२४ वैशाख २०८१ सोमबार
image/svg+xml

डोटीमा जिप दुर्घटना हुँदा एकको मृत्यु

डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना सामान्य घाइते भएका छन्।

काठमाडौंबाट भारत जाँदै गरेको बस धादिङको गल्छीमा दुर्घटना, एकको मृत्यु

काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रुबाहक बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। १९ जना घाइते भएका छन्।

मकालु बेस क्याम्पमा एकको मृत्यु

सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एक जनाको मृत्यु भएको छ। मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर शुक्रबार मृत्यु भएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिएका छन।

डडेलधुरामा फैलियो पखालाः एकको मृत्यु, एक सय ४८ प्रभावित

डडेलधुराको पशुराम नगरपालिका–८ गुप्तगडा गाउँमा झन्डै एक हप्तादेखि फैलिएको पखालाले एक व्यक्तिको मृत्यु भएको छ । पखालाले सिकिस्त बिरामी भएकी गुप्तगडा गाउँकी १४ वर्षीया सङ्गीता धामीको उपचारका क्रममा मृत्यु भएको जोगबुढा अस्पतालले जनाएको छ।

झरना अवलोकन गर्ने क्रममा चिप्लिएर एकको मृत्यु

अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर आज एक जनाको मृत्यु भएको छ।

हेलिकोप्टर दुर्घटना अपडेट :एकको मृत्यु

सङ्खुवा सभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ।दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिएका छन।

ताप्लेजुङमा चट्याङ लागेर एकको मृत्यु

चट्याङ लागेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५८ बर्षिय श्रीप्रसाद कडरिया रहेका छन् । स्थानीय धर्मप्रसाद घिमिरेका अनुसार घरदेखि बाहिर निस्केर आँगनतर्फ जाने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको हो।

पाल्पाको तिनाउमा बस दुर्घटनामा एकको मृत्यु, ३८ घाइते

बुटवलदेखि बागलुङको बुर्तिबाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ। आज बिहान बुटवलदेखि बुर्तिबाङतर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै बिहान ९ बजे दुर्घटनामा परेको हो।

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

सिन्धुपाल्चोकको मेलम्चीबाट काभ्रेतर्फ जाँदै गरेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट घर भएका २२ वर्षका वासु बस्नेतको मृत्यु भएको छ।

मोरङमा दुई समूहबीच झडप: एकको मृत्यु, दुई जना घाइते

मोरङको बुढीगंगामा युवाहरुको दुई समूहबीच भएको झगडामा एक जना युवकको मृत्यु भएको छ। आइतबार राति मदिरा सेवन गरेका युवाहरुबीच झागडा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

चट्याङ लागेर एकको मृत्यु ३ जना घाइते

बैतडीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। डिलासैनी गाउँपालिका–५ खालीपाटाका २७ वर्षीय महेश लुहारको सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रयाक्टरबाट खसेर एकको मृत्यु

गौरीगङ्गा–४ राजिपुरबाट बालुवा गाडातर्फ गइरहेको से२त ७१ नंको ट्र्याक्टरबाट खसेर सोही ठाउँका १५ वर्षीय आशिष चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ट्रक दुर्घटनामा एकको मृत्यु, १० घाइते

दुर्घटनामा खाँदबारी नगरपालिका–८ पिप्लेका १८ वर्षीय सविन विक पनि घाइते भएका छन्। घाइतेमध्ये तीन जना सामान्य उपचारपछि घर फर्किएका छन्।

मालबाहक ट्रक खोलामा खस्दा एकको मृत्यु

मकवानपुरको भीमफेदीमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई घाइते भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्