२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

फुर्सदमा हेर्नुस् १० नेपाली सिनेमा

काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोखिम नियन्त्रणका लागि नेपाल सरकारले ‘लकडाउन’ गरेसँगै मानिसहरू घरभित्रै बसेका छन्। लामो समय घरभित्रै बस्दा पट्यारलाग्दो पनि हुन्छ। मानिसले समय विताउन विभिन्न तरिका प्रयोग गरेका छन्। कतिपयले युट्युबलगायत सामाजिक सञ्जालमा सिनेमा हेर्दै समय बिताईरहेका छन्। समय कटाउन सहज होस् भनि हामीले केही नेपाली सिनेमा सिफारिस गरेका छौं । 

नुमाफुङ
सिनेमा ‘नुमाफुङ’ एउटा मौलिक सिनेमा हो। ‘नुमाफुङ’ले सुदूरपूर्वी पहाडी जिल्लाका रैथाने लिम्बू जातिको संस्कृतिलाई प्रस्तुत गरको छ। नेपाली सिनेमा उद्योगमा मौलिक कथा र शैली बोकेर भित्रिएको सिनेमाको रुपमा पनि चिनिन्छ। नविन सुब्बाद्धारा निर्देशीत ‘नुमाफुङ’लाई विदेशी मञ्चमा उपस्थितिका हिसाबले  माइलस्टोन मानिन्छ। नुमाफुङले विभिन्न अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर विदेशी दर्शकलाई नेपाली सिनेमाको स्वाद चखाएको थियो।  

कागबेनी

राजेश हमाल र निखिल उप्रतीको फिक्सन फाइट हेरेर दिक्क भएका दर्शकलाई सिनेमा ‘कागबेनी’ ले दर्शकलाई फरक स्वाद चाख्न दियो। कागबेनीको कथा नेपाली मुस्ताङको परिवेशमा  छ। त्यहाँको स्याउको खेती, सो खेतीलाई हुरिबतासजस्तो प्रकोपले पारेको प्रभाव, त्यसबाट ब्रान्डी बनाइएको प्रसङ्ग, तोरन्लो चाड आदिको पेरिफेरिमा कथा बुनिएको छ। यसकारण पनि घटनाक्रम, समय र परिवेशको बनोटले यो कथा मौलिक नै लाग्दछ। निर्देशक भूषण दाहालले निर्देशन गरेको सिनेमा अभिनेताद्धय  सौगात मल्ल, निमा रुम्बा र अभिनेत्री दिया मास्केको मुख्य भूमिका छ।  

झोला
आख्यानकार कृष्ण धरावासीको चर्चित कथा ‘झोला’मा आधारित सिनेमा हो,‘झोला’। सिनेमाले राणाकालीन अवस्थामा नेपाली समाजमा श्रीमानभन्दा ४० वर्ष कान्छी केटीसँग बिहे गर्ने र श्रीमानको मृत्युपछि सँगसँगै सती जानुपर्ने बाध्यात्मक अवस्थालाई चित्रण गरको छ। यादवकुमार भट्टराई निर्देशन गरेको सिनेमामा अभिनेत्री गरिमा पन्त, सुजल नेपाल, दीपक क्षेत्री आदि कलाकाहरुको अभिनय देख्न सकिन्छ। ‘झाला’ले राष्ट्रिय तथ अन्तराष्ट्रिय अन्र्तराष्ट्रिय आवर्ड जित्न सफल भएको छ।

टलकजंग भर्सेस टुल्के

सिनेमा ‘लुट’ निर्देशन गरेका निर्देशक निश्चल बस्नेतले निर्देशन गरेको  दोस्रो सिनेमा हो, ‘टलकजंग भर्सेस टुल्के’। सिनेमामा टलकजंग र टुल्के नामले चिनिने एक पात्रको वरिपरी सिनेमाको कथा घुमेको छ। सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, ऋचा शर्मा, शुशांक मैनाली, रबिन्द्र सिंह बानियाँ, प्रकाश घिमीरे, बुद्धि तामाङ लगायतका कलाकारहरुको मुख्य भूमिका छ। 

