१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विद्यार्थी सम्मानित

नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तहमा सर्वोत्कृष्ट स्थान हासिल गरी नेपाल बैंक लिमिटेड सरदार गुञ्जमानसिंह स्वर्ण पदक प्राप्त गर्न सफल विद्यार्थी रामप्रसाद खरेललाई सम्मान गरेको छ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग कीर्तिपुरबाट स्नातकोत्तर तह उत्तीर्ण खरेललाई विश्वविद्यालयको ४७औं दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले नेपाल बैंक लिमिटेड सरदारगुञ्जमान सिंह स्वर्ण पदक प्रदान गरेका हुन्।

एक लाख रूपैयाँको अक्षयकोष स्थापना गरी सुरु भएको उक्त पदक त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा सर्वोत्कृष्ट हुनेलाई प्रत्येक वर्ष विश्वविद्यालयको दीक्षान्त समारोहको दिन प्रदान गरिँदै आएको छ।

प्रकाशित: २२ पुस २०७८ ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App