११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

सरल मूल्यमा सुविधायुक्त रेनोल्ट काइगर

काइगर मोडलमा २ सय ५ एमएम ग्राउन्ड क्लियरेन्स रहेकाले नेपालको कुनै पनि सडक कन्डिसनलाई उपयुक्त हुने अटोमोबाइल कम्पनीका महाप्रबन्धक अधीर श्रेष्ठले बताए। २८ लाख ४९ हजार रुपैयाँ मूल्य पर्ने रेनोल्टको काइगर मोडल कम्प्याक्ट एस.यू.भी. सेगमेन्ट सबैभन्दा बढी सुविधासम्पन्न रहेको महाप्रबन्धक श्रेष्ठले जानकारी दिए।

रासस महाप्रबन्धक सिद्धराजलाई गृह जिल्लामा सम्मान

राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त महाप्रबन्धक सिद्धराज राईलाई उनको गृह जिल्ला धनकुटामा नेकपा एमाले जिल्ला कमिटी र प्रेस चौतारी जिल्ला शाखाले संयुक्त रुपमा सम्मान गरेको छ।

साझा प्रकाशनको महाप्रबन्धकमा प्रह्लाद पोखरेल नियुक्त

पूर्व प्रशासक, कवि तथा साहित्यकार श्री प्रह्लाद पोखरेल साझा प्रकाशनको महाप्रबन्धक पदमा नियुक्त भएका छन्।

महाप्रबन्धक भट्टराईले स्पष्टीकरण नदिने

सरकारले महाप्रबन्धक गुरूप्रसाद भट्टराईलाई सार्वजनिक निकायका पदाधिकारी नियुक्त सम्बन्धी मापदण्ड २०७७ को दफा ९ को खण्ड (घ) बमोजिम खराब आचारण वा इमानदारीपूर्वक पदीय जिम्मेवारी पूरा नगरेकाले पदबाट तपाईंलाई किन नहटाउने भनी स्पष्टीकरण सोधेको थियो। राजनीतिक विषयमा स्पष्टीकरण सोधेकाले आफूले जवाफ नदिने उनले बताए।

शीर्ष नेतालाई गाली गर्दै रेल्वे कम्पनीका महाप्रबन्धक

महाप्रबन्धक भट्टराईले फेसबुकमा लेखेका छन्, ‘म लाखौंको जागिर छोडेर ५० हजारको जागिर खान बाध्यताले आएको होला र ? त्यो बाध्यता मुलुक निर्माण र जनताको खुसहालीको निम्ति हो। मेरो आफ्नै व्यक्तिगत चाहना हैन।’

बंगलादेश क्यापिटल लिमिटेडको नायब महाप्रबन्धकमा महत

बैंकको सहायक कम्पनी रहेको नेपाल बंगलादेश क्यापिटल लिमिटेड नेपालको पुँजी बजारमा सेयर रजिस्ट्रार, लगानी व्यवस्थापन, सेयर निष्कासन तथा बिक्री प्रबन्धक, प्रत्याभूति तथा संस्थागत परामर्शदाताका रूपमा कार्य गर्ने प्रमुख उद्देश्यले सञ्चालित रहेको विज्ञप्तिमा उल्लेख छ।

जयनगर–जनकपुर रेल एक महिनाभित्रै चलाउने तयारी

नेपाल रेल्वे कम्पनीले गत असोज २ गते भारतको जयनगरदेखि जनकपुरसम्म रेल ल्याएर परीक्षण गरेको थियो। तर कोभिड–१९, प्राविधिक जनशक्ति अभाव र रेल सञ्चालनको लागि आवश्यक कानुन नभएको भन्दै त्यत्तिकै राखिएको छ। महाप्रबन्धक भट्टराई अहिले दुवै मुलुकमा कोभिड १९ को संक्रमणको दर घट्दै गएकाले पनि अबको एक महिनाभित्रै रेल सञ्चालनमा आउने दाबी गर्छन्।

रेल्वेको महाप्रबन्धकमा नियुक्तिलगत्तै विरोध

सरकारले सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति र मन नपरेका व्यक्तिलाई तल्लो तहमा ओर्लेर गाली गर्दै आएका इन्जिनियर गुरुप्रसाद भट्टराईलाई नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेसँगै चौतर्फी विरोध भएको छ । अर्थमन्त्री युवराज खतिवडाले रेल्वे कम्पनीको महाप्रबन्धकमा भट्टराईलाई दुई वर्षका लागि नियुक्ति गरेको जानकारी दिएका थिए ।

साझा प्रकाशनको महाप्रबन्धकमा गौतम नियुक्त

साझा प्रकाशनको महाप्रबन्धक पदमा झापा शिवसताक्षी–२ का होमप्रसाद गौतम नियुक्त भएका छन्। मंगलबार प्रशासन विभागका प्रमुख भेषराज घिमिरेले विज्ञप्ती जारी गर्दैै सो जानकारी दिएका हुन्। माघ ११ गते बसेको साझा प्रकाशन सञ्चालक समितिको बैठकले गौतमलाई महाप्रबन्धकको रुपमा नियुक्त गरेको हो।

जबर्जस्ती हटाउन खोजियो: महाप्रबन्धक सिटौला, उमेर हदकै कारण अवकाश:अध्यक्ष बस्नेत

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक् षनन्दकिशोर बस्नेतले गैरकानुनी रुपमा आफूलाई महाप्रबन्धक पदबाट हटाएको सुवास सिटौलाले आरोप लगाएका छन्।

लिम्बूलाई महाप्रबन्धक बनाउने तयारी

नेपाल वायुसेवा निगममा कुलबहादुर लिम्बूलाई महाप्रबन्धक बनाउने तयारी थालिएको छ। यसअघि पनि महाप्रबन्धक भइसकेका लिम्बूलाई प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा फेरि ल्याउने तयारी भएको स्रोतले बतायो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अनुसार लिम्बूलाई वरिष्ठ क्याप्टेनको रुपमा निगममा नियुक्ति गर्न लागिएको छ।

निवर्तमान महाप्रबन्धक पौडेलकाे नागरिक अभिनन्दन

उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेका निवर्तमान महाप्रबन्धक (जिएम) सुरेन्द्र पौडेललाई नागरिक अभिनन्दन गर्दै बिदाई गरिएको छ। उद्योग परिवार, त्रियुगा नगरपालिका, कर्मचारी, मजदुर कर्मचारी संघ–संगठन, स्थानीय संघ–संस्था र नागरिक समाजको संयुक्त आयोजनामा बृहत कार्यक्रमका साथ बुधबार दिउँसो पौडेललाई नागरिक अभिनन्दन गरिएको हो।

गोरखापत्रका महाप्रबन्धकबाट उपाध्यायलाई नहटाउन सर्वाेच्चकाे आदेश

सर्वाेच्च अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धकबाट बसन्तप्रकाश उपाध्यायलार्इ हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।

महाप्रबन्धकको राजीनामा माग्दै साझा पूर्व कर्मचारी आन्दोलनमा

साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा माग गर्दै पूर्व कर्मचारीहरु आन्दोलित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्