लकडाउनमा ‘भर्चुअल नाटक महोत्सव’
कोरोना भाइरस संक्रमण रोकथामको लागि सरकारले लकडाउन गरिरहेको अवस्थामा विश्व रंगमञ्च दिवसको अवसर पारेर ‘भर्चुअल रंगमञ्च महोत्सव’ हुने भएको छ।
कोरोना भाइरस संक्रमण रोकथामको लागि सरकारले लकडाउन गरिरहेको अवस्थामा विश्व रंगमञ्च दिवसको अवसर पारेर ‘भर्चुअल रंगमञ्च महोत्सव’ हुने भएको छ।
कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेको तेस्रो दिन काठमाडौँ उपत्यका सुनसान देखिएको छ।
कोरोना भाईरसको त्रासले मुलुक ‘लकडाउन’ हुनुअघि नै नेपाल भित्रिसकेका विदेशी यहाँका विभिन्न पदमार्गमा पदयात्रामा थिए।
सोलुखुम्वुको लुक्लामा अलपत्र परेका पर्यटकलाई काठमाडौं ल्याइएको छ। १६ जना पर्यटकलाई तारा एयर मार्फत काठमाडौं ल्याइएको हो।
कोरोना त्रासका बेला स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई० अभाव उच्च छ । यहीबेला झापा मेचीनगरका युवा सागर शिवाकोटीले व्यक्तिगत मिहेनतमा पीपीइ सेटको ‘फेस शिल्ड’ बनाएका छन् ।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि विभिन्न स्थानमा पर्यटकहरु अलपत्र परेका छन्। मुस्ताङमा रहेका ७० पर्यटकलाई पोखरा ल्याउने प्रयास थालिएको छ। टानका अध्यक्ष हरि भुजेका अनुसार उनीहरुलाई पोखरा ल्याउन लागिएको छ।
यतिबेला संसार मानौं बिश्वयुद्धमा होमिएको छ ! संसारभरीलाई कोरोना नामको भाईरसले एउटा चुनौती दिएको छ कयौं शक्तिसाली राष्ट्रहरु आज यसको चपेटाबाट मुक्ति पाउन सकिरहेका छैनन्। विश्व अर्थतन्त्रनै धरापको स्थिती सामना गरिरहेको छ।
देशभर गरिएको लक डाउनका कारण ताप्लेजुङबाट प्रकाशित पत्रपत्रिकाको प्रकाशन बन्द भएको छ। यहाँबाट प्रकाशित एकमात्र दैनिक पत्रिका उज्यालो पोष्ट र फक्ताङ्लुङ दर्पण साप्ताहिकको प्रकाशन बन्द गरिएको सम्बन्धित संस्थाका प्रकाशकहरुले जनाएका छन्।
कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले लकडाउनको अवधिमा अपराधिक क्रियाकलाप हुने सम्भावनातर्फ सचेत रहन आग्रह गरेको छ। समितिको बुधबार बसेको बैठकले लअडाउनको अवधिमा विभिन्न अपराधिक घटना घट्न सक्ने सम्भावनातर्फ सचेत रहन सर्वसाधारण एबं सुरक्षा निकायलाई आग्रह गरेको छ।
यहाँ पुगेपछि सरकारले लकडाउन गरेछ। कही जानै सकिएन।' उनले भने, ‘ होटेलले पनि बस्न दिँदैनन्। पुलिसले हिड्दा पनि गाली गर्छ। दुई दिनदेखि खाना पनि खाएका छैनौं। साँझबाट त पानी पनि पाइदैन।’
लकडाउनको दोस्रो दिन। तनहुँका बजार क्षेत्र सुनसान देखिएका छन्। राजमार्गमा खाद्यन्न बोकेका सवारी र एम्बुलेन्सबाहेक गुडेका छैनन्।
लकडाउनका बेला चौबीसै घण्टा सेवा पुर्याउन झापामा छ अत्याधुनिक सुविधासहित एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन्।
सरकारले कोरोना नियन्त्रणको लागि गरेको लकडाउनको दोस्रो दिन राजधानी काठमाडौं सुनसान देखियो। मंगलबार विहान ६ बजेदेखि सुरु भएको लकडाउन एक हप्तासम्म रहने छ। हिजोको तुलनामा आज मानिस सडकमा कमै निस्किएका थिए। हेर्नुहोस् लकडाउनको क्रममा दिपेश श्रेष्ठले खिचेका तस्बिर :
विश्व स्वास्थ्य संगठनले संयुक्तराज्य अमेरिका विश्वकै लागि कोरोना भाइरसको नयाँ मुख्य केन्द्र (इपिसेन्टर) हुन सक्ने मंगलबार चेतावनी दिएको छ।
लकडाउनको अवज्ञा गर्दै कन्टेनरमा लुकीछिपी आउँदै गरेका ५२ जनालाई गएराति वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको छ।