२२ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

भकवा

कथा

रामप्यारी गरहवाको बसघरा (लोग्नेमान्छे बस्ने गुहालीको छेउको घर) तिर हेर्छिन्। गरहवा बसघरामा घोप्टो परेर पल्टिरहेका हुन्छन्। बसघरा खुला हुन्छ।बसघरामा अगाडि ढोका र गारो हुँदैन। गरहवा सुतेका छन् भनेर उनी ढुक्क हुन्छिन्। उनी बाल्टिनमा पानी भर्छिन्। ब्लाउज लगाएर नुहाउँदा भिजेको ब्लाउन फुकाल्न सारै गारो हुन्छ।यही सोचेर उनलेब्लाउजको टाँक खोलेर आँचलले छाती छोप्दै ब्लाउज फुकाल्छिन्। सारीको आँचल छातीमा बाँध्छिन्। हातखुट्टा पानीले भिजाउँछिन्।खबटाको टुक्राले हात–खुट्टा घोट्छिन्। अनुहारमा साबुन दल्छिन् र पानी छ्याप्दै अनुहार धुन्छिन्। तलुवा फाटेको हुन्छ। पम्पछेउको एउटा ढुंगामा कुर्कच्चा घोट्न थाल्छिन्।  

कुर्कुच्चा घोटेर बाल्टिनको पानी जिउमा खन्याउँछिन्।नांगो छातीमा सारी भिजेरटाँसिन्छ। आँचलको माथिबाट ढल्केका तर पुष्ट स्तन देखिन्छन्। उनले सारी छातीमा फैलाउँदै पम्प पेल्दै बाल्टिनमा पानी थाप्छिन् र पूरै जिउमा पानी खन्याउँछिन्। पानीले भिजेर सारी उनको जिउमा टाँसिन्छ।सारी यसरी टाँसिन्छ कि उनको छिनेको कम्मर, मोटा तिघ्रा, पुष्ट छातीहरू र नाइटोको खाल्डोको आकृतिसमेत ठम्याउन सकिन्छ। उनी अप्ठेरो मान्दै बेसरी शरीरमा टाँसिएको सारीलाई अलि हल्का बनाउने कोसिस गर्छिन्, बाल्टिनबाट पानी खन्याउँदै।  

उनको जिउमाभिजेको सारी झनै टाँसिन्छ। उनी मूर्तिझैँ सुन्दर देखिन्छिन्। नुहाएर सकेपछि उनले ब्लाउज लगाउन थाल्छिन्। भिजेका हातहरू सुकिलो ब्लाउजका बाहुलामाटाँसिएर लगाउन निकै गाह्रो हुन्छ। मुस्किलले ब्लाउजको टाँक लगाइसकेपछि भिजेको सारीको आँचल ब्लाउज मुनिबाट झिक्छिन्,ब्लाउजको टाँक नखुलोस् भनेर बिस्तारै तान्दै। त्यसपछि माथिबाट सुकिलो पेटिकोट लगाएर भिजेको पेटिकोट र सारी फुकाल्छिन्। पेटिकोटमाथि सुकिलो सारी लगाउँछिन्।बल्लतल्ल उनको नुहाउने काम सकिन्छ। त्यसपछि उनी ढुक्कजस्तै देखिइन्। यस अघिसम्म उनलाई ब्लाउज फुस्कने, सारी फुस्कने– चिन्ता र डर धेरै थिए।  

टोलभरिमा एउटा मात्र सरकारी पम्पगरहवाकै घर अगाडिको डगहरमा हुन्छ। गरहबाका छोराबुहारी र जवान नाति–नातिनी छन्। पम्प गरहवाको बसघरा अगाडि रहेकाले गरहबा बसघरामा बसिरहँदा पनि मान्छेहरू नुहाउन छोड्दैनन्। केटी र स्वास्नी मान्छेहरू कोही लुगा फुकालेर नुहाउँदैनन्। सबैजना कुर्था र सारीलगाएरै नुहाउँछन्।  

