१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रासस महाप्रबन्धक सिद्धराजलाई गृह जिल्लामा सम्मान

राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त महाप्रबन्धक सिद्धराज राईलाई उनको गृह जिल्ला धनकुटामा नेकपा एमाले जिल्ला कमिटी र प्रेस चौतारी जिल्ला शाखाले संयुक्त रुपमा सम्मान गरेको छ। राईलाई एक समारोहका बीच एमाले जिल्ला अध्यक्ष तथा संघीय सांसद राजेन्द्रकुमार राई र चौतारी धनकुटाका अध्यक्ष सन्तोष रुचालले सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए।

सम्मान कार्यक्रममा प्रदेश सांसद, सात स्थानीय तहका प्रमुख, उप–प्रमुख, नेकपा एमाले धनकुटाका जिल्ला कमिटी सदस्य, पदाधिकारी, तथा प्रेस चौतारी निकट पत्रकारहरुले राईलाई बधाई ज्ञापन गरेका थिए। 

लामो समयदेखि पत्रकारिता पेशा रहेका प्रेस चौतारी धनकुटाका पूर्व अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य राईले गत असार १० गते पदभार ग्रहण गरेका थिए।

प्रकाशित: ३० श्रावण २०७८ ०५:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App