१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

भूकम्प गएको केही समयमै भोटेकोशीमा बाढी

बुधबार बिहान नेपाल-चीन सीमामा ४.४ म्याग्निच्युडको भूकम्प गएको केही समयमै रसुवातर्फ तिब्बतबाट भोटेकोशी नदीमा ठुलो बाढी प्रवेश गरेको देखिएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार बिहान ८:३७ बजे गएको भूकम्पको केन्द्र कोदारीबाट ७७ किलोमिटर उत्तर-उत्तरपश्चिममा रहेको थियो। भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो। भूकम्प र त्यसपछि आएको बाढीबिच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि भने भएको छैन।

बिहान करिब ९ बजे नेपालतर्फ बाढी प्रवेश गरेको प्रारम्भिक विवरण छ।

बाढीले रसुवासहित त्रिशूली नदीको तटीय क्षेत्रका नुवाकोट, धादिङ, चितवन, गोरखालगायत पाँच जिल्लामा ठुलो भौतिक क्षति पुर्‍याएको छ। क्षतिको यकिन विवरण भने अहिलेसम्म बाहिर आएको छैन। विभिन्न स्थानमा बस्ती तथा पूर्वाधारमा ठुलो क्षति पुगेको प्रारम्भिक विवरण छ।

प्रकाशित: १० भाद्र २०८३ १२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App