१० मंसिर २०८१ सोमबार
image/svg+xml

यात्राको कलात्मक अनुभूति

यात्रा संस्मरणात्मक निबन्ध अर्थात् नियात्रा, साहित्यको लोकप्रिय विधा हो। आफूले नदेखेको ठाउँको कला, संस्कृति तथा जीवनपद्धतिका बारेमा जान्न पाइने अनि निबन्धकारको अनुभूति बुझ्न सकिने हुँदा यात्रा संस्मरणप्रति पाठकको रुचि देखिन्छ।

पूर्वराजाकाे चेतावनी: 'परिवर्तनकारी शक्तिहरु नै अप्ठेरोमा पर्न सक्छन्'

पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरुनै अफ्ठ्यारोमा पर्न सक्ने चेतावनी दिएका छन् ।

यही हो नानी जुग जाने घर...

यही हो नानी जुग जाने घर। राम्रो गर सबैको मन पर।। बिहेको अघिल्लो रात आमाले भन्नुभयो, ‘हेर्, आजबाट यो घर मात्र होइन, त्यो घर पनि तेरो जिम्मेवारी हो। घर खान सकिनस् भने उतै मादीमा हामफाल्नु, तर तेरो घरबाट तेरोबारे कुनै अबगाल सुन्न नपरोस्।’

त्यस दिन मैले अमृत पिएँ

उनीसँग भौतिक सम्पत्ति थिएन। एउटा पुरानो घर थियो, पछि त त्यो घर पनि छोडेका थिए। आम्दानीका नाममा निवृत्तिभरणका केही हजार रुपैयाँ आउँथ्यो, त्यसले उनी र उनकी पत्नीको जीवन धानेको थियो। तर, उनले आफ्नो अवस्थाप्रति कहिल्यै कुनै गुनासो गरेनन्। यस्ता थिए नेपाली साहित्यका अन्वेषक, अद्वितीय सङ्कलक र ज्ञानका भण्डार, शिव रेग्मी।

बेलायत अनुभव

काठमाडौ आएपछि पुस्तक पढ्ने बानी लागेको छ। पढेको विषयलाई लेखिन्छ। यही मेसोमा भावेश भुमरी अर्थात् जुद्धबहादुर पुनमगरको नियात्रा ‘भिसाको रङ’ पढ्ने मौका मिल्यो। अनामनगरको फुपूको ग्रीन टि हाउसमा चिया पिउदै गर्दा इलामका गीतकार एवं रेडियोकर्मी तुलसी बस्नेतले यो पुस्तक उपहार दिए।

११ दिने अद्भूत यात्रा

घुमफिरबाट फर्कंदा मनमा धेरै कुरा खेलिरहे–प्राकृतिक र सांस्कृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो नेपालमा सिंगापुर, मलेसिया र थाइल्याण्डमा जस्तै पर्यटकीय चहलपहल गराउन किन सकिँदैन ?

किनेरै पढौं पुस्तक

‘पुरानो कोट लगाऊ नयाँ पुस्तक पढ’, दार्शनिक हेनरी डेविट थोरोको यो भनाइलार्ई प्लसटु पढ्दा अंग्रेजी विषयका शिक्षक विनोद प्रजापतिले कक्षाकोठामा ज्यादै प्रयोग गर्नुहुन्थ्यो। सायद विद्यार्थीले किताब पढून् भनेर त्यसलाई बरोबर उच्चारण गर्नु भएको होला !

प्रेम–वृत्तान्त

प्रेम के हो ? यसको कुनै निश्चित परिभाषा छैन। कुनै शब्द वा वाक्यहरूमा मात्रै पनि सीमित छैन प्रेम। साँँच्चै भन्ने हो भने न कुनै रङ छ, न कुनै वस्तुपरक स्वाद; केवल एउटा अनुभूति, अस्तित्वहीनतामै एउटा बलियो अस्तित्व बोकेको अजीवको विषय– प्रेम।

जिउँदै वैतरणी तरेर

पौराणिक तथ्यहरू खोज गरी ती तथ्यका आधारमा वैतरणी धाम, कालेश्वर महादेव जस्ता प्रमुख धार्मिक स्थलको प्रचार गर्न सके पर्यटन फस्टाउन सक्छ।

आबुधावीमा आनन्द

संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी रहेछ आबुधावी। यो रमाइलो देश रहेछ। एकातिर बालुवा नै बालुवाको मरुस्थल र अर्कातिर समुद्र। अरब सागरको सौन्दर्य विस्तार हेरेपछि म आश्चर्यचकित भएँ। मेरो भौगोलिक ज्ञानको क्षितिज त्यति विस्तृत रहेनछ।

खुसी लुटिएको जन्मदिन

धर्ती र माता भनेको समान रहेछन्, जसले जे गरे पनि सहनैपर्ने ! जस्तो विपत् पर्दा पनि सम्हालिनैपर्ने !! सहनुको विकल्प केही रहेन अब, न नियतिसँग संघर्ष गर्न सकिन्छ, न मृत्युलाई चुनौती दिन सकिन्छ।

पानीमा तैरिँदा, चराझैं उड्दा

एकै साता सुनकोशीमा र्‍याफ्टिङ र गोदावरीमा प्याराग्लाइडिङ गर्दा बेग्लै संसारमा डुलेजस्तै भयो। डर, खुसी र उत्सुकताले भरिएका ती साहसिक क्षण मनमा मिठो सम्झना बनेर बसेका छन्।

सिंगो आकाश छिचोलेका गीतकार

यस्तो लाग्छ, यो गीतको संग्रह (म बिर्सुं कसोरी) बोकेर हिँड्नु भनेको सानो नानीले आमाको औला समाए जस्तै हो। सकुसल बजार पुग्नु, मन्दिर पुग्नु अनि सकुसल घर फर्किनु हो।

सुखको अनुभूति र यथार्थ

गरिब बच्चाको मुहारमा एउटा चकलेट पाउँदा देखिने खुसी र धनीले आफ्नो छोरालाई आइप्याड दिँदा कलिलो अनुहारमा प्रष्टिने सुखबीचको फरक ठम्याउन कठिन छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्