१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

‘पर्याप्त तथ्यांकको अभावमा विपद् व्यवस्थापन असहज’

अपांगता भएका व्यक्तिको यथेष्ट तथ्यांक नहुँदा विपद् व्यवस्थापनमा समस्या भएको सरोकारवालाले बताएका छन्। सिबिएम नेपालको सहयोग र प्रदेश सरकारसँगको समन्वयमा राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशले वीरेन्द्रनगरमा गरेको अभिमुखीकरण कार्यक्रमका सहभागीले अपांगता भएका व्यक्तिको पर्याप्त तथ्यांक नहुँदा विपद् व्यवस्थापनमा समस्या भएको बताए।

अभिमुखीकरण कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले पर्याप्त तथ्यांकविना विपद् व्यवस्थापन असहज भएको बताए। कुन–कुन प्रकृतिका अपांगता भएका व्यक्ति छन् भनेर पालिकाले तथ्यांक राख्नुपर्ने भन्दै उनले अनि मात्रै विपद् व्यवस्थापन गर्दा सहज हुने बताए। भवन निर्माणका लागि नक्सापास गर्दा अपांगमैत्री बनाएर दिनुपर्ने उनको सुझाव थियो।

राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले विपद् व्यवस्थापन गर्दा अपांगता भएका व्यक्तिको लेखाजोखा आवश्यक रहेको बताए। उनीहरूलाई तालिमसमेत आवश्यक भएको उनको भनाइ थियो। भूकम्पबाट प्रभावित अपांगता भएका व्यक्तिको राहतमा पहुँच पुग्न नसकेको अध्यक्ष शर्मा बताउँछन्। ‘भूकम्पबाट अपांगता भएका कति व्यक्ति प्रभावित भए भन्ने एथेष्ट तथ्यांक छैन’, उनले भने।

कर्णाली प्रदेश योजना आयोगका सदस्य जितबहादुर शाहले अपांगता भएका व्यक्तिसँग आफ्ना सुझाव दिन आग्रह गरे। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले अपांगता भएका व्यक्तिको हरेक क्षेत्रमा पहुँच पु¥याउने गरी नीति बनाएर त्यसलाई कार्यान्वयन गरिने बताए। भूकम्पपछि पुनःनिर्माण गरिने संरचना अपांगतामैत्री बनाउन पहल गर्ने उनले आश्वासन दिए।

अभिमुखीकरण कार्यक्रममा अपांग महासंघ कर्णाली प्रदेशका जितलाल ढकालले भूकम्प प्रभावित क्षेत्रमा अपांगता भएका व्यक्तिको पहिचान नभएको तथाम राहतमा अपांगता भएका व्यक्तिको पहुँच पुग्न नकसेको गुनासो गरे।  –रासस

प्रकाशित: २५ फाल्गुन २०८० १३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App