७ वैशाख २०८१ शुक्रबार
अर्थ

निक्षेप संकलन बढ्यो

काठमाडाैँ - चालु आर्थिक वर्ष ०७६/७७ को फागुन १५ गतेसम्म वाणिज्य बैंकहरुले कर्जा लगानीको तुलनामा निक्षेप संकलन बढाएका छन्। सो अवधिमा २७ वाणिज्य बैंकले करिब ३० खर्ब ६८ अर्ब रुपैयाँ सर्वसाधारणको निक्षेप संकलन गरेका हुन्। उक्तनिक्षेप संकलन रकमचालु आवको माघ मसान्तको तुलनामाकरिब २४ अर्ब रुपैयाँले बढी हो।

चालु आवमा निर्माण, घरजग्गा लगायत क्षेत्रमा कर्जाको माग कम भएकाले निक्षेप संकलनको तुलनाामा कर्जा कम वितरण भएको सम्बन्धित बैंकहरुले जनाएका छन् । नेपालराष्ट्र बैंकका अनुसार पुस मसान्तमा ३० खर्ब ६० अर्ब पुगेकामा माघ लागेपछि निक्षेप घटेर ३० खर्ब ३६ अर्ब रुपैयाँमा झरेको थियो। नागरिक लगानीकोष, कर्मचारी सञ्चयकोष, बिमा कम्पनी लगायतका संस्थापक निक्षेपकर्ताले १० प्रतिशतभन्दा बढी ब्याजको ऋणपत्र खरिद गरेकाले सो अवधिमा निक्षेप संकलन घटेको सम्बन्धित व्यवसायीले जनाएका छन्।

माघ १०पहिलो सातादेखि वाणिज्य बैंकको निक्षेपमा सुधार आई सोही महिनाको तेस्रो सातासम्म निक्षेप संकलन करिब ३० खर्ब ४९ अर्ब रुपैयाँ पुगेको थियो। त्यसपछि सोही महिनाको अन्तिम साता निक्षेप संकलनकरिब ३० खर्ब ६६ अर्ब रुपैयाँ पुगेको थियो। त्यसैगरी, राष्ट्र बैंकका अनुसार चालु आवको फागुन मसान्तसम्म यी बैंकहरुले २७खर्ब ५९ अर्ब रुपैयाँकर्जा लगानी गरेका छन्। चालु आवको पुस मसान्तसम्म करिब २७ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकामा माघ पहिलो साता उक्त रकम करिब २७ खर्ब १५ अर्ब रुपैयाँमा सीमित रहेको थियो।

त्यसपछि कर्जा विस्तारमा वृद्धि हुँदै गएको राष्ट्र बैकले जनाएको छ। कर्जा विस्तार वृद्धि भएपनि फागुन तेस्रो सातामा करिब ६ अर्ब रुपैयाँकर्जा बढेको छ। हालसम्म यी बैैंकले २७खर्ब  ५९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ। नियमानुसार बैंकहरुले सर्वसाधारणसँग एक सय रुपैयाँमा निक्षेप संकलन गरी ८० रुपैयाँमा कर्जा लगानी गर्न पाउने व्यवस्था रहेपनि राष्ट्र बैंकले गत आवदेखि यस्तो नियमको गणना विधि परिवर्तन गरी बाटो खुकुलो बनाएको थियो। नयाँ व्यवस्था अनुसार वाणिज्य बैंकहरुले कूल निक्षेपको ८० प्रतिशत रकम लगानी गर्न पाउने व्यवस्था लागू भएको थियो। राष्ट्र बैंकका अनुसार चालु आवको फागुन तेस्रो सातासम्म वाणिज्य बैंकले आवधिककर्जा १५.०८, ओभरड्राफ्ट ५.०४, आयातकर्जा २.४, चालू पुँजीकर्जा १०.०१, रियल स्टेट कर्जा आठप्रतिशत, हायर पर्चेज १.१प्रतिशत कर्जा प्रवाह गरेका छन्।

प्रकाशित: २ चैत्र २०७६ ०३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App