रसुवाको बाढीपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिको समीक्षा, आपत्कालीन उद्धार तथा राहत कार्यलाई तीव्रता दिनेबारे छलफल भएको छ।
यसअघि प्रधानमन्त्री शाहले बाढीको अवस्थाबारे छलफल गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक पनि बोलाएका थिए। उक्त बैठकमा बाढीबाट अहिलेसम्म भएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको थियो।
प्रधानमन्त्री शाहले आगामी कदमबारे सरोकारवालालाई निर्देशन दिएका छन्। उनले बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका लागि आआफ्नो ठाउँबाट खटिन सबैलाई आग्रह गरेका छन्।
प्रकाशित: १० भाद्र २०८३ १२:५१ बुधबार



-600x400.jpg)
-600x400.jpg)