गरहवाको बिहेमा गाउँमा पहिलोपटक छोरी र बुहारीहरू बेलुकी जन्ती जान शृंगारपटार गरेर निस्कन्छन्। छोरी–बुहारीहरू जन्ती आएको देखेर दुलहीको गाउँका मान्छेहरू मुखामुख र कानेखुसी गर्छन्। तर सत्य कुरा उनकी बुहारीले दुलहीको परिवारलाई बताएपछि सबैजना चुप लाग्छन्। छोरी र बुहारीहरूले गरहवाको बिहे धुमधामसँग गराउँछन्।  

जब रामप्यारीसुकिलो सारी लगाएर गरहवाको बसघरातिर हेर्छिन्। गरहवा बसघराको खाटमा पल्टेर उनीतिरै हेरिरहेका हुन्छन्। रामप्यारी मनमनै भन्छिन्, ‘कस्तो निर्लज्ज बूढो ?बुहारी मान्छे नुहाउँदै गरेको हेर्नुहुँदैन भन्ने थाहा हुँदाहुँदै हेरिरहन्छ। यही हेराइकै कारण त दयाभाव जाग्दैन।’

रामप्यारीलाई बरु गाउँका अविवाहित केटाहरू राम्रा लाग्छन्।ती केटाहरू स्वास्नी मान्छेतिर त्यस्तो आशक्तिपूर्ण दृष्टि राख्दैनन्। केटाहरूको हेराइ उनलाई निर्दोष लाग्छ, जुन हेराइमा कुनै उपलब्धिको मोह हुँदैन। तर, गरहवाको हेराइयौन कुण्ठाले भरिएको छ, त्यसमालालचछ, कुत्सित मनसाय छ, बलात्कारसम्मको अपराध लुकेको आभास हुन्छ। रामप्यारीले यसअघि यतिसम्म अपराधी हेराइ अनुभव गरेकी थिइनन्। उनको हेराइले नै मानौँ रामप्यारीको कोमल अंगहरूलाई चिथोरिरहेका छन्।

रामप्यारीले नुहाउँदा लगाएको सारी र पेटिकोट धुँदै गर्दा गरहवातिर थुक्छिन्। टोलका केटीहरू गरहवाको हेराइको विरोधी हुन्। गरहवालेउनीहरूको जुन अंगमा आँखा गाडेर हेर्छन्, त्यही अंग उनीहरूलाई दूषित लाग्छ।गाउँका केटीहरू गरहवाको हेराइदेखि डराउँछन्। कस्तो डरलाग्दो हेराइ ? उनले हेरेको थाहा पाए, केटीहरू निधार खुम्च्याउँदै उनीतिर थुक्छन्।

गरहवा यसअघि यस्ता थिएनन्। महिलाहरूप्रति उनको दृष्टि सम्मानजनक नै हुन्थ्यो, तर उनको हेराइमा पुरुष प्रवृत्ति भने झल्कन्थ्यो। ६ महिनाअगाडि गरहवाकी स्वास्नीलाई हिक्काले अठ्याएर निधन भयो। तीन महिनासम्म गरहवा शोकमा डुबे।  

रामप्यारीलाई बरु गाउँका अविवाहित केटाहरू राम्रा लाग्छन्।ती केटाहरू स्वास्नी मान्छेतिर त्यस्तो आशक्तिपूर्ण दृष्टि राख्दैनन्। केटाहरूको हेराइ उनलाई निर्दोष लाग्छ, जुन हेराइमा कुनै उपलब्धिको मोह हुँदैन। तर, गरहवाको हेराइयौन कुण्ठाले भरिएको छ, त्यसमालालचछ, कुत्सित मनसाय छ, बलात्कारसम्मको अपराध लुकेको आभास हुन्छ। 

त्यसपछि उनी अलि खराबै हुन् कि जस्तो टोलका महिलालाई महसुस भएको छ। टोलकासबै केटी र स्वास्नी मान्छेले गरहवाको उपनाम भकवा (एक टकले हेर्ने मान्छे)बूढा राखेका छन्। आफ्नो नाम केटीहरूले भकवा राखेको उनलाई थाहा छैन। गाउँका जुनसुकै केटी र स्वास्नी मान्छे बाहिर जान निस्के भने गरहवा सबै केटी र स्वास्नी मान्छेहरूतिर तलदेखि माथिसम्म आँखा गाडेर हेर्छन्। सबैलाई गरहवादेखि रिस उठ्छ तर उनको अघि कसैले केही भन्न सक्दैनन्।  

