६ आश्विन २०८१ आइतबार
image/svg+xml

गैँडा गणना आज सकिने

पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट सुरु गरिएको गैँडा गणना आज सकिने भएको छ। पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा गणना थालिएको थियो।

बर्दियाबाट चिडियाखानामा ल्याइयो नरभक्षी बाघ (तस्बिरसहित)

बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिएको नरभक्षी बाघलाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ल्याइएको छ।

गैंडा गणनामा खटिएका निकुञ्ज कर्मचारीको बाघको आक्रमणबाट मृत्यु

बाघको आक्रमणबाट निकुञ्जका एक कर्मचारीको आइतबार मृत्यु भएको छ। गत बुधबारदेखि गैंडा गणनामा खटिएका ३१ वर्षीय पुलिसराम थारुको मृत्यु भएको प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए।

लाङटाङ निकुञ्जमा ४२ वर्षमा तीन लाख ४० हजार पर्यटक

निकुञ्ज स्थापना भएदेखि गत आर्थिक वर्ष (२०७६/७७) सम्ममा ३ लाख ४० हजार ६ सय ७६ विदेशी तथा सार्क राष्ट्रका पर्यटक निकुञ्ज आएको तथ्यांकमा उल्लेख छ। निकुञ्ज आउने पर्यटकमध्ये धेरैजसो जिल्लामा रहेका धार्मिक, प्राकृतिक र ऐतिहासिक सम्पदाको अध्ययन, अवलोकन तथा अनुसन्धानका लागि आउने गरेको पाइएको छ।

बाघ भागेपछि यात्रुमाथि बन्देज

मान्छे खाएर आतंकित बनाएको बाघ खोरबाट भागेपछि बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। बर्दियाको खाता जैविक मार्गबाट यही चैत ५ गते नियन्त्रणमा लिइएको उक्त बाघलाई डिभिजन वन कार्यालय बर्दियाले बाँके राष्ट्रिय निकुञ्जमा बुझाइएको थियो। निकुञ्जको खैरी पोस्ट क्षेत्रमा राखिएको खोरबाट मंगलबार बिहान ६ बजेतिर भागेपछि निकुञ्जअन्तर्गत पर्ने पूर्व–पश्चिम र रत्न राजमार्ग तथा मध्यवर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो।

बर्दियामा ‘मान्छे खाने बाघ’ बाँके निकुञ्जमा भाग्यो

फलामको खोर बनाएर नियन्त्रणमा राखिएको उक्त बाघ सोमबार बिहान खोर भत्काएर भागेको निकुञ्जका वार्डेन श्याकुमार शाहले जानकारी दिए । ‘बर्दियाबाट उक्त बाघ हामीहरुलाई नियन्त्रणमा राख्नका लागि भनेर जिम्मा दिईएको थियो,’ उनले भने ‘खोर बनाएर राखिएको पनि थियो, तर सोमबार बिहान ६ बजेतिर खोर भत्काएरै भाग्यो ।’

निकुञ्ज र मध्यवर्ती क्षेत्रका होटलको टेन्डर साउनमा

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलको टेन्डर प्रक्रिया अघि बढेको छ। निकुञ्जले आउँदो साउनमा टेन्डर निकाल्ने गरी प्रक्रिया अघि बढाएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २०७४/७५ मा नै टेन्डर गर्ने तयारी गरेको थियो।

निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटलहरूको आउँदो साउनमा टेन्डर हुने

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलको टेन्डर प्रक्रिया अघि बढेको छ। निकुञ्जले आउँदो साउनमा टेन्डर निकाल्ने गरी प्रक्रिया अघि बढाएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २०७४/७५ मा नै टेन्डर गर्ने तयारी गरेको थियो।

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला

चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा मृतावस्था फेला परेको छ। निकुञ्जको शहरी क्षेत्रमा पर्ने नारायणी नदीको कलकत्ता टापुमा करीब ३० वर्षीय भाले गैँडा मृत फेला परेको हो।

निकुञ्जमा शनिबारदेखि सातौं 'महाहन्ट अप्रेसन' सुरु

लाङटाङ राष्ट्रिय निकुञ्जले शनिबारदेखि महाहन्ट अप्रेसन सुरु गरेको छ । निकुञ्ज क्षेत्रभित्र हुने अवैध गतिविधि तथा चोरी सिकार रोक्नका लागि हरेक वर्ष विशेष अभियान सञ्चालन हुँदै आएको छ ।

बाँके निकुञ्ज क्षेत्रबाट समातिए थप तीन सिकारी

बाँके राष्ट्रिय निकुञ्जले एक थान भरुवा बन्दुकसहित थप ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिमाटी निवासी २६ वर्षीय खेमबहादुर थापा, २० वर्षका बीरबहादुर पुन र ३८ वर्षिय रमेश घर्ती रहेका छन्।

सडक छ, सवारी चल्दैनन्

सुर्खेतको वीरेन्द्रनगरदेखि बर्दियाको भुरिगाउँसम्म जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने भेरी नदीमा पुल नबन्दा सडक बनेपनि यातायातका साधन भने सञ्चालन हुँदैनन् ।

कसले कसको बाटो काट्यो ?

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको अमलेखगन्ज–पथलैया सडकखण्डमा लस्करै गाडी रोकिएका छन्। सबैभन्दा पछाडितिरको गाडीमा ‘सेभ टाइगर’ लेखिएको छ। त्यसकै छेउमा १० वर्षे पाटेबाघको मुखबाट रगत बगिरहेको छ।

गैँडा मरेपछि थपियो निकुञ्जमा चुनौती

झण्डै चार वर्षपछि तस्करले गैँडा मारेको अनुमानसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिएको छ। चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा पर्ने नवलपरासीको लौखानी नजिकै टापुमा भदौ २१ गते मृत गैँडा भेटियो।

लाङटाङ निकुञ्ज क्षेत्रमा सञ्चालित होटलको टेन्डर प्रक्रिया सुरु

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलको टेन्डर प्रक्रिया अघि बढेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्