विश्वभर महामारीको रूपमा फैलिएको (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि नेपाल सरकारले ‘लकडाउन’ गरेसँगै मानिसहरू घरभित्रै बस्न बाध्य भएका छन्। मानिसहरूलाई लामो समय घरभित्रै बस्दा पट्यारलाग्दो मात्रै बनेको छैन्, कोरोनाको त्रास पनि कम भएको छैन्। मानिसले समय विताउन विभिन्न तरिका अपनाइरेहका छन्। कतिपयले युट्युबलगायत सामाजिक सञ्जालमा सिनेमा हेर्दै पुस्तक पढ्दै समय बिताईरहेका छन्। चिकित्सा मानवशस्त्री तथा चलचित्र निर्देशक डा.सचिन घिमिरेका अनुसार सिनेमा शैक्षिक मनोरञ्जनको प्रभावकारी माध्यम हो। मानिसलाई सिनेमा मनोरञ्जसंगै शिक्षा सजिलो माध्यम भएकोले समय सान्दर्भिक सिनेमा हेर्न सुझाउछन् उनी।
यसअघि पनि विश्वमा मानवीय संटकहरु आएका थिए। मानिसहरुलाई त्यस्ता संकटहरुसँग संघर्ष गरेर जीवन बाँचेका थिए, घिमिरे भन्छन्, त्यसैले सिनेमाको पात्रहरुले गरेको संघर्षलाई देखेर पनि मानिसल जीवनमा आशा र भरोसा पलाउँछ, जीवनलाई आत्मविश्वास बढ्छ।’
विश्वमा अहिले आम नागरिकलाई यो परिस्थितिलाई चिरेरर कसरी अघि बढ्ने भन्ने नै प्रमुख चुनौती बनेको छ।
घिमिरे भन्छन्– ‘समाजमा अविश्वास बढ्छ। त्यसले झनै खतराहरु पैदा गर्छ। त्यसैले पनि सिनेमाले समाज संकट आइलागेको बेलामा मानवीय चेतनाले संघर्ष गरेर यसरी चाँहि अघि बढ्नु पर्ने रहेछ भन्ने कुरा सिनेमाका पात्रहरुले गरेको संघर्षहरु हेरेर सिकाउँछ।’
उनी थप्छन्– ‘हामीले सिनेमा जगतका महान सिनेमा मात्रै हेर्नु पर्छ भन्ने होइन्। समयसान्दर्भिक सन्देश प्रवाह गर्ने सिनेमा हेर्यो भने भने अझ अहिलेको परिस्थितिसँग जुध्न आत्मविश्वास बढाउँछ।
डा. घिमिरेले सिफारिस गरेको विश्वमा यस्ता मानवीय संकटमाथि निर्माण भएका यी सिनेमाको सूची उनकै शब्दमा :
द एन्ड्रोडा स्ट्रेन (१९७१ टेक्नो थ्रिलर साइन्स फिक्सन)
अमेरिकन निर्देशक रोवर्ट वाइजले निर्देशन गरेको यस चलचित्रमा अमेरिकाको एरीजोनामा खतरनाक सुक्ष्म जीवको फैलावटको कारण आएको मानवीय संकटलाई चित्रण गरिएको छ। माइकल क्रिकटनले सन् १९६९ मा लेखेको उपन्यासमा द एन्ड्रोमेडा स्ट्रेन आधारित यस चलचित्रमा जनमानसमा मृत्युदर वढ्दै गए पछि त्यसको कारण थाहा पाउनको लागि वैज्ञानिकहरुले गरेको संघर्षको कथा देखाइएको छ।
आउटव्रेक (१९९५ थ्रिलर एक्सन)
जर्मनी निर्देशक उल्फग्यागँ पिटरसनले निर्देशन गरेको यो सिनेमा रिचार्ड प्रिस्टन्सको गैर आख्यानात्मक पुस्तकमा आधारित छ। सिनेमामा अमेरिकी सेनाका चिकित्सकहरूले क्यालिफोर्निया राज्यमा अफ्रीकन बाँदरबाट आएको रोगलाई रोकथाम गर्न वैज्ञानिकहरूले गरेको सँघर्षको कथा वुनिएको छ। भाइरस फैलन नदिन राजनितिक दलहरुले शहर नै ध्वस्त गर्ने सम्मको निर्णय लिएका थिए। त्यो बेलाको अवस्थालाई सिनेमाका अभिनेता स्याम डेनियलले त्यसको विकल्प निकाल्न गरेको सँघर्षलाई चिवन्त प्रस्तुत गरेका छन्।
२८ डेज लेटर (२००२ , ड्रामा, हरर र साइन्स फिक्सन)
