२६ वैशाख २०८१ बुधबार
image/svg+xml

६ वाणिज्य बैंकको प्रतिफल निक्षेपको ब्याजभन्दा थोरै

आर्थिक वर्ष २०७७/७८ को कमाइबाट १० प्रतिशतभन्दा थोरै लाभांश वितरण गर्ने घोषणा गरेका वाणिज्य बैंकहरूमा सिभिल, नेपाल एसबिआई, सेञ्चुरी कमर्सियल, कुमारी, सनराइज र एनसिसी हुन्।

हिमालयन बैंकको ७३ औं शाखा टीकापुरमा

हिमालयन बैंकले कैलालीको टीकापुर शाखाबाट कारोबार सुरु गरेको छ। बैंकले आफ्नो ७३औं शाखा उद्घाटन गरी सो शाखाबाट कारोबार सुरु गरेको हो।

मुर्कुटीमा सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दाङको बंगलाचुली गाउँपालिका मुर्कुटीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।

कुमारीपाटीमा सानिमा बैंकको प्रायोरिटी काउन्टर

सानिमा बैंक लिमिटेडले विशिष्ट ग्राहकलाई लक्ष्य गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर ललितपुरको कुमारीपाटीमा पनि विस्तार गरेको छ।

पुरानै सिइओ नियुक्ति गर्न खोजिएपछि कोषका कर्मचारी आन्दोलित

अर्थ मन्त्रालयले पुनः नियुक्तिको तयारी गर्न खोजेका मिश्रसँग वित्तीय प्रणाली, अर्थतन्त्र र सरकारको कार्यप्रणाली तथा सामान्य व्यवस्थापकीय ज्ञान समेत नरहेको कर्मचारीले बताए।

बैंकमा तरलता अभाव कायमै

बैंकरहरूका अनुसार कोरोना महामारीका कारण करिब एक वर्षसम्म लगानी हुन नसकेको कर्जा अहिले आएर माग हुने क्रम निकै बढेको छ।

मुक्तिनाथ क्यापिटलको साधारणसभा

मुक्तिनाथ क्यापिटलको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। क्यापिटलका सञ्चालक समितिका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा सभा सम्पन्न भएको हो।

क्षेत्रपाटीमा लक्ष्मी बैंक

लक्ष्मी बैंकले काठमाडौं महानगरपालिकाको वडा नम्बर १७ क्षेत्रपाटीमा १३३औं शाखा खोलेको छ। यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ।

सिभिल बैंकको दुई नयाँ निक्षेप योजना

सिभिल बैंक लिमिटेडले ‘सर्वाधिक ब्याजदर’ उपलब्ध गराउन सुपर प्रिमियम बचत खाता र खुत्रुके खाता सञ्चानमा ल्याएको जनाएको छ।

वाणिज्य बैंकको निक्षेप र कर्जा वृद्धि जारी

केही महिनादेखि नै निक्षेप संकलन र कर्जा लगानी वृद्धि गरिरहेका बेला वाणिज्य बैंकहरूले निषेधाज्ञामा पनि सोही क्रमलाई जारी राखेका छन्।

निक्षेपको तुलनामा कर्जा लगानीमा निरन्तर वृद्धि

बैंकिङ प्रणालीमा तरलता थुप्रनु भनेको अर्थतन्त्रमा थप असर पर्नु हो। जति धेरै लगानी गर्न सक्यो, त्यति नै बढी उत्पादन र रोजगारी वृद्धि हुन्छ। अर्थविदहरूले कोरोना महामारीका कारण लामो समयसम्म तरलता थुप्रिए अर्थतन्त्र संकटमा पर्ने अनुमान गरेको बेला बैंकहरूले कर्जा लगानीलाई जोड दिएका हुन्।

बढ्न थाल्यो निक्षेपको ब्याज

दिनप्रतिदिन कर्जा लगानी बढ्दै गएपछि यतिखेर बैैंकिङ च्यालनमा करिब ४० अर्ब रूपैयाँ छ। जबकि दुई महिनाअघिसम्म बैंकिङ च्यानलमा करिब दुई सय अर्ब रूपैयाँसम्म तरलता थियो। संघका अनुसार पछिल्लो एक सातामा १० अर्ब रूपैयाँ थपिँदा कुल निक्षेप ३८ खर्ब ५० अर्ब रूपैयाँ पुगेको छ।

राष्ट्र बैंकले तीन अर्ब ४५ करोड मुद्दती निक्षेपमा राख्ने

नेपाल राष्ट्र बैंकले रु तीन अर्ब ४५ करोड बराबरको रकम मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ। बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको जानकारी दिँदै केन्द्रीय बैंकले तोकिएको शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गरेको छ।

लगानी गर्न नसकेपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाए

वाणिज्य बैंकहरूले संकलन भएको निक्षेपलाई लगानी गर्न नसकेपछि निक्षेपकर्तालाई दिने ब्याजदर कटौती गर्न थालेका छन्।

एक सातामा ११ अर्बले घट्यो निक्षेप

साउन १६ सम्म २७ वाणिज्य बैंकहरूसँग ३४ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप थियो। साउन २३ मा सबै बैंकहरूमा निक्षेप घटेर ३४ खर्ब ७६ अर्ब रूपैयाँ कायम भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्