१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

रसुवा बाढी : उद्धारका लागि सशस्त्र प्रहरीको तयारी

रसुवामा आएको बाढीबाट जोखिम बढेपछि सशस्त्र प्रहरी बल नेपालले उद्धार तथा राहतका लागि जनशक्ति र स्वास्थ्य सेवा तयारी अवस्थामा राखेको छ। 

नेपाल एपीएफ अस्पतालमा १ सय शय्या र आवश्यक स्वास्थ्यकर्मीसहितको टोली तयारी अवस्थामा राखिएको छ। बाढी तथा अन्य विपद्का कारण घाइते वा प्रभावित हुनेहरूको उपचारका लागि अस्पताललाई तयारी अवस्थामा राखिएको हो। 

त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्ट, कीर्तिपुरबाट तीन प्लाटुन सुरक्षाकर्मीलाई काठमाडौंस्थित विमानस्थलमा तयारी अवस्थामा राखिएको छ। 

सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार उपत्यका गणबाट ४५ जनाको उद्धार टोली नुवाकोटतर्फ पठाइएको छ। 

प्रकाशित: १० भाद्र २०८३ १३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App