रामप्यारी खाना खाएर आँगनको सबै काम सकाएर कुँडो काट्न दिउँसो खलियान आउँछिन्। रामप्यारीको घरअगाडि गरहवाको घर छ।गरहवा रामप्यारीका छिमेकीकाका–ससुरा हुन्। रामप्यारी बसघराको चौकीमुनिबाट कुटिकट्टा (कुँडो काट्ने मेसिन) र ढाकी ल्याउँछिन्। बस्न सजिलो होस् भनी आफूले लगाएको सारी मिलाउँदै परालको बोझाको छेउमा परालको कुँडो काट्न बस्छिन्। हातलेएक मुठो पराल समात्दै कुँडो काट्न थाल्छिन्। गरहवा आफ्नो खलियानबाट रामप्यारीतिर हेरिरहेका हुन्छन्। कुँडो काट्दै गर्दा गरहवाले आफूतिर हेर्दै गरेको रामप्यारीले थाहा पाउँछिन्। त्यसैले उनले टाउको छोपिने गरी घुम्टो ओढ्छिन्।

सकेसम्म बेवास्ता गर्दै उनले कुँडो काट्छिन्। आधा ढाकीजति कँुडो काटेपछि उनले गरहवातिर हेर्छिन्।गरहवाले उनीतिरै हेरिरहेका थिए। रामप्यारी कुँडो काट्न छाडेर आफ्नो घुँडातिर हेर्छिन्। सारीतल झरेर उनका घुँडा देखिएका थिए। उनी अप्ठेरो मान्दै सारीमाथि सार्दै घुँडा छोप्छिन्।  

रामप्यारीले आफूतिर हेरेको थाहा पाएर गरहवालेगम्छा अनुहारमा हम्किँदै भन्छन्, ‘उफ ! कति धेरै गर्मी।’रामप्यारीले मनमनै भन्छिन्, ‘यो बूढाको आँखा फुटाइदिनुपर्छ।’

उनी फेरि कुँडो काट्न थाल्छिन्।एक ढाकी कुँडो काटेर फेरि गरहवातिर हेर्छिन्। गरहवालेउनीतिरै हेरिरहेकाहुन्छन्। उनलाई अप्ठेरो र नरमाइलो लाग्छ। उनी भित्रभित्रै रिसाउँदैढाकीमा भएको कुटी (कुँडो) नाइध (गोरुलाई कुडो खुवाउन सिमेन्टले बनाइएको चारपाटे भाँडो) मा खन्याउँछिन्। उनी रिसाउँदैढाकी खलियानमा फाल्छिन्। ढाकी फालेको आवाज आउँछ। एकपटक रिसले नै उनले गरहवातिर हेर्छिन्। उनले हेरेको थाहा पाएर गरहवा टाउको कन्याउन थाल्छन्। उनले बायाँ हातले आफ्नो खुट्टामा एक थप्पड हान्दै भन्छन्, ‘कति धेरै मच्छर लागेको ?’

नुहाएर सकेपछि उनले ब्लाउज लगाउन थाल्छिन्। भिजेका हातहरू सुकिलो ब्लाउजका बाहुलामा टाँसिएर लगाउन निकै गाह्रो हुन्छ। मुस्किलले ब्लाउजको टाँक लगाइसकेपछि भिजेको सारीको आँचल ब्लाउज मुनिबाट झिक्छिन्, ब्लाउजको टाँक नखुलोस् भनेर बिस्तारै तान्दै। त्यसपछि माथिबाट सुकिलो पेटिकोट लगाएर भिजेको पेटिकोट र सारी फुकाल्छिन्। पेटिकोटमाथि सुकिलो सारी लगाउँछिन्। बल्लतल्ल उनको नुहाउने काम सकिन्छ। त्यसपछि उनी ढुक्कजस्तै देखिइन्। यस अघिसम्म उनलाई ब्लाउज फुस्कने, सारी फुस्कने– चिन्ता र डर धेरै थिए।

