बदलियो बारपाक
भूकम्पको चौथो वर्ष बित्यो। २०७२ वैशाख र २०७६ वैशाख गोरखाका लागि भिन्न छ। गोरखामात्रै होइन भूकम्पको केन्द्रबिन्दु बारपाकले यसबीचमा काँचुली फेरेको छ।
भूकम्पको चौथो वर्ष बित्यो। २०७२ वैशाख र २०७६ वैशाख गोरखाका लागि भिन्न छ। गोरखामात्रै होइन भूकम्पको केन्द्रबिन्दु बारपाकले यसबीचमा काँचुली फेरेको छ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कुनै क्षेत्रमा आएको दैवी विपत्तिमा कुनै दल र सरकारको मुख ताक्नुभन्दा सबै क्षेत्रका मानिसले सहयोग गर्नुपर्ने बताएका छन्।
चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिकाबाट आएको टोलीले मंगलबार भारतसँग सिमाना जोडिएको बारा–पर्सा जिल्लाका हावाहुरी पीडितलाई नगद सहयोग हस्तान्तरण गरेको छ। हावाहुरीमा परी मृत्यु भएका बारा–पर्साका २३ परिवारका सदस्यलाई सुनकोसी गाउँपालिकाबाट प्राप्त जनही २१ हजार पाँच सयका दरले नगद सहयोगलाई वितरण गरिएको हो।
गत हप्ता बारा र पर्सामा आएको हावा हुन्डरीका कारण २७ जनाको ज्यान गयो भने झण्डै ७ सय नागरिक घाइते भए। विगतमा तीव्र बतासका कारण घर बस्ती उजाडिएको अनि एक दुई मानिस मरेको देखिए पनि अहिलेको जस्तो बस्ती नै सोत्तर भएको थिएन। यसरी टोल नै सखाप भएपछि सरकारले त्यसको क्षति र विपत्तिका कारण एकिन गर्न टोली गठन ग-यो। मौसम विज्ञान विशेषज्ञ सम्मिलित टोलीले २ नम्बर प्रदेशमा भएको विनाशको कारक ‘टोर्नेडो (भूमरी)’ रहेको ठहर ग-यो। र, नेपालमा पहिलोपटक टोर्नेडो देखिएको बतायो। दर्जनौँ मानिस मार्ने टोर्नेडो भनेको के हो र त्यसबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा नागरिक जिज्ञासा मत्थर पार्नु यो आलेखको लक्ष्य रह्यो।
पर्सामा आइतबार राति आएको प्रचण्ड हावाहुरीले महाविपत्ति नै ल्यायो। जसको अवस्था सम्झँदामात्र पनि आङ नै सिरिंग हुन्छ। हामीले अहिलेसम्म बाढी, पहिरो, भूकम्प, आगलगीलगायतका विपत्तिमात्र सामना गरेका थियौँ। त्यसैले हावाहुरीले पनि यस्तोखाले विपत्ति ल्याउँछ भनेर शायदै कुनै नेपालीले कल्पना गरेको थियो। यसर्थ यस घटनाबाट हावाहुरीको संदर्भमा पनि वैज्ञानिक अनुमान एवं जाँच गर्नुपर्ने नै हुन्छ।
आर्थिक अवस्था कमजोर भएपछि समाजमा पीडित भएर बाँच्नुपर्ने अवस्था सिर्जना भएका उदाहरण धेरै भेटिन्छन्। बलियो घर बनाएर बस्न नसक्दा प्राकृतिक विपत्तिले पनि उनीहरूलाई नै बढी दपेट्छ भन्ने उदाहरण बारामा देखिएको छ। चैत १७ गते आइतबारको हावाहुरीका कारण बारामा माटो, इँटा, बास, काठ, खर, खपडा, जस्ता प्रयोग गरी निर्माण गरिएका घरहरूमा बढी क्षति भएको छ। कमजोर संरचनाले बनेका घरहरूले हावाहुरी थाम्न नसक्दा २७ जनाले ज्यान गुमाउनुप¥यो भने चार सय २० जना घाइते भए।
