१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml
मुना चौधरी


मुना चौधरीका लेखहरु :

हली

टाढा टाढासम्म बाले आँखा बिछ्याउँदा मात्र सुख पाउने सपना देख्थेँ। सपना उनको थियो तर सूर्यास्तसँगै उनको सपना अस्ताउँथ्यो।

व्रत

के निसन्तान हुनुमा मेरो मात्रै कमजोरी हो ? उनको कमजोरी हुन सक्दैन ? कहिलेकाहीँ त मलाई आफ्नो मातृत्व जाँच्न मन हुन्थ्यो, कुनै परपुरुषसँग सम्बन्ध राखेर। छ्या, मेरो मनमा कस्ता पापी कुरा आउन थालेका हुन् ! म आफ्नो मनलाई रोक्न खोज्थेँ तर वेला वेला बहकिन्थ्यो।

पत्ताकाट

पञ्चैतीमा थारु टोलकै एकजना महिला बोलिन्, ‘यो समाजले कसैको पत्ता काट्न पाउँदैन। यो न्याय होइन। १२ वर्षदेखि हरिदेवको बाआमाको पत्ता काटेकामा र उहाँहरूलाई समाजको कुनै सामूहिक क्रियाकलापमा सहभागी नगराएकामा यो समाजले उनीहरूसँग माफी माग्नुपर्छ।’ उनको कुरामा सबै महिलाले एकमत भए। ठुल्ठूलो स्वरमा भने, ‘हो, समाजले माफी माग्नुपर्छ।’

लालपट्टा

खुट्टी खोलाको नजिकै खपरा (माटाको खपटा) भएको महलजस्तै घर थियो, सुगिलाल थारुको। बीस कोठाको घर, चार कट्ठाको आँगन। त्यस घरलाई पोखरापाटन घर भनेर चिन्थे सबैले। त्यस घरको अलि पर फाट्टफुट्ट फुसका घर थिए। चारैतिर खुला हरिया खेतका फाँट। चराको चिर्बिर आवाज, कोइलीको कुहुकुहुको मधुर ध्वनि, हावा चल्दा खेतबाट धान र गहुँको बाला स्पर्श गरेर चल्ने हावा गुञ्जायमान हुन्थ्यो।

मेनाबती

बसपार्कको दक्षिणपट्टि थानाको छेउमा मेनाबतीका बाआमाको चिया पसल छ। पसलमा चियासँगै आलुचप, पकौडा, प्याजी, मटरआलु तरकारी र चिउरा पाइन्छ। पसल व्यस्त तरिकाले चल्छ। उनका बाआमालाई पसलमा भ्याइनभ्याई हुन्छ। उनी बाआमालाई सघाउन प्रत्येक दिन पसल आउँछिन्। उनलाई पसलमा बस्न औधि मन पर्छ। पसलमा उनी थरीथरीका मान्छेलाई हेर्न पाउँछिन्।

भकवा

गरहवाको बिहेमा गाउँमा पहिलोपटक छोरी र बुहारीहरू बेलुकी जन्ती जान शृंगारपटार गरेर निस्कन्छन्। छोरी–बुहारीहरू जन्ती आएको देखेर दुलहीको गाउँका मान्छेहरू मुखामुख र कानेखुसी गर्छन्। तर सत्य कुरा उनकी बुहारीले दुलहीको परिवारलाई बताएपछि सबैजना चुप लाग्छन्। छोरी र बुहारीहरूले गरहवाको बिहे धुमधामसँग गराउँछन्।

जितिया पावैन (पर्व)

आइतबार निराहार व्रत बसेर सोमबार व्रत तोड्ने तिथि मिलेको जितिया पावैनको तिथिलाई सुइध लाग्नु भनिन्छ। जुठो परेर व्रत टुटेका र नवविवाहित महिला सुइध लागेको वर्षबाट जितियाको व्रत बस्न सुरु गर्छन्। यो व्रत महिला आजीवन वा आफूले सकुन्जेलसम्म व्रत बस्छन्।

राइर

भुली ३० वर्षकै उमेरमा राइर हुन पुगेकी हुन्। कमाउन विदेश गएका लोग्ने बाकसमा फर्किए। १४ वर्षको छोरो र १० वर्षकी छोरीलाई बाटो देखाउने जिम्मेवारी उनको काँधमा छ। तर, के उनको जीवन यति मात्र हो ? उनको जीवन फेरि रंगीन हुने दिन आउँदैन ? आँखा बन्द गर्दा पनि रंगीन सपना देख्ने उमेरकी उनले यो जीवन यत्तिकै बिताउने ?