त्यसपछि उनीउठेर गोरुको नाइधमा पराल हाल्न जान्छन्। पराल हालेर उनीफेरि मेचमा बस्छन्। उनले घरी रामप्यारीतिर त घरी पराल खाँदै गरेको गोरुहरूतिर हेरिरहेका हुन्छन्। रामप्यारी कुटिकट्टा उठाएर बसघराको खाटमुनि राख्छिन्। उनी गरहवालाई बेवास्ता गर्दै आँगनमा छिर्छिन् र आफ्नो काममा व्यस्त हुन्छिन्। राति सुत्नेबेला उनलेआफ्ना लोग्नेलाई भन्छिन्, ‘गरहवा काकाको हेराई मलाई ठीक लाग्दैन है।’

लोग्नेले भने, ‘छोड् दे यी कुराहरू। त्यो बूढो त्यस्तै छ।’

गरहवा यही हेराइले टोलभरि बदनाम छन् तर आफू बदनाम भएको उनलाई थाहा छैन। यस्तो कुरा ५५ वर्षको बूढो मान्छेलाई कसले भन्ने ?भोलिपल्ट बेलुकी गरहवाको घर गएर रामप्यारीलेउनका छोरा रामबाबुलाई बाको हेराइबारे बताउँछिन्। अर्को बिहे गरिदिन सुझाव दिन्छिन्। रामप्यारीको कुरा सुनेररामबाबु उल्टै, ‘तँ नै चरित्रहीन रहिछस्। मेराबालाई आरोप नलगा’ भन्दै जंगिन्छन्।

त्यसपछि रामप्यारी गरहवालाई वास्ता गर्न छाड्छिन् तर गरहवा रामप्यारीलाई वास्ता गर्न छाड्दैन। पछि बिस्तारै टोलकामहिलाहरू गरहवाको हेराइबारे कुरा काट्न थाल्छन्। कुरा रामबाबुको कानसम्म पुग्छ। छिमेकीहरूको कुरा सुनेर रामबाबुले आफ्नो बालाई सम्झाउँछ,‘बुढेसकालमा हजुरलाई जोश र जवानी किन चढ्दै छहँ ?अरुका छोरी र स्वास्नीतिर आँखा गाडेर हेर्दा हजुरको कस्तो इच्छा पूरा हुन्छ हँ ?पारा के हो? बानी सुधार्नुस्, नभए राम्रो हुने छैन।’  

छोराले गाली गरेपछि मात्र गरहवाले भेउ पाउँछन्– टोलका स्वास्नी मान्छेले मेरो कुरा काट्न पो थालेछन् !  

गरहवाका आँखा राता–राता हुन्छन्।तर, उनीकेही बोल्दैनन्। उनी धेरै कुरा भन्न चाहन्छन्। उनको मौनताले नै धेरै कुरा भनिरहेका हुन्छन्। उनको मनमा यस्तै कुरा खेलिरहेको हुनसक्छ,‘तँ मेरो उमेरमा पुगेपछि थाहा पाउँछस्। मलाई पनि कसैको सहारा चाहिन्छ। ५५ वर्षमै म बूढो भएँ भनेर तैँले कसरी सोचिस् ?मेरा चाहनाहरू छैनन् भनेर कसरी अनुमान लगाइस् ?’

बालाई मौन देखेर छोरोपनि चुप लाग्छ। छोराको गालीले गरहवाले निकै अपमानित महसुस गरेको सजिलै बुझ्न सकिन्छ। उनको आँखामा मायालाग्दो वेदनादेखिन्छ। उनको मुटुको कुनाकुना दुखिरहेको हुन्छ। आँसु बगेको हुँदैन। उनले थुक निलिरहेको हुन्छन्। थुक निल्दा उनको घाँटीको रुद्रघन्टी तलमाथि चलेको देखिन्छ।  

त्यहाँ उनको भावना बुझ्ने कोही हुँदैनन्। छोरासँग उनी खुलेर बोल्न सक्दैनन्। बुहारीसँग झन् कुरा गर्ने संस्कारै छैन। मनको पीडा मनमै लुकाएर बस्छउनी।

लोग्ने मान्छे भएर लोग्ने मान्छेको मन बुझ्न नसक्ने कस्तो छोरो ? उनको छोरो आफ्नो जिम्मेवारीबाट पर भागिरहेको त थिएन ?केही केही कुरामा समाजमा महिला मात्र होइन, पुरुष पनि पीडित हुन पुगेका हुन्छन् भन्ने उनका छोराले बुझ्ने प्रयास किन गरेन?

