२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हिमालय दृश्य होटेलमा एनएमबीका ग्राहकलाई छुट

एनएमबी बैंक र धुलिखेलस्थित हिमालय दृश्य होटेलबीच सम्झौता भएको छ। सम्झौताअनुसार बैंकका ग्राहकले उक्त होटलको खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुट पाउनेछन्।

सम्झौतामा बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एसोसिएट डाइरेक्टर सेल्स एन्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

अत्याधुनिक बैंकिङ सुविधा, विद्युतीय भुक्तानी अभिवृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले बैंकले छुटका लागि सहकार्य गरेको विज्ञप्तिमा उल्लेख छ।

आफ्ना सेवा वृद्धि गर्ने क्रममा यस्ता सुविधा प्रस्तुत गर्दै आइरहेको बैंकले हाल दुई सय एक शाखा, एक सय ३८ एटिएम र नौ  एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ।

प्रकाशित: १८ पुस २०७८ ०२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App