रसुवागढी भन्सार कार्यलयका १४ कर्मचारी सम्पर्कबिहीन
रसुवामा आएको भिषण बाढीका कारण रसुवागढी भन्सार कार्यलयबाट १४ जना कर्मचारीहरु बेपत्ता भएका छन्।
रसुवामा आएको भिषण बाढीका कारण रसुवागढी भन्सार कार्यलयबाट १४ जना कर्मचारीहरु बेपत्ता भएका छन्।
नदी आसपास नजान, सुरक्षित स्थानमा रहन र महाशाखाले पठाउने एसएमएसअनुसार आवश्यक कदम चाल्न भनिएको छ। आगामी आधादेखि १ घण्टामा कालीखोलाको बाढी अवस्थाबारे पुनः जानकारी पठाइने महाशाखाले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ वटा हेलिकोप्टर परिचालन गरिएको छ।
बाढीका कारण रसुवागढी भन्सारमा जाँचपासका लागि राखिएका करिब ५०० वटा नयाँ गाडीहरू बगाएको अनुमान गरिएको छ।
रसुवामा आएको बाढीबाट जोखिम बढेपछि सशस्त्र प्रहरी बल नेपालले उद्धार तथा राहतका लागि जनशक्ति र स्वास्थ्य सेवा तयारी अवस्थामा राखेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको जनधनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार, राहत र मानवीय सेवामा एकजुट भइ परिचालन हुन आग्रह गरेका छन्।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले रसुवागढीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिको समीक्षा, आपत्कालीन उद्धार तथा राहत कार्यलाई तीव्रता दिनेबारे छलफल भएको छ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नारायणघाट क्षेत्र आसपास त्रिशूली नदी किनारका बस्ती तथा बजार क्षेत्रमा खाली गर्न प्रहरीले अनुरोध गरेको छ।
राष्ट्रिय ट्रमा सेन्टरका सात जना चिकित्सक रसुवाको बाढी प्रभावित क्षेत्रमा गएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा ठूलो बाढी आएपछि त्रिशूली नदीको बहाव बढेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
नेपाली सेनाका अनुसार रसुवाका विभिन्न स्थानबाट बाढीमा फसेका तथा प्रभावित १२ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
आँबुखैरेनी स्रष्टा समाजले कवि अनिल श्रेष्ठको ‘यो देशको सबैभन्दा ठूलो मुर्दाघर हो सिंहदरबार’ कवितासंग्रहकाे परिचर्चा गरेको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार बिहान ८:३७ बजे गएको भूकम्पको केन्द्र कोदारीबाट ७७ किलोमिटर उत्तर-उत्तरपश्चिममा रहेको थियो।