बाले आफ्नै नाबालिग छोरीको बलात्कार गरेको, हजुरबाले आफ्नै नातिनीको बलात्कार गरी घाँटी अँठ्याएर निर्मम हत्या गरेको घटना रामप्यारी धेरै दिनअगाडि रेडियोमा सुनेकी थिइन्। यो गाउँमा पनि त्यस्तै घटना घट्ने त होइन? उनी सोचेर डराएकी थिइन्।उनीएक हप्तापछि फेरि गरहवाको घर गइन्। यसपालि भने उनले गरहवाकी बुहारी भुलकुनसँग कुरा गरिन्। गरहवाको अर्को बिहे गरिदिन सुझाव दिइन्। रामप्यारीको कुरा सुनेर ससुरासँग कहिले नबोलेकी भुलकुनलेबेलुकीको खाना खाने बेला नम्र भाषामा भनिन्, ‘बा, हजुरलाई श्रीमतीको खाँचो नहोला तर मलाई सासूको खाँचो छ। सासू भए घर हेर्नुपर्छ, हजुरको ख्याल गर्नुहुन्छ। अब हजुरले अर्को बिहे गर्नैपर्छ।’ कहिले नबोलेकी बुहारीको कुरा सुनेर गरहवालाई लाज र अचम्म दुवै एकैपटक लाग्छ। उनी बुहारीलाई, ‘म बुढेसकालमा बिहे गर्दिनँ’ भनेर बहाना बनाउँछन्।  

गरहवालाई छोराभन्दा बुहारी सभ्य र सालीन लाग्छ। भुलकुनले छिमेकी पनि लगाउँछिन्, ससुरालाई अर्को बिहेका लागि राजी बनाउन। बुहारीको कुरा बुझेर छिमेकीले गरहवालाई अर्को बिहे गर्न पटकपटक अनुरोध गर्छन्। अन्ततः उनी बिहेका लागि राजी हुन्छन्।  

यता बाले बिहे गर्न लागेको देखेर छोरा रामबाबु रिसाउँछ तर बालाई केही भन्न सक्दैन। समाजमा बेइज्जत हुनु छैन भन्दै बाका लागि आफूले केटी नखोज्ने कुरा रामबाबुले आफ्नी स्वास्नी भुलकुनलाई सुनाउँछ।  

भुलकुन ससुराका लागि आफैँ केटी खोज्न तयार हुन्छिन्। रामप्यारी र भुलकुन दुवै मिलेर ससुराका लागि केटी खोज्न जान्छन्। विधुवा तर आमा नबनेकीएक महिला छिमेकी गाउँमा भएको उनीहरूले सुन्छन्। उनीहरूत्यहाँ पुग्छन्।४५वर्षीया ती महिला विधवा भएर माइतीम बसेकीरहिछिन्। गरहवासँग बिहे गर्न उनी तयार भइन्। बिहेको कुरा बुहारीहरूले नै छिनोफानो गरेर फर्किन्छन्। गरहवा मनमनै बुहारीदेखि धेरै खुसी हुन्छन् तर छोरो रिसाइरहेकाले खुसी व्यक्त गर्न सक्दैनन्।  

बरियाती जाने दिन, छोराले टोलका केटा र पुरुषहरूलाई बरियाती नजान भन्छ। ‘गइस् भने राम्रो हुने छैन’ भनेर सबैलाईधम्क्याउँछ।त्यसपछि बरियाती जान कोही लोग्नेमान्छे तयार हुँदैनन्। रामबाबु आफ्नो बाको बिहे रोक्न चाहन्छ।बुढेसकालमा बाले बिहे गरे आफ्नोपरिवारको इज्जत समाजको अगाडि माटोमा मिल्छ भन्ने उसले सोचेको हुन्छ। हुन पनि समाज त्यस्तै थियो।