यो सिनेमालाई वेलायती निर्देशक ड्यानी वोयलले निर्देशन गरेका हुन्। सिनेमामा शहरमा एक संकास्पद भाइरस फैलिएको चार हप्ता पछि बाँचेका व्यक्तिहरुले सुखद भविष्य खोज्न गरेको संघर्षको कथा देखाइएको छ। पशु अधिकारवादीहरूले प्रयोगशालामा अनुसन्धान भइरहेको चिम्पाञ्जीलाई छुटकारा दिने प्रयास गर्दा २८ दिनपछि वेलायतमा भाइरस फैलिएर आम जनजीवन नै तहसनहस भएको हुन्छ। त्यतिबेलाको अवस्थालाई सिनेमामा देखाईएको छ।
क्वारेन्टाइन (२००८, हरर थ्रिलर)
अमेरिकन निर्देशक जोन इरिक डाउड्ले निर्देशन गरेको यो सिनेमामा अमेरिकाको रोग नियन्त्रण तथा रोकथा इकाइले लगाएको क्वारेन्टाइनमा टेलिभिजन पत्रकार तथा क्यामेरा पर्सन थुनिएको कथा देखाइएको छ। एउटा खतरनाक भाइरसलाई आम जनमानसमा फैलिन नदिने प्रयास गर्दा केहि निर्दाेष मानिसहरु कुनै पुरानो भवनमा थुनिन पुग्छन्, उनीहरुलाई आफू थुनिएको कारण थाहा हुदैन्। ल्यावमा राखिएको खरायोको कारण मानिसमा संक्रमण भएपछि आउने डरलाग्दो अवस्थालाई सिनेमाले चित्रण गरेको छ। यस सिनेमालाई उत्कृष्ट सिनेमाको रुपमा नमानिए पनि यसले विश्वको तत्कालिन परिवेशको जटिलतालाई वुझ्न मद्दत गर्छ।
ब्लाइन्ड्नेस (२००८ थ्रिलर ड्रामा)
ब्राजिलियन निर्देशक फर्न्यान्डो मेरिलेसले निर्देशन गरेको यो सिनेमा एक प्रकारको सेतो रोगको महामारीले मानिसहरुलाई दृष्टिविहिन बनाएको कथामा आधारित छ। यो सिनेमा दृष्टिविहिनहरुले भोगेको जीवनका कथा हो। यस सिनेमालाई पोर्चुगलका लेखक जोससारामागोले सन् १९९५ मा दृष्टीविहीनताको महामारीमा पिल्सिरहेको समाजको ‘व्लायन्डनेस’ नै नाम गरेको उपन्यासबाट लिइएको हो। सन् १९९८ मा लेखक सारा मागोले साहित्यको लागि नोवल पुरस्कार समेत प्राप्त गरेका थिए।
बर्ड वक्स (२०१८ , थ्रिलर फिल्म)
यो अर्को महत्वपूर्ण सिनेमा हो। डेनिस सिनेमा निर्देशक सुजान वाएरले निर्देशनमा बनेको सिनेमामा । समाजमा कुनै रहस्यात्मक शक्तिले आक्रमण गर्दछ, तव मानिसहरुले हेर्ने वा देख्ने वित्तिकै मर्ने सम्भावना हुन्छ। सिनेमाका पात्रहरुले वाँच्नको लागि मानिसले जुन रहस्यात्मक शक्तिसँग डराइरहेको हुन्छ, त्यो शक्तिसँग अडिग रहन गर्नु परेको संघर्ष देखाईको छ। उक्त रहस्यात्मक शक्तिबाट बच्नको लागि उनीहरुले आफ्नो आँखा पट्टी बाँधेर यात्रा पूरा गर्छन्। मुलतः यो सिनेमाले जिन्दगीमा बाँच्ने आशाको किरण खोज्न एक महिला र उनले आफ्ना सन्तानको लागि गरेको संघर्षको कथा भन्छ।
क्यारियर्स (२००९ , हरर थ्रिलर)
स्पेनिस दाजुभाई निर्देशक डेभिड पाष्टोर र एलेक्स पाष्टोरले निर्देशन गरेको यो निसेमामा जव खतरनाक भाइरस यो संसारमा फैलिन्छ। चार जना साथीहरु मिलेर भाइरस नभएको संसारको खोजी गर्दछन्। जव भाइरसको कारण मानव समाजको अस्तीत्वको सँकटमा पर्छ। ती चार जनाले भाइरसको महामारीबाट उम्कनको लागि नयाँ यात्रा गर्छन्। अनि उनीहरुको सँघर्ष सुरु हुन्छ। लामो यात्रा पछि यो सिनेमाका पात्रहरुलाई आफूसँग भएको अज्ञानता नदेखिने शुक्ष्म जीव भन्दा धेरै ज्ञान खतरनाक हुन्छ भन्ने महशुस गराउँछ। अहिलेको परिस्थितिसँग निकै सान्र्दभिक लाग्छ यो सिनेमा ।
क्न्ट्याजीयन (२०११)
