२२ कार्तिक २०८१ बिहीबार
image/svg+xml

जब वडाध्यक्ष चामलको बोरा लिएर मजदुरकहाँ पुगे...

धादिङकी सावित्री बिक र उनका श्रीमान मोहनबहादुर दुई वर्षदेखि शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा बस्दै ज्याला मजदुरी गर्छन्। दिनभरको मजदुरीले साँझ विहानको छाक टार्ने बिक दम्पति लकडाउन भएसंगै काममा जान पाएका छैनन्। मजदुरी नगरी दुई छाक खानलाई पनि मुस्किल पर्ने उनीहरुलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले गत मंगलबारदेखि एक साताका लागि मुलुक लकडाउन गरिएपछि एउटै चिन्ताले सतायो, ‘कोरोना लाग्नु पहिले भोकमारीले पो मरिन्छ क्या हो!’

‘लकडाउन’को चपेटामा बाढी पीडितः ‘न कमाउने ठाउँ रह्यो न खाने अन्न’

प्यारालाइसिसले थलिएको शरिर। त्यसमाथि दुईटै खुट्टा काटिएको दुई वर्ष भयो। बोली राम्रोसँग फुट्दैन। बाहिर–भित्र गर्न मात्रै होइन, खानका लागि पनि सहारा चाहिन्छ। वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्र पुग्दा च्यातिएको पालमुनि ५३ वर्षीय नरबहादुर रोकाका आँखाभरी आँसु थिए। उनले पेटभरी खान नपाएको दुई दिन भयो। यस्तोमा दैनिक खानुपर्ने औषधि कहाँबाट पाउनु?

‘लकडाउन’को समयमा घरमै बसेर चिकित्सकसँग परामर्श लिन सकिने

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको जोखिमवाट बच्न सरकराले लकडाउन गरेको छ। लकडाउन र कोरोना जोखिमको कारण अस्पतालमा पुगेर उपचार गर्ने अवस्था छैन। घरैमा बसेर चिकित्सकको सल्लाह चाहिएमा मोबााइन एप्समार्फत लिन सकिने भएको छ।

‘लकडाउन’मा खटिएका प्रहरीलाई सहकारीको साथ

खोटाङको दिक्तेलस्थित सक्रिय बचत तथा ऋण सहकारी संस्थाले ‘लकडाउन’का क्रममा बजारमा खटिएका प्रहरीलाई पानी, जुस लगायत प्रदान गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’लाई सफल बनाउनका लागि दिनरात खटिएका प्रहरीलाई सहकारीले लजिस्टीका सामग्री प्रदान गरेको हो।

रसुवामा तीन दिनमा २८ पर्यटकको उद्वार

रसुवामा तीन दिनमा २८ जना विदेशी पर्यटकको उद्वार गरिएको छ। जिल्लाको पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकनका लागि आएका पर्यटक देश लकडाउन भएपछि समस्यामा परेका थिए।

लकडाउन अवधिभर निम्न आय भएका परिवारलाई प्रदेश सरकारले खानाकाे व्यवस्था गर्ने

लकडाउन अवधिभर प्रदेश २ सरकारले गरिव, तथा दैनिक ज्यालादारीमा खटने मजदुरलाई खानाको ब्यवस्था गर्ने भएको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय सरकारसंग समन्वय गरी लकडाउनको अवधिभर खानाको ब्यवस्था गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।

कोभिड– १९ : पूर्व अध्यक्ष कर्णद्वारा क्वारेन्टाइनका लागि  घर प्रदान

नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष रञ्जीत कर्णले राजविराज नगरपालिका वडा नम्वर–३ स्थित  सात कोठाको  पक्की घर  अस्थायी क्वारेन्टाइनका लागि उपलब्ध गराउने घोषणा गरेका छन्।

लकडाउनमा भक्तपुरको बिहान (फोटो फिचर)

सरकारको कोरोना भाइरस नियन्त्रण गर्न घोषणा गरेको लकडाउनको आज छैठौं दिन। मानिसहरुले लकडाउनको पालना गरेपनि विहान बेलुका भने दैनिक उपभोग्य सामानको किनमेल गर्न भने घर बाहिर निस्केको देख्न सकिन्छ।

लकडाउन उल्लंघन गर्ने चर्चका दुई पाष्टर पक्राउ

कोरोना भाइरस रोकथामका लागि सरकारले लगाएको ‘लकडाउन’ उलंघन गर्ने चर्चका दुई जना पाष्टरलाई प्रहरीले शनिबार पक्राउ गरेको छ। लगडाउनका क्रममा अनुयायीहरुलाई भेला गरेर प्रार्थना गरिरहेका पाष्टरहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो।

पानीको महसुल छुट

रोल्पा सहरी खानेपानी उपभोक्ता तथा सरसफाई समितिले चैत महिनाको महसुल नलिने घोषणा गरेको छ। समितिका अनुसार कोरोना महामारी संक्रमणको रोकथामका लागि सरकारले लकडाउन गरेको अवस्थामा उपभोक्ताको सहुलियतका लागि यस्तो निर्णय गरिएको हो।

जसले पुर्‍याइदिए विपन्नका घरघरमै चामलका बोरा

कुनै राजनीतिक नेता कार्यकर्ता होइनन् उनी। राजनीति प्रति त्यति मोह पनि छैन। तर, आपत्विद्तका बेला जनताको घरदैलो पुगेर सहयोग गर्न दौडादौड हुन्छ उनलाई। ७ वर्षअघि चपलिहाइट र लुट चलचित्रमा नायकको भूमिका निर्वाह गरेका राज घिमिरे अहिले आफ्नो कारलाई जनताको राहत सामग्री बोक्ने साधन बनाएका छन्। कारको बाहिरपट्टी माइक झुन्डाएका छन्।

लकडाउन प्रभावित विपन्नलाई दाल चमल सहयोग

भक्तपुरका एक समाजसेवीले लकडाउनको समयमा दैनिक कमाई गरी खानुपर्ने समस्या भइरहेका परिवारलाई दाल चमल सहयोग सुरु गरेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं २ वस्ने समाजसेवी विष्णुराज कार्कीले प्रति परिवार १० किलो चामल र एक किलो दाल निःशुल्क सहयोग गरेका हुन्।

रौतहटमा लकडाउनकै अवधिमा एक किशोरी बलात्कृत

रौतहटमा लकडाउनको अवधिमै एक किशोरीमाथि बलात्कार भएको छ। लकडाउनमा सर्वसाधारणको ध्यान कोरोना भाइरसको सन्त्रासले त्रसित भइरहेको बेलामा एक किशोरीमाथि बलात्कारको घटना सार्वजनिक भएको हो।

तरकारी कुहियो ग्राहक महँगोमा किन्न बाध्य

आज देश लकडाउन भएको पाँचौ दिन। सडक सुनसान छ नागरिक आफ्नो घर कोठामा छन्। सडकमा अत्यावश्यक बाहेकका सवारी साधन गुडेका छैनन्। आवश्यकता, पीडा र आभावका बीच जनताले सरकारलाई सहयोग गरेका छन्।

वडाध्यक्षद्वारा खाद्यान्न सहयोग

कोभिड–१९ लाई दृष्टिगत गरी सरकारले गरेको लकडाउनले गर्दा खाद्यान्नको अभाव व्यहोर्नु परेको दाङको नाका क्षेत्रका जनतालाई खाद्यान्न सहयोग गरिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्