७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

हिमपातले ‘सुविकाल’ आएपछि जुम्लेली उत्साहित

जुम्लाको गुठीचौर गाउँपालिका– ५ कुम्डीगाँउका विष्णुबहादुर भण्डारी आइतबार सेताम्ये हिउँ परेपछि उत्साहित देखिएका छन्।

बेलकामा २५ हात्तीको हुल, गाउँले आतंकित

जंगली हात्तीको हुल गाउँ पसेर घर भत्काउन थालेपछि उदयपुरको बेलका नगरबासी आतंकित बनेका छन्।

बालीनाली अवशेषको व्यवस्थापन

बालीनाली भित्याएपछि बाँकी डाँठ दाइँ गरेर बचेको पराल, भुस, लहरा तथा जमिनमा असरल्ल पातलाई बालीनाली अवशेष भनिन्छ। केही दशकदेखि कृषि क्षेत्रमा मेसिनको प्रयोग बढ्दो छ। साथै खेतबारीमा काम गर्ने खेतालाको न्यूनताले गर्दा यो पनि आवश्यकता बनेको छ।

बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा

अत्यधिक वर्षाका कारण बालीनालीमा नोक्सानी भएपछि कञ्चनपुरका किसानलाई चाडपर्वका बेला रोएर बस्नुपर्ने अवस्था भएको छ। बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा परेका छन्।

बाँदर धपाउन कृषकलाई यन्त्र वितरण

मकै तथा अन्य बालीको याममा बाँदरले बढी दुःख दिने भएकाले हैरान भएका यहाँका कृषकलाई डिभिजन बन कार्यालयले धपाउने उपकरण वितरण गरेको हो।

पानी पार्न देउताको भाकल

झण्डै आठ महिनादेखि पानी नपरेर बालीनाली सुक्न थालेपछि जुम्लाका किसान देउताको भाकल गर्न थालेका छन्। उनीहरुले देउताको मन्दिरमा पूजा गर्ने, मुढा चढाउने, घण्टा चढाउनेदेखि थानमा बलि चढाउने गर्न थालेका हुन्। हिउँदमा हिउँ परेन। तर किसान फागुन चैत महिनामा पानी पर्ने आशामा थिए।

खडेरीले बालीनाली सखाप, किसान चिन्तित

जुम्ला तिला गाउँपालिका ९ का मुनबहादुर बुढा खडेरीले बालीनाली सुकेपछि निकै चिन्तित छन्। उनले यो वर्ष निकै मेहनत गरेर हिउँदे बाली जौँ र गहुँ छरेका थिए। हिउँदे बाली राम्रो होला र भोकमरी नहोला भन्ने सोचका साथ खेतीपाती सुरु गरेका उनको खडेरीले सबै बालीनाली सखाप बनायो।

बालीनालीमा विषादी: ध्यान दिनुपर्ने विषय

विषादी प्रयोग गर्दा प्रत्यक्ष असर पर्ने भए पनि अधिकतर किसान यसबारे अनभिज्ञ छन् । उनीहरू बालीमा विषादी छर्दा हात–मुख र छालालगायत शरीरका भाग छोप्न लुगा, मास्क, चस्मा आदि लगाउँदैनन् ।

किसानलाई बालीनाली जोगाउन हम्मे

किसानको एउटै सपना हुन्छ। बालीनाली सप्रियोस्। त्यहि बालीनालीलाई राम्ररी घर भित्र्याउन पाउँ। जसले वर्षभरी खान र लाउन पुगोस्। तर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका किसानको हकमा त्यस विपरित छ।

कृषि बालीमा फौजी कीराको प्रकोप

जिल्लाको खाँडादेवी गाउँपालिका–३ को भीरपानीको लाक्पा र डब्खाआसपासको क्षेत्रमा एक्कासि फौजी कीराको प्रकोप बढेपछि बालीनाली नष्ट भएको छ।

खोटाङमा ‘बाँदर धपाऊ’ अभियान

बाँदर आतंक नियन्त्रणका लागि खोटाङको उत्तरी क्षेत्रका बासिन्दाले ‘बाँदर धपाऊ’ अभियान सुरु गरेका छन्। बाँदरका बथान आएर खेतबारीका बालीनाली सखाप पार्ने गरेका कारण केपिलासगढी गाउँपालिका वडा नम्बर ४ का बाक्सिला, सिमपानी, दशकटे, खोक्मा, खुवालुङ, पोखरी, साक्सिला, वडा नम्बर ३ को बाँसपानी, वडा नम्बर ५ को सप्तेश्वर तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ११ मा पर्ने खार्मीलगायत गाउँका बासिन्दाले आपसमा चन्दा उठाएर उक्त अभियान थालेका हुन्।

हात्तीबाट बालीनाली जोगाउन समस्या

खैरहनी नगरपालिका–११ को पिद्रहनी, गैडाहा र सुन्दरबस्तीमा मंगलबार राती जंगली हात्तीले बालीनाली नष्ट गरेको छ। गैडाहामा किसानको गहुँ नष्ट गरिदिएको छ भने सुन्दरवस्तीमा नवराज उप्रेतीको बंगुर खोर र अस्थायी बसोबास गर्ने घर हात्तीले भत्काइदिएको छ। मध्यरातमा चितवन राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले घर पूर्ण रुपमा र बंगुरको खोरमा क्षति पुर्‍याएको छ।

हावाहुरी र असिनापानीले लाखौँको बालीनालीमा असर

आइतबार राति परेको असिना पानी र हावाहुरीले जिल्लाका विभिन्न भागमा लाखौँको बालीनालीमा क्षति भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्