तत्काल प्रदेशमा पठाइने

सरकारले चीनबाट ल्याएका औषधी, पिपिई लगायतका सामाग्रीहरु तत्काल प्रदेशमा पठाउने भएको छ। आज बसेको कोरोना नियन्त्रण समितिको बैठकले यस्तो निर्णय गरेको हो।

कोरोना कहर : 'न भोक, नत निन्द्रा'

आइतबार बिहानको खान खाएर सुनसरी रामधुनी–२, धमौटाका विद्यानन्द चौधरी कर्णाली प्रदेश सरकारले निर्माण गर्न लागेको प्रदेशसभा हलको दोस्रो तलमा टोलाइ रहेका थिए। विद्यानन्दको भौतिक शरीर सुर्खेत भए पनि उनको मन धमौटास्थित घर परिवारसँगै रहेको अनुभूति हुन्थ्यो। झन् बेलाबेला श्रीमती (सुजनकुमारी) ले फोन गरिरहँदा मनलाई परिवारबाट टाढा राख्नै मुस्किल भयो उनलाई। उनी राख्न पनि चाहान्नन्। किनकी यतिबेला कोरोना भाइरसले विश्वलाई नै थिलो थिलो बनाइरहेको छ।

अन्तर्राष्ट्रिय उडानमा लगाएको रोक थप, वैशाख ३ सम्म लम्बियो

सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको रोक लम्ब्याएको छ। कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले वैशाख ३ सम्म उडान प्रतिवबन्ध लम्ब्याउने निर्णय गरेको हो।

सीमा नाकामा अलपत्र नेपालीलाई प्रवेश दिइने

काठमाडौं- सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश दिने भएको छ। कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले सीमामा अलपत्रनेपालीलाई प्रवेश दिने निर्णय गरेको हो।

लकडाउन थप्न सिफारिस

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको लकडाउनको अवधि थप गर्नु पर्ने बताएको छ। आइतबार बसेको समितिको बैठकले लकडाउन थप्न सरकारलाई सिफारिस गरेको हो। कति दिन लकडाउन थप्ने निर्णय सरकारले गर्ने छ। आज साँझ बस्ने मन्त्रिपरिषद बैठकले त्यसको टुंगो लगाउने छ।

समृद्ध तुल्याउँ बन्दाबन्दी

के आयो यो कोरोना भाइरसको झञ्झावाद जसले संसारै हल्लाइदियो । कहिलेसम्म हल्लाउने हो भन्न सक्ने कोही छैन । के रोग हो, यो कति बलवान रहेछ, कुनै पनि परमाणुशक्ति राष्ट्रको पनि पिताम चल्दैन ।

दुई नगरपालिकाले बाँडे दुई सय परिवारलाई राहत

रौतहटका दुई नगरपालिकाले दलित विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन्। लकडाउनको अवधिमा काम गरेर खाने परिवारलाई खानकै लागि समस्या भएपछि दुई नगरपालिकाले करिब दुई सय परिवारलाई खाद्यान्न वितरण गरेका हुन्।

बिना तलब कामबाट निकालिए नेपाली, खुला आकासमा बास

कोरोना भाइरस (कोभिड–१९) त्रासका बीच भारतमा ठूलो संख्यामा नेपालीहरु होटेलबाट निकालिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदिको गृह जिल्ला भारतको गुजरातमा पर्ने राजकोट सहरका बिभिन्न ठाउँमा एक सय भन्दा बढी नेपालीहरु होटेलको कामबाट निकालिएका हुन्।

उत्तरी ताप्लेजुङ क्षेत्रमा रहेका विदेशी पर्यटकलाई सम्पर्कमा आउन आग्रह

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले उत्तरी ताप्लेजुङको पर्यटकीय क्षेत्रमा रोेकिएका १४ जना विदेशी पर्यटकलाई तत्काल प्रशासनको सम्पर्कमा आउन आग्रह गरेको छ। प्रशासन कार्यालयले आइतबार एक प्रेस विज्ञप्ती प्रकाशित गरी अध्यागमनको प्रकृया पूरा गरी नेपाल भित्रिएका र ताप्लेजुङ जिल्लामा रहेका विदेशी नागरिकहरुलाई उडान उद्वार गरी काठमाडौ पठाईने भएकोले सम्पर्कमा आउन आग्रह गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्