सुरुङ छिचोल्दै नेपाल
नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग छिचोलिएपछि सोमबारदेखि नेपालले विकासमा थप फड्को मारेको अनुभूति गर्न थालिएको छ। हुन पनि विदेशमा मात्र सुरुङ मार्गमा यात्रा गरेका र गर्न पाइने सुनेका नेपालीका लागि अब यस्तो यात्रा अपत्यारिलो रहेन।
नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग छिचोलिएपछि सोमबारदेखि नेपालले विकासमा थप फड्को मारेको अनुभूति गर्न थालिएको छ। हुन पनि विदेशमा मात्र सुरुङ मार्गमा यात्रा गरेका र गर्न पाइने सुनेका नेपालीका लागि अब यस्तो यात्रा अपत्यारिलो रहेन।
जीवन आफैँमा सुख, दुःख, प्रेम, संयोग, वियोग, घात÷प्रतिघात आदिको अनुभव र अनुभूतिको संग्रह हो।
पोखरामा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको योग फेस्टिबल हुने भएको छ। धार्मिक एवं पर्यटकीयस्थल काहूँडाँडामा तीन दिनसम्म योग फेस्टिबल हुन लागेको हो।
निबन्धकार रञ्जना निरौलाको नवीन निबन्धसङ्ग्रह ‘अनुभूतिको अवतरण’ लोकार्पण भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको एक कार्यक्रममा प्रमुख अतिथि डा. वासुदेव त्रिपाठीले उक्त निबन्धसङ्ग्रहको लोकार्पण गरे।
हाम्रो बजारमा हस्तक्षेप गर्नुपर्ने व्यापक क्षेत्र छन्। यसमा पनि अनुगमन निकायको ध्यान पुग्दैन। चाहने हो भने अनुगमन संयन्त्रलाई सशक्त तुल्याउन सकिन्छ। तिनलाई सशक्त तुल्याउनु भन्दा नतुल्याउनुमै बढी लाभ देखिन्छ। त्यसैकारण यस्तो स्थिति आएको हो।
मुलुक बनाउन समाज र राज्य सँगसँगै हिँड्नुपर्छ अन्यथा दुर्भाग्य हामी सबैको हुनेछ भन्ने भुल्नुहुँदैन किनकि सरकारको सफलता र अस्तित्व समाजको अनुभूतिमा निर्भर गर्छ।
मलाई लाग्छ, राष्ट्रले सही अर्थमा चिनेर सम्मान गर्न नसकेको वा नपाएको असली राष्ट्र–रत्नमध्येका एक यिनी पनि हुन् ! यसरी ‘मेरा अनुभूतिहरू’ जस्तो सात दशकदेखिको सार ग्रन्थ अति कठिन परिश्रम गरी प्रकाशमा ल्याएर यो राष्ट्रलाई उनले थप गुन लगाएका छन् ।
बाहिर सिमसिम पानी परिरहेको थियो । चिया पसलभित्र ओत लागेको म मीठो चियाको प्रतिक्षामा थिएँ । त्यही पसलमा नागरिक समाजका अगुवा अमर ओली पुगे । चिसोलाई परास्त गर्न तातो चिया खाँदै गर्दा उनले छिमेकी गाउँ रुकुम पश्चिमस्थित खाराकी निर्मला खड्काको कहानी सुनाए । तस्विर पनि सँगै ल्याएका थिए । ती तस्विर देखाउँदै, ‘कसरी हुन्छ सर यिनी (निर्मला) लाई बचाउनु पर्यो’ भन्दै सहयोग माग्न थाले । मबाट उनले पैसाको सहयोग चाहेका रहेनछन् । मात्र एउटा समाचार प्रकाशनको अपेक्षा रहेछ उनीमा ।
कति वर्षको थिएँ यसै भन्न सक्दिनँ, तर मैले थाहा पाउँदादेखि नै हाम्रो घरमा स्वस्थानी कथा पढिन्थ्यो। हामी सानो हुँदा कान्छा काकाले कथा भन्नुहुन्थ्यो र हामी वरिपरि बसेर सुन्थ्यौँ। पछि दिदीले र मैले पालैपालो भन्न थाल्यौँ। स्वस्थानी सुरु भएपछि एउटा गजबको माहोल बन्थ्यो घरमा। आमा राधादेवी बस्नेत प्रायः वर्ष बिराएर स्वस्थानीको व्रत बस्नुहुन्थ्यो।
कवि एवं गीतकार जे.अस्मिता (दिनेशकुमार श्रेष्ठ) आफ्ना विद्यार्थीले केही न केही सिप सिकून भन्ने अभियानमा समर्पित छन्। उमेरले मभन्दा कान्छा भए पनि भावनात्मक रुपमा उनी मेरा अभिभावक हुन्।
‘ताङतिङ मेरो गाउँ’ भन्दा मलाई गर्व लाग्छ । त्यसैले हामीले सकेसम्म आफ्नै मातृभूमिमा पसिना चुहाउनुपर्छ । नसके संसारको जुनसुकै कुनामा बसे पनि मुटुमा नेपाल धड्कनुपर्छ र मातृभूमिको विकासमा सकेको योगदान पुर्याउनुपर्छ ।
ताङतिङ गाउँमुनि टाँकीको रूखमा चढेर घाँस झार्दै थिएँ । अचानक आँसी बायाँ हातमा बजारियो । हातबाट भुलभुल रगत बगिरह्यो । ‘मेरो शरीर अंगभंग भयो । लौन अब लाहुरे बन्न नपाउने भएँ भनरे छटपटी बढ्यो । वास्तवमा ममा आँसीको दुखाइभन्दा मनको दुखाइ चर्को बन्यो ।
पहिलोचोेटि यो गीत मैले उनकै मुखबाट सुनेको हुँ। मानौँ, यो गीत उनको ‘सिग्नेचर म्युजिक’ हो, जतिखेर पनि गाइरहने।
गएको फागुन २, ३ र ४ गते फर्पिङको हात्तीवनमा ‘नवौं हिमालयन आउटडोर फेस्टिभल’ भयो। उक्त फेस्टिभलमा विभिन्न कार्यक्रम भएको थियो। सोमध्ये साइकल रेस पनि एक थियो।
कस्तो लाजै नभएकी केटी ? नचिनेको केटोसँग पहिलोपटक भेटेकी थिई ऊ। नचिनेको केटोसँग सुत्न जान कसरी तयार भई। छ्या ! उसको नैतिकताले कसरी मान्यो। आफ्नो संस्कार बिर्सेर कुमारीत्व लुटाउन उसलाई रतिभर पनि लाज लागेन ? उसको आत्मा कामेन ?थुक्क ! रोहित पनि कस्तो केटो ? भेट्न पाएको छैन। होटल खोज्न व्यस्त भयो। मनिषा पनि कति सजिलै टाउको हल्लाई।