१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निकुञ्जमा शनिबारदेखि सातौं 'महाहन्ट अप्रेसन' सुरु

तस्बिर सौजन्यः हिमालयन स्माइल ट्रेक

लाङटाङ राष्ट्रिय निकुञ्जले शनिबारदेखि महाहन्ट अप्रेसन सुरु गरेको छ । निकुञ्ज क्षेत्रभित्र हुने अवैध गतिविधि तथा चोरी सिकार रोक्नका लागि हरेक वर्ष विशेष अभियान सञ्चालन हुँदै आएको छ ।  

अघिल्लो वर्षहरूमा झै यो वर्ष पनि अभियान चार महिनासम्म सञ्चालन हुने छ । वनजन्य सामग्रीको अवैध ओसारपसार नियन्त्रण गरेर दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण गर्नका लागि अप्रेसन सुरु गरिएको प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताइन् ।  

‘हाम्रो यो सातौं अप्रेसन हो, उनले भनिन्, यस्ता अभियानले संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको छ ।’ चौथो अप्रेसनले २०७४ लाई रेडपाण्डाको शुन्य चोरी सिकार वर्ष घोषणा गर्न सफल भएको थियो ।  अप्रेसन निकुञ्जको तीन वटै जिल्लामा अभियान सञ्चालन हुने छ ।

निकुञ्जका अनुसार यसपटक सिन्धुपाल्चोक जिल्लाको कात्तिके, नुवाकोट जिल्लाको कसेरी र रसुवाको फलाखुमा थप अस्थायी पोष्ट स्थापना हुनेछन् । निकुञ्जमा सेनाको १४ वटा पोष्ट रहेको छ । अप्रेसनका लागि थप तीनवटा अस्थायी पोष्ट स्थापना गर्न लागिएको निकुञ्जका रेन्जर रमेश बस्नेतले बताए । अभियानमा आगलागी नियन्त्रण, अवैध क्रियाकलाप नियन्त्रण लगायतका कार्य गरिने निकुञ्जले जनाएको छ ।  

चार महिना सञ्चालन हुने अभियानमा एक महिना रिङ अप्रेसन गरिने छ भने बाँकी तीन महिना कोर अप्रेसन हुने छ । छैठौं महाहन्ट अप्रेसनमा २ सय पासो बरामद भएको थियो । ‘छैठौं महाहन्ट अप्रेसन फागुन १ गतेदेखि सञ्चालन गरेका थियौं’, उनले भनिन्, ‘लकडाउन अघिसम्म तीनवटा घटना मात्र भएका थिए बाँकी सबै लकडाउन पछि भएको थियो ।’

उनका अनुसार अभियान अवधिमा पासो वन्यजन्तु परेको भेटिएको थिएन । अभियानका कारण पासो राखेको स्थानमा गस्ती टोली समयमा नै पुगेका कारण वन्यजन्तुको क्षति हुन नपाएको हो । त्यसैगरी अवैध रूपमा काठ तथा दाउरा काट्ने भने बढेका थिए । निकुञ्जले तीनवटा जिल्लामा सञ्चालन गरेको छैठौं महाहन्ट अप्रेशनको क्रममा पासोको साथै खुकुरी, हसिँया ७ थान, गुलेली, आरा, बन्चरो र माछा मार्ने जाल बरामद गरेको थियो ।  

२०७६ फागुनदेखि २०७७ जेठ मसान्तसम्मको तथ्यांक हेर्दा बालुवा गिट्टी तस्करी, वन फडानी लगायतका घटना भएका थिए । निकुञ्ज क्षेत्र भित्र हुने अवैध गतिविधि तथा चोरी सिकार रोक्नका लागि विशेष अभियान सञ्चालन गरिँदै आएको छ । अपरेशन बेश स्थापनापश्चात स्थानीय जनताको नेपाली सेना प्रति सकारात्मक भावना जाग्रित भएको, वन्यजन्तु तथा जैविक विविधताको चोरी शिकारमा नियन्त्रण, खोलानालाबाट ढुंगा माटो ओसारपसार र माछा मार्ने कार्य नियन्त्रण भएको थियो ।  

वनजन्य सामग्रीको अवैध ओसारपसार नियन्त्रण गरेर दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण गर्नका लागि अप्रेसन सञ्चालन हुँदै आएको छ । २०३२ सालमा स्थापना भएको निकुञ्ज तीन जिल्लामा फैलिएको छ । जसमा रसुवाको ५७ प्रतिशत, सिन्धुपाल्चोकको ३६ प्रतिशत र नुवाकोटको ७ प्रतिशत भूभाग ओगटेको छ । निकुञ्जमा एक हजार भन्दा बढी वनस्पति, ४६ प्रकारका स्तनधारी जनावर, २ सय ५० भन्दा बढी पंक्षी, ११ प्रकारका सरिसृप, ३० प्रकारका माछा, १० प्रकारका माकुरा र ५८ प्रकारका पुतली पाइन्छन् । 

प्रकाशित: १ फाल्गुन २०७७ ०५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App