खोटाङमा लकडाउन अवज्ञा गर्ने पक्राउ
जिल्लमा ‘लकडाउन’ पालना नगर्ने २३ जना पक्राउ परेका छन्। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिनका लागि सरकारले लागू गरेको ‘लकडाउन’को अवज्ञा गर्ने स्थानीयलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्लमा ‘लकडाउन’ पालना नगर्ने २३ जना पक्राउ परेका छन्। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिनका लागि सरकारले लागू गरेको ‘लकडाउन’को अवज्ञा गर्ने स्थानीयलाई प्रहरीले पक्राउ गरेको हो।
सरकारले अत्यावश्यक खाद्यपदार्थको उपलब्धताको सुनिश्चितता गरेको र मूल्यवृद्धिमा नियन्त्रण गर्ने बताए पनि बजारमा तरकारीको मूल्य अस्वाभाविक रुपमा बढेको छ। नोवेल कोरेना भाइरस (कोभिड–१९) लाई नियन्त्रण गर्न गरिएको लक डाउनको असर तरकारी तथा फलफूलमा परेको हो।
लकडाउनका समयमा सप्तरीको राजविराज नगरपालिकाले राजरङ्गशालामा आजदेखि खुला तरकारी हटिया सञ्चालन गर्दैछ।
वर्षायाममा लगातार वर्षा हुँदा प्रदूषणको मात्रा जसरी ह्वातै घट्छ, अहिले त्यस्तै स्थिति काठमाडौं उपत्यकामा छ।
सकारात्मक सोच्ने, हँसाउने चलचित्र हेर्ने, आफन्तसँग टेलिफोनमा कुराकानी गर्ने, स्वस्थकर खाना खाने, धेरै नखाने, चिल्लो बढी नखाने, घरभित्र व्यायाम, योग, भ-याङमा हिँडडुल गरेर सम्भावित स्वास्थ्य जोखिमबाट बच्न चिकित्सहरुले सुझाएका छन्।
अर्को व्यक्तिको सीधा नजिक जाँदा मुखबाट निस्कने थुकको छिटाबाट कोरोना भाइरस सर्न सक्ने भएकाले आपसमा एल आकारमा एक मिटरको दूरी राख्न चिकित्सकले सुझाएका छन्।
सरकारले कोरोना भाइरस फैलिन नदिन लकडाउन गरेको छ। तर दैनिक उपभोग्य बस्तु किनमेल गर्नु पर्ने नै हुन्छ। दिउँसो लकडाउन भए पनि साँझ विहान सामान किन्न सर्वसाधारण बाहिर निस्किएको देखिन्छ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘लकडाउन’का कारण काम गर्न नपाउँदा बिहान बेलुकी छाक टार्न समस्या भएका कामदारलाई खाद्यान्न सहयोग गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि सरकारले गरेको ‘लकडाउन’का कारण दैनिक ज्याला मजदुरीको काम गर्न नपाउँदा बिहान–बेलुकीको छाक टार्नै नसक्ने अवस्थामा पुगेका मजदुरलाई नगरपालिकाले खाद्यान्न सहायोग गरेको हो।
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण नेपाल सरकारले मङ्गलबार बिहान ६ बजेदेखि गरेको लकडाउनका कारण चौथो दिन पनि भक्तपुरका सडकहरु सुनसान देखिएका छन्। सामान्य दिनहरुमा अत्यन्तै व्यस्त र सवारीको चाप हुने भक्तपुरका गल्लीहरु यतिबेला सुनसान भएका छन्। मानिसहरु घरभित्रै बसेर आफ्ना घरायसी काममा व्यस्त भएका देखिन्छन्।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न गत चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि १८ गतेसम्मका लागि नेपाल सरकारले मुलुकभर लकडाउन घोषणा गर्यो। लकडाउन घोषणासँगै भारतीय सीमाबाट सर्वसाधारणको ओहोरदोहोर एवं सवारी साधन आवतजावतमा पूर्ण रुपले प्रतिबन्ध लाग्यो।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोखिम नियन्त्रणका लागि नेपाल सरकारले ‘लकडाउन’ गरेसँगै मानिसहरू घरभित्रै बसेका छन्। अधिकाशं मानिसको फुर्सदिला समय भएर पट्यारलाग्दो भएको छ, भने कतिपयले युट्युबलगायत सामाजिक सञ्जालमा सिनेमा हेर्दै समय बिताईरहेका छन्। समय कटाउन सहज होस् भनि हामीले केही नेपाली सिनेमा सिफारिस गरेका छौं ।
नेपाली कांग्रेस खोटाङले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्नका लागि घरबाहिर निस्कन आफैलाई निषेध गर्न आग्रह गरेको छ। कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै रोग सरेपछि उपचार गर्नुभन्दा रोग सर्न नदिनु नै सबैभन्दा उत्तम उपाय भएकाले ‘लकडाउन’को अवधिमा घरबाहिर निस्कने कामलाई निषेध गर्न आग्रह गरेका हुन्।
राष्ट्रिय युवा संघ खोटाङले ‘लकडाउन’को मर्मलाई पालना गर्न आग्रह गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि नेपाल सरकारले लागू गरेको ‘लकडाउन’लाई कतिपयले गम्भीरताकासाथ नलिएको देखिएकाले आफ्नै स्वास्थ्यको सवालमा हेलचक्र्याँई नगर्न राष्ट्रिय युवा संघले आग्रह गरेको हो।
कोरोना भाइरसबाट बच्न जारी गरिएको लकडाउनमा काठमाडौँ का सडकको अवस्था बुझ्न शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर स्थलगत अवलोकनमा निस्केका छन्।
कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनको अवधिमा नुवाकोटमा खाद्यान्न सामग्री र खाना पकाउने ग्यास पर्याप्त देखिएको छ।