प्राकृतिक आपदा जहिले पनि खबरहरूको खानी (नुज्वर्दी) हुने भएकाले पत्रकारहरूलाई दैविक विपत्ति साह्रै मनपर्ने गर्छ। मानवीय क्लेशका मन छुने कथा लेख्न पाइन्छ। प्रकृतिको निर्दयीपनलाई क्यामरामा कैद गर्न सकिन्छ। कष्ट भोग्नु नपरेकालाई तवाहीको तस्बिरले झक्झकाउनुको साटो आश्वस्त पार्छ।
करिब चार वर्षअघि भूकम्पले उनको घर ढालिदियोे। अनुदान पाएको पैसामा साढे दुई लाख थपेर साढे पाँच लाखमा बनाएको घर पनि आगोले खाइदियो। रुवीभ्याली गाउँपालिका–५, लापाका सोनाम तामाङ रुखबाट लडेकी छोरीलाई उपचार गराउन सदरमुकाम धादिङबेंसी नजिकै दामगाडेमा डेरा लिएर बसेका छन्। उनका पत्नी, छोरा, बुहारी, छोरी, दुई नातिनी गाउँमा कन्तबिजोग अवस्थामा छन्।
काठमाडौंको दरबारमार्गस्थित रोटरी क्लबले सोलुदुधकुण्ड नगरपालिकालाई विपत् व्यवस्थापनका विविधि सामाग्री हस्तान्तरण गरेको छ। रोटेरियल ब्रिटिस ग्रुपको सहयोगमा प्राप्त आगलागीका बेला प्रयोग गरिने दर्जनौं सामाग्री मेयर नाम्गेलजाङबु शेर्पालाई हस्तान्तरण गरिएको हो।
ललितपुर महानगरपालिका वडा नं. १५ को कार्यालयले खुमलटारस्थित रेडियो नेपालको ४२ रोपनी जग्गा विपद् व्यवस्थापनका लागि उपलब्ध गराउन माग गरेको छ।
यसपटक बर्खायामको सुरुवातमै झापामा बाढीले नराम्रो क्षति पुर्यायो । झापाका सबै स्थानीय तहमा बाढीको प्रभाव देखियो । बाढीकै कारण आधा दर्जन व्यक्तिको ज्यान समेत गयो ।
मनसुनको समयमा बाढीपहिरोजस्ता विपत् व्यवस्थापनका लागि तयार रहन सरकारले स्थानीय तहहरूलाई निर्देशन दिएको छ।
व्यक्तिगत सम्पत्तिको लोभ गर्नेहरू कम्युनिस्ट नेता हुनसक्दैनन् भन्ने वाक्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यो वाक्यका आविष्कारक सामान्य व्यक्ति होइनन्। सामान्य व्यक्तिले असामान्य कुरा गरे पनि समाजले त्यति महत्व दिँदैन। तर ठूला वा प्रभावशालीहरूका भनाइहरूलाई समाजले बहसमा ल्याउने गर्छ। साम्यवादी चीनका शक्तिशाली राष्ट्रपति सी जिन पिङको वाक्य हो यो। उनले साम्यवादमा विश्वास गर्ने नेताहरूले निजी सम्पत्तिमा लोभ गर्नु हुँदैन भन्ने विचार प्रस्तुत गरेका छन्।
आज माघ २ गते अर्थात् भूकम्पीय सुरक्षा दिवस । १९९० सालमा नेपालमा विनाशकारी भूकम्प गएको दिन पारेर २०५५ सालदेखि सरकारले भूकम्पीय सुरक्षा दिवस मनाउँदै आएको छ।
युएनडिपीका अनुसार प्राकृतिक विपत्तिबाट हुने बचावटमा खर्चेको एक डलरले करिब सात डलर जोगाउन मद्दत गर्छ। बचावटको स्थान र समुदायविशेषको आवश्यकता भने निर्क्यौल गर्नुपर्छ।