‘पर्याप्त तथ्यांकको अभावमा विपद् व्यवस्थापन असहज’
अपांगता भएका व्यक्तिको यथेष्ट तथ्यांक नहुँदा विपद् व्यवस्थापनमा समस्या भएको सरोकारवालाले बताएका छन्।
अपांगता भएका व्यक्तिको यथेष्ट तथ्यांक नहुँदा विपद् व्यवस्थापनमा समस्या भएको सरोकारवालाले बताएका छन्।
विपद्का बेला अपांगता नभएका मानिस सहजै सुरक्षित स्थानसम्म पुग्न सक्छन्। उनीहरुका लागि मानव निर्मित संरचना बाधक बन्दैन। तर अपांगता भएकाका लागि विपद् कहालीलाग्दो हुने गरेको छ। किनकी अपांगता नभएका मान्छे दौडिएर सुरक्षित स्थानमा पुगिसक्दा अपांगता भएका व्यक्ति भने जहिँको तही हुने गर्छन। किनकी यहाँ मानव निर्मित संरचना अपांगतामैत्री छैनन्।
राष्ट्रियसभाले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन गर्न संकल्प गरेको छ।
पोखराका सार्वजनिक यातायातका साधन आफुहरुको पहुँचमा नरहेको शारीरिक रुपमा फरक क्षमता भएकाहरुले गुनासो गरेका छन्।संविधान र कानुनले सार्वजनिक यातायात सबैको पहुँचयुक्त हुनुपर्ने भने पनि त्यस अनुसार हुन नसकेको उनीहरुको भनाई छ।
जिल्लामा हालसम्म पनि अपांगता भएका व्यक्तिहरूलाई कोभिड–१९ विरुद्धको खोप प्राथमिकतामा नराखिएकाले अब आउने खोपमा अपांगता भएका व्यक्तिलाई समावेश गर्न माग गरेको हो।
हिँड्डुल नै गर्न नसक्ने अपांगता भएकाहरूको समस्या पनि उस्तै छ । मेरुदण्डको पक्षाघातका कारण दुई दशकदेखि ह्विलचियरमा रहेका काठमाडौँको नारायणटारका नवराज कार्कीको भनाइमा ‘खानपिनमात्र हैन, दिसापिसाब गर्नसमेत समस्या छ । सहायक सामग्रीको अभावमा दैनिक जीवन कष्टकर छ ।’
दृष्टिविहीन झरेन्द्र राईले देख्न छाडेको तीन दशकभन्दा बढी भयो। तर विगत पाँच महिनादेखि भने देख्न थालेका छन् रे, कोरोनाको कालो कहर। लकडाउनका कारण काम गर्ने होटल बन्द भएपछि मैतीदेवीको सानो कोठामा अभाव र त्रासमाझ खुम्चिएका उनले यति बेला जीवनयात्रा निकै डरलाग्दो बनेको सुनाए।
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अपांगता भएका व्यक्तिलाई सिन्केधुप (अगरवत्ती) र मुढा बनाउने तालिम दिइएको छ । अपांगता भएका व्यक्तिलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने लक्ष्यकासाथ ‘गाउँपालिकासँग महिला कार्यक्रम’ अन्तर्गत सिन्केधुप (अगरवत्ती) र मुढा बनाउने तालिम दिइएको हो ।