१९ आश्विन २०८१ शनिबार
image/svg+xml

‘हामी कहिलेसम्म इण्डियन एयर स्पेशमा निर्भर रहने? निजगढ विमानस्थल रोकिनु हुन्न्’

‘हामी अब इण्डियन एयर स्पेशमा मात्रै कहिलेसम्म निर्भर रहने? निजगढ विमास्थल पूर्व–पश्चिम ल्याण्डिङ भएको कारणले याे बन्याे भने हवाई अवतरणमा सुरक्षित रहनेछ। साथै फाष्ट ट्रयाक र निजगढ विमानस्थलले देशको मुहार फेर्ने छ।’

पत्रकारको पारिश्रमिक बढाउने निर्णयको स्वागत

न्यूनतम पारिश्रमिक निर्धारण समितिले विभिन्न संचार प्रतिष्ठानहरुमा कार्यरत श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीको पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गर्ने सरकारको निर्णयको स्वागत गरेको छ।

नाम, दाम र स्वाभिमान

नेपालको कुल जनसंख्याको ५१.५ प्रतिशत हिस्सा महिलाकै छ । जनसंख्यामा अघि रहेका महिला अन्य क्षेत्रमा भने निकै पछाडि छन्।

घरदेखि विद्यालयसम्म यौन दुर्व्यवहार

स्कुलमा पिटी खेलाउने शिक्षकले सिकाउने बहानामा म र साथीको कम्मरदेखि माथिको भाग छुँदै छातीसम्म हात लैजान्थे। डरले रातोपिरो हुन्थ्यौं।

प्रदेशलाई टेर्दैनन् स्थानीय सरकार

विभिन्न सामान निकासीमा कर लगाउँदै आएको तुलसीपुर उपमहानगरपालिकाले अहिले उच्च अदालतमा मुद्दा खेपिरहेको छ।

८ महिनामै सम्झनलायक काम गर्‍यौं, ५ वर्षभित्र नसोचेको विकास देखाउँछौं : महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारको ८ महिने कार्यकालमा सम्झनलायक काम भएको दाबी गरेका छन्। बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री महासेठले गठन भएको ८ महिनामा इतिहासमै सम्झना हुने कामहरु भएको जिकिर गरे।

‘सरकारले जनचाहना अनुसार काम गरेन’

पूर्वसांसद टंक राईले वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा पूर्वसांसद राईले दुई तिहाई मत भएको सरकारप्रति जनताको अपेक्षा बढी भए पनि जनचाहना अनुसार काम हुन नसकेको बताए।

ओली सरकार सुस्त भयो, अब गियर परिवर्तन गर्नुपर्छ : रायमाझी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले सरकारको काममा सुस्तता आएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अब ‘गियर’ बदल्नुपर्नेमा जोड दिँदै नेकपाका स्थायी समिति सदस्य रायमाझीले भने, ‘अहिले सरकारको काम अलि सुस्त देखिएको छ। गियर चेन्ज गरेपछि बल्ल पिक अप लिन्छ।’

परिस्थिति देशको, मोह विदेशको, आक्रोश नागरिकको

अब त अति भो ! कति सहने सरकारको लापरबाही, निरीहपन र जनप्रतिको बेवास्ता ? वाचा ठूला–ठूला, सपना बाँड्ने अनेकौँ । जथाभावी आकाशै छुने गरी तर धरातलमा भने गर्ने कत्ति छैन । सिन्का पनि नभाँच्ने । दुई तिहाइको सरकार पायौँ भनेर जनता स्थिरता र प्रगतिपट्टि ढुक्क भएका थिए।

घटस्थापनाको छुट्टी !

हाम्रा धेरै पर्वमा सरकारले जातीय, क्षेत्रीय, धार्मिक, समुदाय, साम्प्रदायिकता, भौगोलिकता र सांस्कृतिक मान्यता हेरी सार्वजनिक छुट्टी दिने गरेको छ । यस वर्ष विगतमा भन्दा धेरै पर्व छुट्टीहरू काटिनुले जातीय, क्षेत्रीय, धार्मिक, समुदाय, साम्प्रदायिकता, भौगोलिकता र सांस्कृतिक आधारमा दिइने राष्ट्रव्यापी छुट्टीको अन्त्य गरेको बुझ्नुपर्छ।

शिवरात्री गुथिलाई सिरपा पुरस्कार

टेखाच्व टोलस्थित पुलांसः शिवरात्री गुथिले यसवर्षको ‘भाजुवीर सिरपा’ पुरस्कार पाएको छ । पुरस्कारको राशि ५० हजार छ।

शिक्षा सुधारका लागि ‘सिल्भर भोलेन्टियर’

सरकारले कार्यान्वयनमा ल्याएको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनमा काठमाडौं महानगरपालिका जुटेको छ।

प्रहरी कार्यालयमा घुस लेनदेन बढ्यो, निगरानी बढाउँदै महानगरीय प्रहरी परिसर

महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका कयौं कार्यालयमा घुसको लेनदेन बढेको छ । असोज महिनामा मात्रै एक डिएसपीसहित १० प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्नु र नागढुंगा तथा नाग्लेभारे प्रहरी कार्यालयका एक दर्जन प्रहरी आर्थिक लेनदेनमा मुछिएकोे आरोपमा परिसर तानिनुले मातहतका प्रहरी कार्यालय घुसको लेनदेन बढेको स्पष्ट भएको छ।

स्थानीय सरकार चुरे दाेहनमा सक्रिय

चुरे संरक्षणका लागि संघीय र प्रदेश सरकारले प्रयत्न गरिरहेका बेला स्थानीय सरकार भने उल्टै दोहनमा सक्रिय भएका छन् । कैलालीको मोहन्याल गाउँपालिकाले चुरे क्षेत्रसँगै जोडिएका खोलानालाबाट ढुंगा संकलनको ठेक्का दिएपछि चुरे दोहनको क्रम तीव्र बनेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्