७ वैशाख २०८१ शुक्रबार
अर्थ

ग्लोबल आइएमई बैंक १६ औं वर्षमा प्रवेश

ग्लोबल आइएमई बैंक १६ वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीलाई सम्मान गरेको छ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई १५ वर्षे कोशेढुंगा पार गरेकोमा सम्मान गरे। यसका साथै अध्यक्ष ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीलाई सम्मान गरेको बैंकले जनाएको छ।

ढकालले स्थापनाको १५ वर्षमा १८ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा एक्विजिसनमार्फत आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको बताएका छन्। हाल बैंकको ३३.७५ अर्ब रूपैयाँ सेयरधनी कोष, २७४ अर्ब रूपैयाँ निक्षेप संकलन र २६९ अर्ब रूपैयाँ कर्जा लगानी रहेको छ।

त्यस्तै, बैंकले ७६ जिल्लामा रहेका आफ्ना दुई सय ८७ शाखा, दुई सय ६३ शाखारहित बैंकिङ सेवा, दुई सय ५२ एटिएम, ४८ एक्सटेन्सन काउन्टर र तीनवटा वैदेशिक सम्पर्क कार्यालय मार्फत सेवा दिइरहेको छ।

प्रकाशित: १९ पुस २०७८ ०२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App