२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

लकडाउनमा बाणिज्य बैंकको निक्षेप ८७ अर्ब बढ्यो

कोभिड–१९ को संक्रमण रोक्न लकडाउनको घोषणा गरेपछि मुलुकका बैंक वित्तीय संस्थामा निक्षेप बढ्दै गएको छ।  लकडाउनका कारण कर्जा प्रवाह खुम्चीदै गएकावेला रेमिट्यान्स र ऋण असुलीमार्फत बैंक वित्तीय संस्थामा निक्षेप थुप्रिदै गएको सम्वन्धित बैंक वित्तीय संस्थाले बताएका छन्।  

वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघका अनुसार चालु आबको जेठ मसान्तसम्म मुलुकका वाणिज्य बैंकमा करिब ३२ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। उक्त रकम चालु आवको चैत मसान्तको तुलनामा करिब ८७ अर्ब रुपैयाँले बढी हो।  

संघका अनुसार गत चैत मसान्तसम्म ३१ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा वैशाख मसान्तसम्म ३२ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए।  

हाल मुलुकभरी २७ वाणिज्य बैंक सञ्चालनमा छन् भने यी बैंकले दुई महिनाको अवधीमा कर्जा लगानी करिब २९ अर्ब रुपैयाँले घटेको छ। तर, कर्जा चुक्ता र निक्षेप संकलन गरी वाणिज्य बैंकले करिबर एक सय १६ अर्ब रुपैयाँ संकलन गरेका छन्।  

संघका अनुसार बैंकको निक्षेपमा भएको वृद्धि र कर्जा लगानी खुम्चीदै गएकाले बैंकहरुको सिसिडी रेसियो पनि तल झरेको छ। केही महिनाअघि ७९ प्रतिशत रहेको सिसिडी रेसियो हाल ७४ प्रतिशतमा झरेको हो।  

 

 

 

प्रकाशित: ५ असार २०७७ ०७:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App