२३ आश्विन २०८१ बुधबार
image/svg+xml

पुनर्कर्जा आधाभन्दा बढी पर्यटनमा

राष्ट्र बैंकका अनुसार ४ महिनामा ४ अर्ब ९५ करोड रूपैयाँ पुनर्कर्जा पर्यटन क्षेत्रमा गएको छ। यो यस अवधिमा प्रवाह भएको कर्जाको ५५.०६ प्रतिशत हो।

विद्यार्थी सम्मानित

नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तहमा सर्वोत्कृष्ट स्थान हासिल गरी नेपाल बैंक लिमिटेड सरदार गुञ्जमानसिंह स्वर्ण पदक प्राप्त गर्न सफल विद्यार्थी रामप्रसाद खरेललाई सम्मान गरेको छ।

ट्राफिक लाइट हस्तान्तरण

ज्योति विकास बैंकले काठमाडौं महानगरपालिका, वडा नम्बर १, महेन्द्र शालिक चोक कमलादीमा निर्माण गरेको ट्राफिक लाइट ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ।

विद्युत् आपूर्ति सुधार्न सबस्टेसन निर्माण एक वर्षभित्र सक्ने लक्ष्य

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्न पहल सुरु गरेको छ।

सिद्धार्थ बैंकको आर्थिक सहयोग

बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले मारवाडी सेवा समितिका महासचिव प्रमोद अग्रवाललाई रकम हस्तान्तरण गरेका हुन्।

मुक्तिनाथ बैंक १६औं वर्षमा

मुक्तिनाथ विकास बैंक १६औं वर्षमा प्रवेश गरेको छ। सो अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकै साथ ३२ वटा शाखा उद्घाटन गरेको छ।

ग्लोबल आइएमई बैंक १६ औं वर्षमा प्रवेश

ग्लोबल आइएमई बैंक १६ वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीलाई सम्मान गरेको छ।

मोबाइल बैंकिङ प्रयोगकर्ता डेढ करोड बढी

राष्ट्र बैंकका अनुसार यतिखेर वाणिज्य र विकास बैंक तथा लघुवित्तमा खाता खोल्नेको संख्या तीन करोड ९४ लाख १३ हजार पाँच सय हाराहारी छन्। यी ग्राहकमध्ये एक करोड ५१ लाख ५३ हजार चार सयले मोबाइल बैंकिङ सेवा लिएकाले यो कुल खातासँग तुलना गर्दा ३८.४४ प्रतिशत हो।

नेप्से ६० बिन्दुले बढ्यो

साताको सुरुमा सेयर बजारमा लगानीकर्ताको चासो बढेको देखिएको छ। सेयर खरिदमा लगानीकर्ताको चाप बढेपछि आइतबार सेयर बजारको सूचक नेप्से ६०.४१ बिन्दुले बढेको छ। योसँगै नेप्से २५८४.९१ बिन्दुमा पुगेको छ।

प्रदेश स्तरीय अन्तर बैंक ब्याडमिन्टन: सेन्चुरी बैंकलाई उपाधि

प्रदेश स्तरीय अन्तर बैंक ब्याडमिन्टन प्रतियोगिताको उपाधि सेन्चुरी कमर्सियल बैंक विराटनगरले जितेको छ।

६ वाणिज्य बैंकको प्रतिफल निक्षेपको ब्याजभन्दा थोरै

आर्थिक वर्ष २०७७/७८ को कमाइबाट १० प्रतिशतभन्दा थोरै लाभांश वितरण गर्ने घोषणा गरेका वाणिज्य बैंकहरूमा सिभिल, नेपाल एसबिआई, सेञ्चुरी कमर्सियल, कुमारी, सनराइज र एनसिसी हुन्।

सिद्धार्थ बैंक नेसनल पेमेन्ट स्विचमा आबद्ध

सिद्धार्थ बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनसिएचएलले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्विचको पहिलो चरणको सम्झौता भएको छ ।

हिमालय दृश्य होटेलमा एनएमबीका ग्राहकलाई छुट

एनएमबी बैंक र धुलिखेलस्थित हिमालय दृश्य होटेलबीच सम्झौता भएको छ। सम्झौताअनुसार बैंकका ग्राहकले उक्त होटलको खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुट पाउनेछन्।

मेलम्ची खानेपानी आयोजना अझै अन्योलमै

मेलम्ची खानेपानी आयोजना बाढीपहिरोले क्षतिग्रस्त भएको ६ महिना बित्यो। क्षतिग्रस्त आयोजनाको काम कुन ढाँचा र कुन निकायले गर्ने अहिलेसम्म सुरसार गरेको देखिँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्