पुरुषहरू बरियाती नगए बिहे नै हुँदैन भनेर उसको छोरो ढुक्क भएको हुन्छ। ‘नातिनातिनीको बिहे गर्ने बेलाबाको बिहे गराउन लागेर समाजको अगाडि परिवारको नाक काटिस्,मेरो घरबाट निस्की’ भन्दै उसले भुलकुनलाई थप्पड हान्न जान्छ।  

भुलकुन रामबाबुको हात समातेर उल्टै थप्पड हान्दै ठूलो स्वरमा भन्छिन्, ‘म होइन। आफ्नी स्वास्नी र बालाई साथ नदिने तपाईं यो घरबाट निस्किनुस्। खुरुक्क निस्किनुस्।’स्वास्नीको रौद्र रूप देखेर रामबाबु गाला समातेर जहाँको त्यही बस्छ।छोरा–बुहारीको झगडादेखेर गरहवाले फेरि पनि बुहारीलाई ‘म बिहे गर्दिनँ’ भनेर गुनासो पोख्छन्। गरहवाको कुुरालाई वास्तै नगरी भुलकुन रिसाउँदै आँगनबाट निस्किन्छिन्।

रामबाबुको धम्कीले बरियाती जान पुरुषहरू अस्वीकार गरेपछि भुलकुनलेटोल र छिमेकका महिलालाई बरियाती जान निम्तो दिन्छिन्। सबै छोरी र बुहारीहरू गरहवाको साथ दिन तयार हुन्छन्। गरहवाको बिहेमा गाउँमा पहिलोपटक छोरी र बुहारीहरूबेलुकी जन्ती जान शृंगारपटार गरेर निस्कन्छन्। एक महिनाअगाडि ट्र्याक्टर चलाउन सिकेकी टोलकी मालती बुहारी ट्र्याक्टर चलाउन तयार हुन्छिन्। ट्रयाक्टरभरिबसेकामहिला बरियाती र दुलाहा काका ससुरालाई लिएरमालती ट्र्याक्टरचलाउँदै बरियातीजान्छिन्। छोरी–बुहारी जन्ती आएको देखेर दुलहीको गाउँका मान्छेहरू मुखामुख र कानेखुसी गर्छन्। तर सत्य कुरा उनकी बुहारीले दुलहीको परिवारलाई बताएपछि सबै चुप लाग्छन्। छोरी र बुहारीहरूले गरहवाको बिहे धुमधामसँग गराउँछन्। राति बिहे गर्न गएका जन्तीहरू रातभरिमा बिहे सकाएर नयाँ दुलहीलाई लिएर बिहानैगाउँ फर्किन्छन्।

बिहे गरेदेखि गरहवाको हेराइ परिवर्तन हुन्छ। उनी स्वास्नी मान्छे र केटीहरूतिर हेर्छन् तर उनको हेराइ पहिलाको जस्तो तीखो र डरलाग्दो छैन, अरु मान्छेको जस्तो सामान्य छ। उनका आँखामा करुण भाव छ। हेराइ निर्दोष छ। रामप्यारी आफ्नो खलियानमा काम गर्न बस्दा गरहवा उनीतिर त्यस्तो हेराइले हेर्दैनन्। अब उनी ससुरा र बाको आँखाले रामप्यारीतिर हेर्छन्। उनीनयाँ दुलहीसित जिस्किँदै काम गरिरहेका हुन्छन्।बूढाबूढी जिस्किँदै काम गरेको देखेर रामप्यारी मुसुक्क हाँस्छिन्, अनि आफ्नो काममा व्यस्त हुन्छिन्।

अर्को बिहे गरेदेखि रामबाबु बासँग त्यति राम्ररी बोलेको छैन। मन लागे बोल्छ, नभए बोल्दैन।  
०००

प्रकाशित: १७ आश्विन २०७७ ०४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App