८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

वाणिज्य बैंकद्वारा साढे २९ अर्ब निक्षेप संकलन

काठमाडाैं – चालु आर्थिक वर्ष ०७६/७७ को चार महिनाको अवधिमा वाणिज्य बंैकहरुले २९ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।

विभिन्न २८ वटा वाणिज्य बैंकहरुले मुद्दती, चल्ती, बचत र कल खातामा उक्त रकम संकलन गरेका वाणिज्य बैंकद्वारा साढे २९ अर्ब निक्षेप संकलनहरुको छाता संगठन नेपाल बैंकर्स एसोसियसनले जनाएको छ।

सो अवधीमा सबैभन्दा बढी मुद्दती खाता (फिक्स्ड डिपोजिट)मा १४ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। गत वर्षको कात्तिकसम्म मुद्दती खातामा ११ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन थियो।

बचत र चल्ती खाता भन्दा आकर्षक ब्याज पाउँने भएकाले मुद्दती खातामा बढी रकम जम्मा भएको बैंकहरुले जनाएका छन्।

एसोसियसनका अनुसार चालु आवको चार महिनाको अवधीमा वाणिज्य बैंकहरुको कूल निक्षेपमा ५४.२ प्रतिशत रकम मुद्दती खातामा रहेको छ। गत आवको सोही अवधीमा कूल निक्षेपको मुद्दती खातामा ५२.४० प्रतिशत रकम संकलन भएको थियो।

मुद्दती खातामा सबैभन्दा कम स्टान्डर्ड चार्टर्ड बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। सबैभन्दा बढी एनआइसी एसिया बैंकले मुद्दती खातामा ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ।

त्यसैगरी, सोही अवधीमा बचत खातामा कुल ९ खर्ब ३१ अर्ब रुपैयाँ संकलन भएको छ। गत वर्षको सोही अवधीमा बचत खातामा ८ खर्ब ३३ अर्ब रुपैयाँ थियो।

एसोशिएसन अनुसार बचत खातामा सबैभन्दा कम सिभिल बैंकले १० अर्ब ७४ करोड रुपैयाँ संकलन गरेको छ। त्यसैगरी, सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकको बचत खातामा ९४ अर्ब रुपैयाँ संकलन भएको छ।

त्यसैगरी, चल्ती खातामा कुल दुई खर्ब ४५ अर्ब रुपैयाँ संकलन भएको छ। जसमध्ये चल्ती खातामा सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकले ४५ अर्ब रुपैयाँ संकलन गरेको जनाएको छ।

चालु आवको चार महिनाको अवधीमा वाणिज्य बैंकहरुमा तीन खर्ब ५३ अर्ब रुपैयाँ कल डिपोजिटका रुपमा निक्षेप संकलन भएको छ।

प्रकाशित: १६ पुस २०७६ ०४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App