२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अपांगता भएका व्यक्तिलाई सिन्केधुप र मुढा बनाउने तालिम

तालिममा सहभागीले तयार पारेको सिन्केधुप र मुढा निरीक्षण गर्दै गाउँपालिकाकी उपाध्यक्ष सपना राई । तस्बिर : नागरिक

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अपांगता भएका व्यक्तिलाई सिन्केधुप (अगरवत्ती) र मुढा बनाउने तालिम दिइएको छ । अपांगता भएका व्यक्तिलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने लक्ष्यकासाथ ‘गाउँपालिकासँग महिला कार्यक्रम’ अन्तर्गत सिन्केधुप (अगरवत्ती) र मुढा बनाउने तालिम दिइएको हो । शनिबार सम्पन्न हप्ता दिने तालिममा गाउँपालिकाका ७ वडाका तीन÷तीन जनाका दरले २१ जना अपांगता भएका व्यक्तिलाई सहभागी गराइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।  

अपांगता भएका व्यक्तिको क्षमता बिकासका लागि गाउँपालिकाले वार्षिक कार्यक्रम अन्तरगत सिन्केधुप उत्पादन तालिमका लागि एक लाख ५० हजार र मुढा निर्माण सम्बन्धी तालिमका लागि एक लाख बिनियोजन गरेको थियो । गाउँपालिका भित्रिने सिन्केधुपलाई स्थानीय उत्पालदनमार्फत विस्थापित गर्ने लक्ष्य राखिएको छ । तालिमपछि उनीहरुले उत्पादन गरेको सामग्री गाउँपालिकाभित्रकै पसलमा बिक्री गर्न सहयोग गरिने गाउँपालिकाकी उपाध्यक्ष सपना राईले बताईन् । तालिम आईतबार उपाध्यक्ष राईले उद्घाटन गरेकी थिईन् ।

प्रकाशित: ३१ जेष्ठ २०७७ १६:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App