७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

कुमारीपाटीमा सानिमा बैंकको प्रायोरिटी काउन्टर

सानिमा बैंक लिमिटेडले विशिष्ट ग्राहकलाई लक्ष्य गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर ललितपुरको कुमारीपाटीमा पनि विस्तार गरेको छ।

आफ्ना प्रायोरिटी ग्राहकको सेवा र सुविधालाई ध्यानमा राख्दै  अझै गुणस्तरीय सेवा एकैस्थानबाट प्रदान गर्न विशिष्टीकृत प्रायोरिटी काउन्टर थप गरिएको बैंकले जनाएको छ। यस प्रायोरिटी लाउन्जबाट विशिष्ट ग्राहकलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्त गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

कुमारीपाटीस्थित प्रायोरिटी काउन्टरको उद्घाटन बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईं र प्रायोरिटी ग्राहक,श्यामकाजी अवालेले गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ६ मंसिर २०७८ ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App