साँघुरो 

यौन मनोविज्ञानमा आधारित रहेर बनेको सिनेमा ‘साँघुरो’ले नेपाली समाजमा घटिरहेको यथार्थ घटनालाई समेटिएर निर्माण भएको छ। सिनेमाले नेपाली सुकुम्बासी बस्तीका थुप्रै पाटालाई पनि केलाएको छ। जोयस पाण्डेको निर्देशन गरको सिनेमामा शुशांक मैनाली, दिया मास्के, दयाहाङ राई, वुद्धि तामाङ, अरुण कार्की लागायतको मुख्य भूमिका छ। समीर मैनालीले निर्माण गरेका यस चलचित्रको कथा विनोद पौडेलले लेखेका हुन्। सिनेमाले विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आवार्ड तथा सम्मान हात पार्न सफल भएको छ। 

कथा
भनिन्छ प्रेममा चुपचाप धेरै कुराहरु हुन सक्छन्। प्रेमको पयार्य र पर्खाइलाई पीडा हो भन्ने प्रेमको पर्याय नै पीडा हुन सक्ने धेरैको बुझाई छ। यो कुरासँग मिल्दो जिल्दो सिनेमा ‘कथा’ मा भेट्न सकिन्छ। प्रशान्त रसाइलीले निर्देशन तयार भएको सिनेमामा अभिनेता सौगात मल्ल र अभिनेत्री उषा रजक मुख्य भूमिका छ। सिनेमाको पर्दामा वियोगान्तको प्रेमकथालाई गजब्बले प्रस्तुत गरेका छन्। सिनेमालाई शैलेन्द्रध्वज कार्कीले खिचेका हुन्। 

पशुपति प्रसाद’ 

दीपेन्द्र के. खनालद्धारा निर्देशित फिल्म पशुपति प्रसाद पाली सामाजिक कथानक चलचित्र हो। टुकी आर्टसले निर्माण गरेको चलचित्रले एउटा पारिवारिक कथा वस्तुलाई उठान गरेको छ।  चलचित्रको पटकथा खगेन्द्र लामिछाने  लखेका हुन्। चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा शिवाकोटी, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुशिल पाण्डे लगायत कलाकारहरुको मुख्य भूमिका छ। 
सामाजिक कथानक चलचित्र भएकोले धेरै दर्शकहरुको रोजाईमा पर्याे। यस चलचित्रले राम्रो सफलता पनि हात पर्याे। उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट कलाकार साथै यस चलचित्रले राष्ट्रिय चलचित्र अवार्ड पनि हात पार्न सफल भयो।

कबड्डी 
मुस्ताङको थाकाली समुदायका मौलिक परम्पराले उत्पन्न गरेको समस्यामा केन्द्रित बनेको सिनेमा हो, ‘कबड्डी’। यसको भूगोल र कथा भिन्न लाग्छ। मुस्ताङको थकाली परम्परामा अल्झिएको तीन युवाको प्रेम–त्रिकोणात्मक कथा कबड्डीमा। रामाबाबु गुरुङले निर्देशन गरको सिनेमामा दया राई, रिश्मा गुरुङ, निश्चल बस्नेत, विजय बराल र बुद्धि तामाङको मुख्य भूमिका छ। यो सिनेमालाई नेपाली कमेडी लाइनमा पनि फरक र अब्बल ठहरियो। 

जात्रा 
प्रदीप भट्टराईको निर्देशनमा बनेको सिनेमा सहरमा विभिन्न पेसा गरेर जीवन गुजरा गरिरहेका निम्नमध्यम वर्गीय मानिसको कथा बोल्छ। नेपाली समाजमा कुनै व्यक्तिको हैसियतले इज्जत निर्माणमा पैसाको भूमिका कसरी स्थापना भइरहको छ भन्ने कुरालाई मज्जाले प्रस्तुत गरेको छ। सिनेमामा विपिन कार्की, रवीन्द्र झा, रवीन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे र वर्षा राउत अभिनीत मुख्य भुमिका छ। सिनेमामा विपिन कार्कीको अभिनयले स्मरणीय बनाईदिएको छ। 

बधशाला

माओवादी सशस्त्र द्वन्द्वमा सेनाको जुन गणले बधशालाको उपमा पायो, त्यही भैरवनाथ गणको कथामा अधारित सिनेमा हो, बधशाला। मनोज पण्डितले निर्देशन गरको सिनेमामा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई र खगेन्द्र लामिछाने अभिनय देख्न सकिन्छ। 

प्रकाशित: १४ चैत्र २०७६ ०९:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App