मचान ४

दुईजना स्वास्नी मान्छेसँग सुत्ने पापी मोरो । हुन त म पनि के कम थिएँ ? म पनि त दुईजना पुरुषसँग सुतेकी थिएँ । छ्या ! आफ्नै चरित्र हेर्दा पनि कस्तो बहुरूपी । तर, मलाई कसैको डर छैन, पश्चाताप पनि छैन । हो, म दुखियासँग एक वर्ष अगाडि सुतेकी थिएँ । उसलाई कुनै वेला प्रेम गर्थें, यति कुरा बोल्न पनि केको भय ?

पुवार

पानोका ढल्केका अक्षीण र आकर्षक छाती देखेपछि छेदिलालका जिउभरि अनौठो ऊर्जा थपियो । उनको जिउमा रक्तसञ्चार भएको सजिलै देख्न सकिन्थ्यो, राता ओठ हेरेर । काम्न थाले उनका हातहरू । निःसन्देह कामेको थियो, उनको पूरै जिउ पानोको यौवन देखेर । उनका हातहरू यसरी कामेका थिए कि पानोको अंगअंग नचलाईकन शान्त हुनै नसक्ने स्थितिमा उनी थिए ।

समध

मुसनी गरिब परिवारकी छोरी थिइन्। उनले भर्खरै १७ वर्षमा पाइला टेकेकी थिइन्। उनका बाआमा गाउँको गिरहतको खेतमा मेलापात गरेर जीवन निर्वाह गरिरहेका थिए।

तिला संकराइत

माघीमै वर्षभरिको हरहिसाब फर्छौट गरी आगामी वर्षका लागि योजना बनाइने भएकाले यसलाई नयाँ आर्थिक वर्षका रूपमा लिइन्छ। बिहानै नुवाइधुवाइ गरेर कुलदेवतालाई जल चढाइन्छ।

मचान ३

सात महिनाकी गर्भवती थिएँ। जिउ भारी हुँदै गएको थियो। हातखुट्टा गलेजस्तो, जिउमा शक्ति नै नभएजस्तो हुन्थ्यो। सुत्न अप्ठेरो भएको थियो। पल्टिराख्न मन लाग्ने। तर, यता पल्टियो पेट भारी लाग्ने, उता पल्टियो त्यस्तै। आफ्नै ज्यान पनि सम्हाल्न गाह्रो भएको थियो। कम्मर दुखिरहन्थ्यो। उठबस पनि गर्न मनै लाग्दैनथ्यो ?

च्याट

कस्तो लाजै नभएकी केटी ? नचिनेको केटोसँग पहिलोपटक भेटेकी थिई ऊ। नचिनेको केटोसँग सुत्न जान कसरी तयार भई। छ्या ! उसको नैतिकताले कसरी मान्यो। आफ्नो संस्कार बिर्सेर कुमारीत्व लुटाउन उसलाई रतिभर पनि लाज लागेन ? उसको आत्मा कामेन ?थुक्क ! रोहित पनि कस्तो केटो ? भेट्न पाएको छैन। होटल खोज्न व्यस्त भयो। मनिषा पनि कति सजिलै टाउको हल्लाई।

मचान– २

म उनको अनुहारतिर हेरिरहेँ। उनी मेरा लोग्ने थिए, भर्खरै कतारबाट फर्केका। उनको अनुहार हेरेर म केही बोल्नै सकिनँ। आफ्नो कपाल बाँधेँ। आफूलाई नियन्त्रण गरेँ। उनले बोकेको लगेज मैले बोक्दै बहाना बनाउँदै कुरा अर्कैतिर मोड्दै थारु (मातृभाषा)मा भनेँ, ‘दुखिया के बियाह देखैले जाइ छेलियै।’ (दुखियाको बिहे हेर्न जाँदै थिएँ।)

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्