१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

बैंकको निक्षेप बढ्दै कर्जा घट्दै, साउनबाट निक्षेपको ब्याजदर घट्ने

कोभिड–१९ को संक्रमणका कारण सरकारले लकडाउन (बन्दाबन्दी) को घोषणा गरेको आज ९८ औं दिन हो। लकडाउनका कारण मुलुकका बैक वित्तीय संस्थामा निक्षेप संकलन बढ्दै गएको छ भने कर्जाको माग घट्दै गएपछि बैकहरुले नयाँ रणनिती अपनाउने भएका छन्।

लकडाउनमा बाणिज्य बैंकको निक्षेप ८७ अर्ब बढ्यो

कोभिड–१९ को संक्रमण रोक्न लकडाउनको घोषणा गरेपछि मुलुकका बैंक वित्तीय संस्थामा निक्षेप बढ्दै गएको छ। लकडाउनका कारण कर्जा प्रवाह खुम्चीदै गएकावेला रेमिट्यान्स र ऋण असुलीमार्फत बैंक वित्तीय संस्थामा निक्षेप थुप्रिदै गएको सम्वन्धित बैंक वित्तीय संस्थाले बताएका छन्।

बैंकले ब्याजदर घटाए

मुलुकका वाणिज्य बैँकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । डेढ वर्षअघिको भद्र सहमति पुनरावलोकन गरी मुद्दती, बचत लगायत कल डिपोजिटको ब्याजदर घटाएको नेपाल बैँकर्स संघले जनाएको छ।

सुन निक्षेपका रुपमा बैंकमा राख्न पाइने

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा निक्षेपका रुपमा सुन राख्न पाउने व्यवस्था गरेको छ।

अधिकांश बैँकको नाफा सामान्य बढ्यो

आर्थिक वर्ष ०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका केही बैँकहरुको नाफा सामान्य बढेको छ।

११ दिनमा २६ अर्ब रुपैयाँ निक्षेप संकलन

मुलुकमा सञ्चालनमा रहेका ‘क’ वर्गका वाणिज्य बैंकहरुले ११ दिनमा करिब २६ अर्ब रुपैयाँ सर्वसाधारणको निक्षेप संकलन गरेका छन्। २७ वटा बैंकले चालु आर्थिक वर्ष ०७६/०७७ को पुष ११ गतेसम्म उक्त निक्षेप संकलन गरेका हुन्।

वाणिज्य बैंकद्वारा साढे २९ अर्ब निक्षेप संकलन

चालु आर्थिक वर्ष ०७६/७७ को चार महिनाको अवधिमा वाणिज्य बंैकहरुले २९ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।

लगानी कोषको ७५ करोड जोखिममा

सर्वसाधारणलाई बचतमा प्रोत्साहन गरी लगानीका अवसर सिर्जना गर्ने उद्देश्यले स्थापना भएको नागरिक लगानी कोषको ७४ करोड निक्षेप जोखिममा परेको छ।

इन्भेस्टमेन्ट बैंकद्वारा विशेष प्रस्ताव

जेबिल्स फाइनान्सको प्राप्तिपछि बैंकको कुल निक्षेप एक सय ४७ अर्ब रुपैयाँ र कुल कर्जा एक सय ३२ अर्ब रहने जनाइएको छ।

दक्षिण एशियाकै सुदृढ बैंकिङ प्रणाली नेपालमा रहेको अर्थमन्त्रीको दाबी

अर्थमन्त्री डा. युवराज खतिवडाले दक्षिण एशीयामा सबैभन्दा सुदृढ बैंकिङ प्रणाली नेपालमा रहेको दाबी गरेका छन्।

निक्षेप आकर्षण गर्न सुनचाँदी उपहार दिन नपाइने

बैंक तथा वित्रीय संस्थाले उपहार दिएर निक्षेप आकर्षण गर्न थालेपछि राष्ट्र बैंकले नयाँ व्यवस्था लागू गर्न निर्देशन दिएको हो। बैंक तथा वित्तीय संस्थाले लगानीयोग्ग्य पुँजी अभावका कारण ठूला परियोजनामा कर्जा प्रवाह गर्न नसक्दा समस्या आएको छ।

‘ऋणको ब्याज तत्काल घट्दैन’

निक्षेपमा केही सुधार आए पनि लामो समय लगानीयोग्य रकमको अभावको खडेरी परेकाले तत्कालै कर्जाको ब्याजदर घट्ने सम्भावना त म देख्दिनँ।

सिद्धार्थ बैंकको चार नयाँ शाखा

सिद्घार्थ बैंकले सोमबार मोरङको कञ्चनबारी, रूपन्देहीको अमरपथ, झापाको राजमार्ग चोक र काठमाडौंको कपनमा शाखा खोलेको छ। बैंकले ती शाखाबाट सम्बद्ध क्षेत्रमा सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा पु-याउने जनाएको छ।

सिटिजन्स बैंक १३ वर्षमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाह्र वर्ष पूरा गरी तेह्रौं वर्षमा प्रवेश गरेको सुखद अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ। यस बैंकले आर्थिक वर्ष ०७५/७६ को तेस्रो त्रैमाससम्ममा ६८ अर्ब ६८ करोड निक्षेप संकलन गरी ६३ अर्ब ५९ करोड कर्जा प्रवाह गरको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्