राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको जनधनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका छन्।
राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विपद्को यस घडीमा उद्धार र राहतलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आह्वान गर्दछु।”
साथै तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तक रहँदै आवश्यक समन्वय एवम् सहयोगमा जुट्न पनि उनले आग्रह गरेका छन्।
प्रकाशित: १० भाद्र २०८३ १३:०२ बुधबार