ओस्कर विजेता अमेरिकी निर्देशक स्टेफन सोडवर्गले निर्देशन गरेको यो सिनेमामा एक व्यक्तिबाट अर्को व्यक्तिसँग तीव्र रुपमा भाइरस फैलिदैं गएपछि सम्बन्धित सरोकार वालाहरुले आ–आफ्नो ठाउँबाट देखाएको सक्रियताको बारेमा देखाइएको छ। अष्ट्रेलियाको जंगलमा एक १९ वर्षीय ठिटोको विभिन्न पक्षहरुसँग भएको साक्षत्कारपछि उसको अमेरिका फर्कदा जाहाजमा नै मृत्यु हुनपुग्छ। अमेरिकाको सरुवा रोग नियन्त्रण गर्ने इकाइले उक्त जाहाजमा आएका सवै मानिसलाई क्वारेन्टाइनमा राख्दछन्। तर एक जना व्यक्ति क्वारेन्टाइन बाट उम्किएर एयरपोर्ट बाहिर जान सफल हुन्छ। एक व्यक्तिको लापरवाहीको कारण समाजले कति क्षति बेहोर्नु पर्छ भन्ने कुरा कथा यस चलचित्रमा देखाइएको छ। नयाँ कोरोना भाइरसको संक्रमण दर तीव्र हुँदै गएपछि सर्वाधिक रुपमा यस चलचित्रलाई संसारका आम नागरिकले हरेको देखिन्छ ।
बल्र्डवार जेड (२०१३ , एक्सन हरर)
जर्मनीमा जन्मिएका स्वीस निर्देशक मार्क फोर्स्टरले निर्देशन गरेको यो सिनेमा ‘वल्र्डवार जेड’ नै नाम गरेको उपन्यासमा आधारित छ। जसलाई म्याक्स वु्रक्सले लेखेका थिए। यस सिनेमा ‘सोलानम’ नाम गरेको एक काल्पनिक भाइरसको कल्पना गरिएको छ, जसको संक्रमणमा पर्ने वित्तिकै एक पटक मरेर फेरि मानव संसारमा आउने गैर मानवीय अस्तीत्व अर्थात जोम्वीको आक्रमणबाट मानिसहरुले वच्न गरिएको संघर्ष देखाइएको छ।
इट कम्स एट नाइट (२०१७, हरर मिस्ट्री)
अमेरिकन निर्देशक ट्रे एडवार्ड सल्टस्ले निर्देशन गरेको यो सिनेमामा डर वा त्रासले मानिसलाई कसरी छिन्नभिन्न बनाउँछ भन्ने परिस्थितिलाई प्रस्तुत गरेको छ। परिवारको एक सदस्यलाई रोगको संक्रमण बढ्दै गएपछि पारिवारिक सम्बन्धहरुमा सिर्जना हुन्छ। जटिल परिस्थितिहरुमा कुनै पनि सम्वन्धहरुलाई स्वीकार गर्ने वा अस्वीकार गर्ने भन्ने मानसिक अन्तरद्धन्द यो सिनेमामा देखाइएको छ। यो सिनेमाले मानविय अस्तीत्वलाई कसरी एउटा रोगले भन्दा पनि बढी त्रास, अविश्वास, शंका जस्ता मनोवैज्ञानिक पाटोहरुले चकनाचुर वनाउन सक्छ भन्ने पाटोको उजागर गरेको छ।
फ्लु (२०१३)
कोरियन निर्देशक किम सुँग सुले निर्देशन गरेको यो सिनेमामा प्रत्येक ३६ घण्टामा एउटा मानिस नयाँ भाइसरको कारण मृत्युवरण गरेको देखाइएको छ। कोरियाको राजधानी सउलभन्दा २० किलोमिटर परको एउटा शहरमा कुनै एक भाइरसको कारण अस्तव्यस्त भएको समाजको कथालाई चित्रण गरिएको छ। एक चिकित्सकले समाजलाई नयाँ रोगबाट वचाउन सँघर्ष गरेको यस कथामा जव रोग बल्झिँदै जान्छ कसरी एउटा देशले अर्को देशका मानिसलाई समेत रोग उत्पत्तिको कारणको दोष देखाउँछन् भन्ने पाटोलाई केलाएको छ।
प्यानडेमिक (२०१६, एक्सन हरर)
अमेरिकन निर्देशक जोन सुइट्सले निर्देशन गरेका यस चलचित्रमा भाइरसबाट असंक्रमितहरुलाई बचाउन एक चिकित्सकले गरेको संघर्षको कथा छ। जव भाइरसले आक्रमण गर्दछ, यस चलचित्रले देखाएको परिवेशमा असंक्रमित भन्दा संक्रमीतहरुको संख्या बढ्दै जान्छ। मानवले समाजले वाँच्ने आशा गुमाउँदै गएको वेलामा पनि असंक्रमितहरुलाई बचाउने र संक्रमितहरुको पहिचान गर्दै थप संक्रमण फैलिनबाट जोगाएको कथालाई यो सिनेमाले प्रस्तुत गर्छ।
प्रकाशित: २१ चैत्र २०७६ ०७:४१ शुक्रबार