भोटेकोशी नदीमा आएको बाढीबाट नेपाली सेनाले १२ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। सेनाका अनुसार स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जनाको उद्धार गरिएको हो। उद्धार गरिएका सबैलाई सुरक्षित स्थानमा लगिएको जनाइएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ वटा हेलिकोप्टर परिचालन गरिएको छ। जोखिममा रहेका तथा तत्काल उद्धार आवश्यक पर्ने व्यक्तिको खोजी र उद्धारलाई प्राथमिकता दिइएको सेनाले जनाएको छ।
यसैबीच, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको छ। बाढी प्रभावित तथा उद्धार गरिएका व्यक्तिलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन मेडिकल टोली परिचालन गरिएको हो।
प्रकाशित: १० भाद्र २०८३ १३:११ बुधबार



-600x400.jpg)
-600x400.jpg)
